Sajhamanch Archive

नापी कार्यालयमा सीसी क्यामेरा जडानपछि सेवाग्राहीबाट रकम असुल्न होटल र रेष्टुरेन्टको प्रयोग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नापी कार्यालयमा सीसी क्यामेरा जडानपछि सेवाग्राहीबाट रकम असुल्न होटल र रेष्टुरेन्टको प्रयोग.

भद्रपुर । सेवाग्राहीबाट घुष वा नजराना नलिई काम नगर्ने आरोप लागि रहेको नापी कार्यालय झापामा सीसी क्यामेरा जडान गरिएपछि विचौलिया र कर्मचारीले सेवाग्राहीबाट रकम असुल्न नयाँ बाटो रोज्न थालेका छन् । घर जग्गा नाप नक्साका लागि सेवाग्राहीको बढी भीडभाड हुने भद्रपुर स्थित नापी कार्यालयमा सीसी क्यामेरा जडान गरेर कार्यालयमा हुने गतिविधिको निगरानी सुरू भएपछि विचौलिया […]

मादक पदार्थ सेवन गरी चलाएको २८ सवारी साधन प्रहरीको नियन्त्रणमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मादक पदार्थ सेवन गरी चलाएको २८ सवारी साधन प्रहरीको नियन्त्रणमा.

कमल । रातको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना बढेको जनगुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले झापाले रातिको समयमा चेकजाँचलाई तिब्रता दिएको छ । गएराति झापा जिल्लाको झिलझिले, बिर्तामोड, दमक, चारआली , काकड्भिट्टा, सुरुङ्गा, केर्खालगायतका स्थानहरुमा चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा भाडाका ५ ट्रक, ४ कार जिप, १७ […]

ज्यामिरगढी खुल्ला दिसामुक्त घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ज्यामिरगढी खुल्ला दिसामुक्त घोषणा.

ज्यामिरगढी । हाल मेचीनगर नगरपालिकामा गाभिएको साविक ज्यामिरगढी गाविस खुल्ला दिसामुक्त घोषणा गरिएको छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले ज्यामिरगढीलाई खुल्ला दिसामुक्त घोषणा गरे । प्रमुख अतिथि आचार्य र विशेष अतिथि नगर उपप्रमुख मीना उप्रेतीले खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए । कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट ज्यामिरगढीलाई […]

त्रिशुली दुर्घटना अपडेटः ८को मृत्यु, ६ जनाको सनाखत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on त्रिशुली दुर्घटना अपडेटः ८को मृत्यु, ६ जनाको सनाखत.

चितवन । मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित चुम्लिङटारमा शुक्रबार बस र ट्रक एक आपसमा ठक्कर खाँदा यात्रुवाहक बस त्रिसुलीमा खसेर भएको दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ। मृतकमध्ये ६ जनाको सनाखत भएको छ। अन्य १७ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुर्इ महिला, पाँच पुरुष र एक बालक रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद […]

त्रिशूली बस दुर्घटना अपडेट: पाँचको मृत्यु २३ को उद्धार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on त्रिशूली बस दुर्घटना अपडेट: पाँचको मृत्यु २३ को उद्धार.

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चुम्लिङटारबाट त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको उद्धारमा खटिएका चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुलेको छैन। प्रहरीले २३ जना घाइतेको उद्धार गरेर भरतपुरतर्फ पठाएको छ। घाइतेमध्ये केहीको अवस्था […]

यसरी तोडियो डा.केसीको अनसन, मनमोहनलाई गाह्रो, बीएण्डसीलाई सजिलो

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on यसरी तोडियो डा.केसीको अनसन, मनमोहनलाई गाह्रो, बीएण्डसीलाई सजिलो.

 काठमाडौं । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी अनसन बसेका थिए । तर, सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका […]

बंगालादेशमा उत्पादित फर्निचर बिर्तामोडबाटै बिक्री

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on बंगालादेशमा उत्पादित फर्निचर बिर्तामोडबाटै बिक्री.

बिर्तामोड । दक्षिण एशियाली मुलुक बंगलादेशमा उत्पादन गरिएका फर्निचरहरु झापाको बजारबाट बिक्री हुन थालेको छ । बंगलादेशको ख्यातीप्राप्त औद्योगिक प्रतिष्ठान प्रान–आरएफएल समूहको उत्पादन पहिलो पटक नेपालमा भित्र्याइएको हो । वुडन, एलबी र मेटल तीन विधाका फर्निचर सामग्री उत्पादन गर्ने आरएफएल समूहले २१औं शताब्दीका उपभोक्ताको चाहनालाई ध्यानमा राख्दै विभिन्न १५० किसिमका आकर्षक डिजाइनका फर्निचर उत्पादन गर्ने […]

गुणस्तरहीन सडक निर्माणमा जिम्मेवार को ? निर्माण ठेकेदार कि निर्माणकर्ता

Published: in मुख्य समाचार, by . Leave a Comment on गुणस्तरहीन सडक निर्माणमा जिम्मेवार को ? निर्माण ठेकेदार कि निर्माणकर्ता.

बुधबारे । हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक–जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेको स्थानीयको दावी छ । मंगलबार उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु स्थलगत अवलोकनमा जाँदा […]

जिल्ला अदालत पाँचथरमा ७० प्रतिशत मुद्धा फछ्र्यौट

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on जिल्ला अदालत पाँचथरमा ७० प्रतिशत मुद्धा फछ्र्यौट.

पाँचथर । जिल्ला अदालत पाँचथरमा ६९ दशमलब १५ प्रतिशत मुद्दा फछ्र्यौट गरेकोे छ । जुन लक्ष्य भन्दा ०.७५ प्रतिशत कम भएको पाँचथर जिल्ला अदालते जनाएको छ। आर्थिक बर्ष २०७४।०७५ भित्रमा परेका ६ सय ९७ थान लगत मुद्धामध्ये ४ सय ८२ थान मुद्दा फछ्र्यौट गरेकोे जिल्ला अदालत पाँचथरका न्यायधिश मनोस केशीले जानकारी दिए । जिल्ला अदालत […]

पाकिस्तानमा मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट, ३१ को मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पाकिस्तानमा मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट, ३१ को मृत्यु.

पाकिस्तानको आम निर्वाचनमा मतदान जारी रहेको छ। राष्ट्रिय र प्रान्तीय सभाका लागि मतदान भइरहेको हो। निर्वाचनमा मतदान भइरहेका बेला क्वेटा सहरमा एक मतदान केन्द्र नजिकै भएको आत्मघाती हमलामा ३१ जनाको मृत्यु भएको छ। विस्फोटमा परेर दर्जनौँ घाइते भएको पाकिस्तानी अधिकारीहरूले जानकारी दिएका छन्। बीबीसीका अनुसार एक मतदान केन्द्र नजिक्कै विस्फोट गरिएको थियो। मृतकमा सर्वसाधारण र […]