Sajhamanch Archive

एसईईको नतिजा असार १८ भित्रै, अन्तिम तयारीमा परीक्षा बोर्ड

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on एसईईको नतिजा असार १८ भित्रै, अन्तिम तयारीमा परीक्षा बोर्ड.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनर्जाँचको काम भइरहेको छ । यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली […]

हजुरआमाको भाइरल विवाहउत्सव साँच्चै उदाहरणीय

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on हजुरआमाको भाइरल विवाहउत्सव साँच्चै उदाहरणीय.

केही दिन भएछ टिकटक नखोलेको । नयाँ कुरा के आएको होला भनेर खोल्न मन लाग्यो । खोलेँ, यसो हेर्ने बित्तिकै अहिले सामाजिक संजालमा जताततै भाइरल भएको पूर्वबैंकर रविना देशराज श्रेष्ठका भिडियोहरु देखेँ । मेहेन्दी लगाउँदै गरिएको पारिवारिक तस्विर अनि अर्को दिन बेहुला बनेका विदेशी नागरिकले उनको गोडामा नै निहुरेर ढोगेको दृश्य । मेरो अगाडि बसेकी […]

कनकाई नगरपालिकाः जनअपेक्षित विकास निर्माणमा सक्रिय छन् जनप्रतिनिधि

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on कनकाई नगरपालिकाः जनअपेक्षित विकास निर्माणमा सक्रिय छन् जनप्रतिनिधि.

कनकाई । झापाको कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको पाइएको छ । राज्य पुनःसंरचना पछि निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिका क्षेत्रमा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । दोस्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिलेको चालू आर्थिक वर्षमा समेत गरी सो नगरपालिकामा ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको हो । नगरपालिकाले […]

भद्रपुर नगरपरिषद बहुमत सदस्यद्वारा बहिस्कारः नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा २७ करोड बेरुजु भएको आरोप

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपरिषद बहुमत सदस्यद्वारा बहिस्कारः नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा २७ करोड बेरुजु भएको आरोप.

भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद रेग्मीसहितले नगरबासीको समस्यालाई कुनै वास्ता नगरी मनोमानीपूर्ण ढंगले नगरपालिका सञ्चालन गर्न खोजेपछि बहुमत सदस्यहरुले नगरपरिषद बहिस्कार गरेका छन् । नगरप्रमुखको नेतृत्वको प्रशासनिक टीमले नगरपरिषदको अधिकारसमेत हनन् गरी विषयगत समितिले उठाएको एजेण्डालाई ‘नगरप्रमुखले भने बमोजिम गर्नु नत्र परिषदमा जाँदैन’ भन्दै नगरप्रमुख र प्रमुख प्रशासकीय […]

सिक्किममा नेपाली संस्कृति र लोकबाजाहरुको संरक्षण गर्न सांस्कृतिक केन्द्र निर्माण हुने

Published: in परदेश (प्रवास), मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सिक्किममा नेपाली संस्कृति र लोकबाजाहरुको संरक्षण गर्न सांस्कृतिक केन्द्र निर्माण हुने.

सिक्किम (भारत) । नेपालीहरुको पारम्परिक नौमति संस्कृतिको संरक्षण र सम्वर्धन गर्न सिक्किम सरकार जुटेको पाइएको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले ८ करोड़ २१ लाख रुपियाँको लागतमा नौमति सांस्कृतिक धरोहर केन्द्र निर्माण गर्ने भएको जनाइएको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले उक्त केन्द्रको लागि भवन निर्माणको विधिवत शिलान्यास गरेका छन् […]

‘बोल्ड डिसिजन’ गर्दै मेचीनगर नगरप्रमुख बुढाथोकी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on ‘बोल्ड डिसिजन’ गर्दै मेचीनगर नगरप्रमुख बुढाथोकी.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन पुनः ताकेता गरेका छन् । सम्झौता भए अनुसारको बिक्री गर्नुपर्ने जग्गा बिक्री र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क रुपमा तत्काल उपलब्ध गराउन असार ४ गतेको मितिमा राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई नगरप्रमुख बुढाथोकीले पत्रचार गरेका हुन् । लामो समयदेखि […]

केरा खेतीमा लागेका बस्नेतलाई सरकारले दियो १ लाख पुरस्कार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on केरा खेतीमा लागेका बस्नेतलाई सरकारले दियो १ लाख पुरस्कार.

कनकाई । झापा गाउँपालिका वडा नं. ३ का कृषक चन्द्रप्रसाद बस्नेत १ लाख रुपैयाँ राशीको पुरस्कारसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान समारोहमा कृषक बस्नेतलाई उक्त सम्मान प्रदान गरिएको हो । व्यवसायिक केराखेती मार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली […]

यात्रुबसको ठक्करले केर्खामा विद्यालयबाट घर फर्कंदै गरेका बालकको मृत्यु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on यात्रुबसको ठक्करले केर्खामा विद्यालयबाट घर फर्कंदै गरेका बालकको मृत्यु.

कमल । झापाको कमल गाउँपालिकास्थित केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा आज दिउँसो ४ बजे भएको सवारी दुर्घटनामा परेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ । केर्खाबाट बैगुनधुरा जाँदे गरेको मे १ ख १५१८ नम्वरको यात्रुबसले ठक्कर दिएपछि घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

सरकारले नै संवैधानिक निकायलाई निरही बनायो : डा. दत्त

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले नै संवैधानिक निकायलाई निरही बनायो : डा. दत्त.

काठमाडौं । संवैधानिक आयोगहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिसंगको छलफलमा बोल्दै अध्यक्ष डा. दत्तले संवैधानिक आयोगहरु नेपाल सरकारको मातहात निकाय नभएर सरकारलाई खबरदारी गर्ने निकाय भए पनि सरकारले आफ्नो मातहतको निकायजस्तो व्यवहार गर्नु दुखद रहेको बताएका हुन् […]

द्रोणाचार्यको ३०औं स्मृतिसभामा पत्रकार पोखरेल पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on द्रोणाचार्यको ३०औं स्मृतिसभामा पत्रकार पोखरेल पुरस्कृत.

मेचीनगर । झापाको कम्युनिष्ट आन्दोलनका एक सशक्त जनपक्षीय नेता तथा पूर्व सांसद स्वर्गीय द्रोणप्रसाद आचार्यको ३०औं स्मृति दिवस मनाइएको छ । झापाली माटोका सुगन्ध, जनताका प्रिय नेता द्रोणाचार्य क्षेत्रीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले असार ६ गते काँकरभिट्टामा उनको स्मृति सभा गरेको हो । द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता […]