झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुर नगरका बासिन्दाको ६५ वर्ष लामो प्रतिक्षा आजबाट पूरा भएको घोषणा गरेका छन् । भद्रपुरस्थित मेची नदीमा निर्माण सम्पन्न भएको मेची पूलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नगरबासीको मेची पूल तर्ने सपना पूरा भएको बताएका हुन् । अब शिलान्यासमात्र होइन विकास निर्माणको महाअभियानमा सरकार लागेको भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको यात्रा […]
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कसैले चिन्ता लिनु पर्ने दिन कहिल्यै नआउने वताएका छन् । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिदै प्रम देश विकासका लागि ‘सरकारले चौतर्फी तीव्र गतिले काम गरिरहेको जानकारी दिए । झापाको दमक नगरपालिकाले आयोजना गरेको पाँच दिने प्रदेशस्तरीय वृहत बाल महोत्सवको उद्घाटनका क्रममा […]
झापा । नेपाल विद्यार्थी संघले झापामा सुरु गरेको तीन दिने विरोध कार्यक्रम अन्तरगत आज जिल्लाका विभिन्न स्थानमा प्रहरी अवरोधका बीचमा कार्यक्रमहरु गरिएका छन् । सुरुङ्गामा आयोजित कार्यक्रममा भने प्रहरीले धरपकड र लाठीचार्ज गरेको विद्यार्थी नेताले जनाएका छन् । नेवि संघ झापाले आज हरेक स्थानीय तहमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम बनाएको थियो । सोही कार्यक्रमअनुसार […]
झापा । नेपालको राजनीतिक परिवर्तनका लागि जीवन आहुती दिने नेत्र घिमिरेको परिवार यतिबेला सांस्कृतिक परिवर्तनका लागि पनि अग्रसर देखिएको छ । शहीद नेत्र घिमिरेका सहोदर भाइ देवी घिमिरेको माघ १० गते ६२ वर्षको उमेरमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा असामयिक निधन भएपछि उनका तीनजना छोरीहरुले यतिबेला कोरो ढिकुरो गरेर दशगात्र कर्म गरिरहेको छन् । साविक गरामनी गाविसका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको जिकिर गरेका छन् । राणा शासन विरुद्ध वि.सं. १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानीले नेपालको प्राजातान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको भनेका छन् । माघ १६ गते पर्ने […]
काठमाडाैं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले देखावटीरुपमा मात्र नभइ वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने दावी गरेका छन् । सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं । कसैको अनुहार पनि हेरिंदैन । देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं ।’ यसअघि […]
बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेलिकप्टर चढ्नेको संख्या बढ्दै गएको छ । महोत्सवको आकर्षणका रुपमा माउण्टेन एयरको हेलिकप्टर ल्याइएसँगै हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेहरुको संख्या बढेको आयोजकको दावी छ । बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य रोशन प्रसाईंका अनुसार हेलिकप्टर प्रत्येक दिन ९ पटक बिर्तामोड अवलोकनका लागि मात्र उड्दैछ । यो ५ देखि […]
विराटचौक । मोरङको विराटचौक ट्रिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्युको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधआज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचौकदेखि विराटनगर जाने बेलेपुर क्षेत्रमा बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा जारी गरेको बताए। टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यस क्षेत्रको शान्ति सुरक्षा बिग्रने […]
विराटचौक । मोरङको विराटचौक ट्रिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएपछि घटनाले उग्ररुप लिएको छ । विराटचौकबाट विराटनगरतर्फ जाँदै गरेको ट्रिपरको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएपछि विराटचौकबासीले ट्रिपरमा आगजनी गरेका छन् । विराटचौकबाट करिब २ किमी दक्षिणमा रहेको पुलचौकस्थित सो ट्रिपरले बालिकालाई ठक्कर दिँदा उक्त बालिकाको घटनास्थलमै […]
झापा । राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्षसहित सञ्चालकहरुलाई आज झापामा बधाईसहित कार्यसफलताको शुभकामना व्यक्त गरिएको छ । झापा जिल्ला बचत तथा ऋण सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंक बिर्तामोड र दमकको संयुक्त आयोजनामा बिर्तामोडमा स्वागत सम्मान गरिएको हो । प्रतिनिधिसभाका सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियासहितको बधाई ज्ञापन गर्ने कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेती, लेखा […]