Sajhamanch Archive

पहिलो पटक नेपालमा आज क्रिकेट अवार्ड प्रदान गरिंदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on पहिलो पटक नेपालमा आज क्रिकेट अवार्ड प्रदान गरिंदै.

काठमाडौं । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले आज क्रिकेट अवार्ड वितरण गर्दैछ । सिप्यानले पहिलो पटक क्रिकेट अवार्ड समारोह आयोजना गर्न लागेको हो । विभिन्न पाँच विधाका क्रिकेट खेलाडी एवं क्रिकेटकर्मीलाई पुरस्कृत गर्ने सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । रुसी साँस्कृतिक केन्द्र कमलपोखरीमा आज दिउँसो २ बजेदेखि अवार्ड कार्याक्रम आयोजना हुनेछ । यसका […]

प्रदेश स्तरीय भलिबल प्रतियोगिताका उपाधि विजेता टिमलाई सम्मान

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on प्रदेश स्तरीय भलिबल प्रतियोगिताका उपाधि विजेता टिमलाई सम्मान.

मेचीनगर । एक नम्बर प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेता टिमका झापाका खेलाडीलाई सोमबार सम्मान गरिएको छ । प्रदेशस्तरीय खेलाडी छनोटका लागि सञ्चालित उक्त प्रतियोगितामा टिम च्याम्पियन बनेको झापाली खेल टोलीलाई सम्मान गरिएको मेहेरमान स्मृति प्रतिष्ठानका सचिव तथा भलिबल संघका केन्द्रीय सचिव मदन खड्काले बताए । जिल्ला खेलकुद विकास समिति र मेहेरमान स्मृति प्रतिष्ठानद्धारा विर्तामोडस्थित […]

राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक.

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी र आफनो लोगो सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा कार्यक्रम गरी एन्फाले राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशबकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल प्रहरीका एआइजी धिरु बस्न्यात, केल्मीका प्रदिप नेपाललगायत एन्फाका पदाधिकारीले जर्सी र लोगो सार्वजनिक […]

संघर्षपूर्ण जीत निकाल्दै एपीएफ क्वाटर फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on संघर्षपूर्ण जीत निकाल्दै एपीएफ क्वाटर फाइनलमा प्रवेश.

विर्तामोड  । झापाको विर्तामोडमा जारी चौथो मगमग झापा गोल्डकपको आइतबारको खेलमा विभागीय टोली शसस्त्रको एपीएफ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङ ११ एफसीलाई १—० गोलअन्तरले पराजित गर्दै एपीएफले संर्घषपूर्ण जित दर्ता गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलमा एपीएफले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। पहिलो हाफको इन्जूरी समयमा एपीएफका हरी कार्कीले […]

नगरपालिका कर्मचारीको फुटबल भद्रपुर, अर्जुनधारा, विर्तामोड र कनकाई सेमीमा

Published: in खेलकुद by . Leave a Comment on नगरपालिका कर्मचारीको फुटबल भद्रपुर, अर्जुनधारा, विर्तामोड र कनकाई सेमीमा.

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरमा अन्तर नगरपालिकास्तरीय कर्मचारी फुटबल प्रतियोगिता आयोजना गरिएको छ । शनिबार प्रतियोगिता उद्घाटनसँगै चार खेल सम्पन्न भएका छन् । ती खेलबाट विजयी बनेका भद्रपुर, अर्जुनधारा, विर्तामोड र कनकाई नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भद्रपुर नगरपालिका इकाईको आयोजनामा भद्रपुर माविको खेल मैदानमा भएका खेलमा भद्रपुर नगरपालिकाले […]

साहारा क्लब पोखरालाई हराउँदै झापा ११ क्वाटर फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on साहारा क्लब पोखरालाई हराउँदै झापा ११ क्वाटर फाइनलमा प्रवेश.

झापा । मग मग झापा गोल्डकपको पहिलो खेल झापा ११ ले जितेको छ । झापा ११ एफसीले साहारा क्लब पोखरालाई २ –० गोल अन्तरले हराउँदै चौथो मग मग झापा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफको ३९ औँ मिनेटमा झापा ११ का जर्सी नक्बर ९ का बिदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै झापालाई […]

पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङ्गलाई

Published: in खेलकुद by . Leave a Comment on पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङ्गलाई.

मेचीनगर । एक नम्बर प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा मोरङ च्याम्पियन भएको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी सोलुखुम्बुलाई पराजित गरी मोरङले उपाधि हात पारेको हो । भद्रपुरस्थित मेची रङ्गशालामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा मोरङ प्रथम, सोलुखुम्बु द्वितीय र उदयपुर तृतीय बनेका हुन् । सो कार्यक्रममा जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भई प्रदेशस्तरीय प्रतियोगितामा भाग […]

महिला खेलाडीलाई स्वागतसहित सम्मान

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on महिला खेलाडीलाई स्वागतसहित सम्मान.

काँकरभिट्टा । आईसिसि वुमन्स ट्वान्टी २० एसिया क्षेत्र विश्वकपका लागि थाइल्याण्डमा बुधबार सम्पन्न एशियाली छनौटमा दोस्रो भएर स्वदेश फर्किएको नेपाली महिला क्रिकेट टोलीमा सहभागी चारजना खेलाडीलाई शनिवार उनीहरुको गृहनगरमा सम्मान गरिएको छ । आईसिसि वुमन्स ट्वान्टी २० एशिया क्षेत्र छनोटमा कुवेतविरुद्ध अन्तिम ३ विकेट लिँदैं अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक ह्याट्रिक विकेट लिइएकी टिम कप्तान रुविना […]

झापा गोल्डकप शनिबारबाट सुरु, उद्घाटन खेलमा झापा ११ र सहारा क्लब बीच भिडन्त हुने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on झापा गोल्डकप शनिबारबाट सुरु, उद्घाटन खेलमा झापा ११ र सहारा क्लब बीच भिडन्त हुने.

झापा। झापा गोल्डकपको चौथो संस्करण शनिबार सुरु हुँदैछ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्ने छन्। उद्घाटन खेलमा आयोजक झापा ११ एफसी र सहारा क्लब पोखरा बीच भिडन्त हुनेछ। १८ फागुनदेखि २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार तथा उपविजेता टोलीले […]

झापा गोल्डकपको पहिलो खेल झापा ११ र पोखरा बीच हुने

Published: in खेलकुद by . Leave a Comment on झापा गोल्डकपको पहिलो खेल झापा ११ र पोखरा बीच हुने.

बिर्तामोड । मग मग झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ एफसी र पोखराको सहारा क्लबले जीत दर्ता गर्ने बिश्वासका साथ मैदान प्रवेश गर्ने बताएका छन् । आयोजकका तर्फबाट शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिम क्याप्टेन र कोचले त्यस्तो दाबी गरेका हुन् । झापा ११ का कोच प्रवेश कटुवालले पूर्ण अपेक्षाका साथ तयारी गरेको बताए । […]