Sajhamanch Archive

सोमपालले लिए एेतिहासिक एक दिवसीय क्रिकेटकाे पहिलाे विकेट

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सोमपालले लिए एेतिहासिक एक दिवसीय क्रिकेटकाे पहिलाे विकेट.

नेपाल र नेदरल्याण्डसबीच भइरहेको एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा सोमपाल कामीले पहिलो ऐतिहासिक विकेट लिएका छन् । कामीले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डसका डीजे टर बाराकलाई बोल्ड गरेका हुन् । यति बेला नेदरल्याण्डस ४.३ ओभरको समाप्तिमा एक विकेट गुमाएर २७ रन बनाउँदै खेलिरहेको छ । –  उज्यालो 

 एकदिवसीय क्रिकेटमा नेपाल आज नेदरल्यान्डसँग भिड्दै

Published: in खेलकुद by . Leave a Comment on  एकदिवसीय क्रिकेटमा नेपाल आज नेदरल्यान्डसँग भिड्दै.

काठमाडाैं नेपालले बुधबार नेदरल्यान्डसँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ। नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुने खेलमा नेपाल नेदरल्याण्डविरुद्ध उत्रिन लागेको हो। गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्यान्डबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए। नेपालका लागि यो खेल इतिहास पनि हो।  नेपाली टोलीको बलिङ पक्ष राम्रो देखिन्छ। […]

एपिएफलाई राष्ट्रिय महिला लिग उपाधि

Published: in खेलकुद by . Leave a Comment on एपिएफलाई राष्ट्रिय महिला लिग उपाधि.

काठमाडाै‌ं । पराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि एपिएफले जितेको छ। मंगलबार सातोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा एपिएफले सावित्रा भण्डारीको ह्याट्रिकमा आर्मीलाई पराजित गर्दे उपाधि जित्न सफल भयो। खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै एपिएफले उपाधि जितेको हो। एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन्। पहिलो हाफको ४० औं मिनेटमा सावित्राले गोल […]

एकदिवसीय मान्यताप्राप्त राष्ट्रको रुपमा नेपालको डेब्यु

Published: in खेलकुद by . Leave a Comment on एकदिवसीय मान्यताप्राप्त राष्ट्रको रुपमा नेपालको डेब्यु.

यो ऐतिहासिक समयमा नेपालले एकदिवसीय मान्यताप्राप्त राष्ट्रको रुपमा आफ्नो यात्रा शुरुवात गर्नेछ । नेपालको उदयको कथा निकै रोचक छ । आइसीसी विश्वकप छनौट २०१८ मा त झन् नेपालको प्रदर्शन अविस्मरणीय रह्यो । पारस खड्काको रुपमा नेपालले उत्कृष्ट ब्याटसम्यान र कप्तान पाएको छ भने सन्दीप लामिछाने जस्तो उदाउँदो सुपरस्टार टोलीमा रहेका छन् । तर, नेपाली टोलीको […]

एन्फाले माग्यो पाँच खेलाडीको लिखित जवाफ, बन्द प्रशिक्षणका वेला डिस्कोमा किन पसेको?

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on एन्फाले माग्यो पाँच खेलाडीको लिखित जवाफ, बन्द प्रशिक्षणका वेला डिस्कोमा किन पसेको?.

काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकमाथि अनुशासनको कारवाही थालिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेका खेलाडीलाई ‘डिस्को’ गएर मादक पदार्थ सेवन गरेको आरोपमा ७२ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो। राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडी विमल घर्तीमगर, अन्जन विष्ट, […]

नेपाल र नेदरल्याण्ड संयुक्त विजेता

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपाल र नेदरल्याण्ड संयुक्त विजेता.

काठमाडौं । त्रिकोणात्मक टि–ट्वान्टी प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्स सरिजको संयुक्त विजेता भएका छन्। बेलायतको लर्डस मैदानमा आइतबारराति भएका खेलमा दुवै टिमले एक एक खेल जितेका थिए। मेरिलिवोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल र नेदरल्याण्ड्सले पराजित गरेका हुन्। तर नेपाल र नेदरल्याण्ड्सको खेल भने बर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो। त्यसअघिको खेल […]

प्रिसिजन टुरको पहिलो खेलमा बार्सिलोना विजयी

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on प्रिसिजन टुरको पहिलो खेलमा बार्सिलोना विजयी.

साविक लालिगा च्याम्पियन बार्सिलोनाले नयाँ सिजन सुरु हुनु अघि अाइतबार बिहान भएको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दे विजयी सुरुवात गरेको छ। अमेरिका भ्रमणमा रहेका दुवै टिमले निर्धारित ९० मिनेटमा २ – २ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिएको हो। पेनाल्टी सुटआउटमा बार्सिलोनाका […]

जेसीज सप्ताहमा पौडी प्रतियोगिता

Published: in खेलकुद by . Leave a Comment on जेसीज सप्ताहमा पौडी प्रतियोगिता.

बिर्तामोड । वीरता जेसीज र वीरता लेडी जेसीजको जेसीज सप्ताह सन् २०१८ अन्तर्गत शुक्रवार खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १८ प्रतियोगीलाई उछिन्दै सन्दीप कटुवाल प्रथम भएका छन् । त्यस्तै राजीव धिमाल द्वितीय र प्रकाश भुजेल तृतीय भएका छन् । समारोहमा वीरता जेसीजका पूर्वअध्यक्ष जितेन्द्र बस्नेत, लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमलीले शुभकामना […]

अन्तिम अभ्यासमा नेपालकाे जीत

Published: in खेलकुद by . Leave a Comment on अन्तिम अभ्यासमा नेपालकाे जीत.

युरोप टुरमा रहेको नेपालले इंग्ल्यान्डको स्थानिय टिमसँग खेलको अन्तिम एकदिवसीय खेलमा पनि प्रभावसाली जीत निकाल्दै अभ्यास खेललाई फलदायी बनाएको छ। इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अन्तिम अभ्यासका क्रममा बिहिबार इष्ट लन्डन शार्कलाई १३४ रनले हरायो। पहिलो ब्याटिङ गर्दे नेपालले दिएको २ सय ५२ […]

खेलकुद फिफाले घोषणा गर्‍यो गोल अफ द टुर्नामेन्ट

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on खेलकुद फिफाले घोषणा गर्‍यो गोल अफ द टुर्नामेन्ट.

विश्वकप आयोजनापछि फिफाले विश्वकपमा भएको सर्वाधिक उत्कृष्ट गोलको घोषणा गरेको छ। फिफाले फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डले अर्जेन्टिनाविरुद्ध गरेको  गोल रुस विश्वकप फुटबलकै उत्कृष्ट गोल भएको घोषणा गरेको हो। कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोललाई पछि पार्दै पाभार्डको गोल विश्वकपकै उत्कृष्ट गोल घोषित भएको छ। अनलाइन भोटिङको आधारमा फ्रान्सका पाभार्डको गोल उत्कृष्ट ठहरिएको हो। […]