काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले भरे राति १२ बजेटदेखि लागू हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । […]
झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा सम्पन्न बैठकले किसानले उत्पादन गरेको दूध खरिद नगर्ने तथा मिल्क होलिडे हुन नदिने विषयमा सचेत रहने निर्णय गरेको हो । […]
मेचीनगर । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्य र उद्देश्यकासाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले आज परिचयात्मक एंवम चियापन कार्यक्रम गरेको छ । समाजका अध्यक्ष चन्द्रबहादुर घोर्साइको अध्यक्षतामा मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । एक बर्षभन्दा बढी समयदेखि न्यायिक तथा सामाजिक कार्यहरुमा सक्रिय […]
पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५ हजार भत्ता पाउने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। यो कार्यक्रम आगामी आर्थिक वर्षको साउन महिनादेखि लागू हुनेछ। अहिले बढीमा दुई सन्तान […]
प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले स्वस्थ रहन सलाद दैनिक रुपमा खान सुझाउँछन् । सलाद के हो ? प्राकृतिक रुपमा पाइने पोषण र फाइबरयुक्त विभिन्न […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार […]
काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याटर नेपाली बलर सामु निरीह भए । सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । नेपालका कात्तिक कामतले ३ विकेट […]
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ का १९ वर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो। भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई घर नजिकै रहेको मकैवारिमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेर रक्ताम्मे अवस्थामा मृत फेला परेकोले […]
काठमाडौं । देशभरका कानुन व्यवसायीहरु मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका छन् । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुनी व्यवसयाी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् । यही असार १३ गते जिल्ला अदालत […]
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् । पूर्वसभापति कोइरालाले सशस्त्र […]