विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीकी २९ वर्षीय कविता यादवले आफ्ना दुई छोरालाई झुन्ड्याएर आफूले पनि सोमबार बिहान आत्महत्या गरेकी छन्। छोरा १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा झुन्ड्याएर आमा आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। उनका अनुसार दुबै छोरालाई […]
बिर्तामोड । यहाँ सञ्चालित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । प्रतिनिधिसभाका सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा तीज मिलन कार्यक्रम एवम् संस्थाका उत्कृष्ट कारोबारी र कर्मचारीलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरिएको हो । बिर्तामोड नगर क्षेत्रका महिलाहरु तथा बालबालिकामात्रको सदस्यता रहेको आत्मनिर्भर सहकारीले छैटौं वर्षको यात्रा […]
विर्तामोड । झापा हल्दिवारी गाउँपालिका–४ का वडाध्यक्ष होम चुडालले राज्यले दिएको यातायात सुविधा फिर्ता गरेका छन् । हल्दिवारी गाउँपालिकामा निर्वाचित वडा नम्बर–४ का वडाध्क्षय होम चुडालले राज्यले दिएको सुविधा फिर्ता शनिबार आयोजित एक कार्यक्रमका बीच फिर्ता गरेका हुन् । वडाध्यक्ष चुडालले आफ्नै वडामा आयोजित एक कार्यक्रमका बीच राज्यबाट प्राप्त टिभिएस कम्पनीको मे १ ब ५५६ […]
बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा सहकारीमैत्री ऐन बनाएकोमा प्रशंसा गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीलाई नगद पुरस्कारसहित उत्कृष्ट नागरिक सम्मान गरिएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, झापा जिल्ला […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् । ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उनले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको गत असार १० गते भएको दोस्रो नगरसभाबाट पारित आर्थिक बर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । प्रदेशसभा सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ८ पृष्ठ लामो कार्यक्रम बाचन गरेर सुनाए । आ.व. २०७५/०७६ का लागि नगरपालिकाको नगर विकास योजना तर्जुमा गर्न स्थानीय सरकार सञ्चालन […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो २७औं कार्यालय आजबाट बिर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोडमा सञ्चालनमा ल्याएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा नयाँ सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । नवस्थापित कार्यालयको मुख्य द्वारमा टाँगिएको रिवन काटेर नगरप्रमुख शिवाकोटीले कार्यालयको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि सम्बोधनका क्रममा […]
भद्रपुर । नेपाल रेडक्रसको स्थापना दिवसको अवसर पारेर रेडक्रस झापाले स्वर्ण स्तम्भ अनावरण गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले भद्रपुर स्थित रेडक्रस झापाको कार्यालय परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भ अनावरण गरेका हुन् । रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश संसद ओमप्रकाश सरावगी, पूर्णसिंह राजवंशी, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला समन्वय समिति […]
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले यही भदौ २२ गते छैटौं वार्षिक साधारणसभाको तयारी गरेको छ । संस्थाको मुख्य कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले साधारणसभाको तयारी पूरा भएको जानकारी दिएका हुन् । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी […]
पाँचथर । बलात्कारका घट्नाले देशमै हलचल पैदा भएको छ । बलात्कारीलाई फाँसीको सजाय दिने कानूनी व्यवस्था गर्नु पर्ने सम्मका विषयमा वहस भइरहेको छ । बलात्कारका घट्ना देशभरमा बढ्दा पाँचथर पनि यसबाट अछुतो रहन सकेन । पाँचथर जिल्लामा दर्ता भएका जवरजस्ती करणीको प्रयासका मुद्दाले समाज कता जाँदैछ ? भनेर गम्भिर प्रश्न उठाइदिएको छ । गत आर्थिक […]