काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले […]
केही दिन भएछ टिकटक नखोलेको । नयाँ कुरा के आएको होला भनेर खोल्न मन लाग्यो । खोलेँ, यसो हेर्ने बित्तिकै अहिले सामाजिक संजालमा जताततै भाइरल भएको पूर्वबैंकर रविना देशराज श्रेष्ठका भिडियोहरु देखेँ । मेहेन्दी लगाउँदै गरिएको पारिवारिक तस्विर अनि अर्को दिन बेहुला बनेका विदेशी नागरिकले उनको गोडामा नै निहुरेर ढोगेको दृश्य । मेरो अगाडि बसेकी […]
पाँचथर । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो । ‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो’, अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष […]
कनकाई । झापाको कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको पाइएको छ । राज्य पुनःसंरचना पछि निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिका क्षेत्रमा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । दोस्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिलेको चालू आर्थिक वर्षमा समेत गरी सो नगरपालिकामा ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको हो । नगरपालिकाले […]
भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन हुँदा पनि हस्तान्तरण प्रकृयामा लगिएको भन्दै नेकपा माओवादी केन्द्र भद्रपुरले आपत्ति जनाएको छ । केन्द्रले अस्पताल परिसरमा शनिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य उपचार गर्न आउने भवन हचुवा र लापरवाहीले निर्मित हुँदा गुणस्तरहीन काम भएको अवस्था मै अस्पताल विकास समितिले जेठ २२ गते हस्तान्तरण स्वीकारेको भन्दै आपत्ति […]
बेंगुलुरु । भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भारतसँग हारको श्रृंखलाले लगातार चौथो खेलसम्म निरन्तरता पाउँदा नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो । भारतसँग २(० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो । भारतको जितमा ६१ औं मिनेटमा सुनिल […]
भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद रेग्मीसहितले नगरबासीको समस्यालाई कुनै वास्ता नगरी मनोमानीपूर्ण ढंगले नगरपालिका सञ्चालन गर्न खोजेपछि बहुमत सदस्यहरुले नगरपरिषद बहिस्कार गरेका छन् । नगरप्रमुखको नेतृत्वको प्रशासनिक टीमले नगरपरिषदको अधिकारसमेत हनन् गरी विषयगत समितिले उठाएको एजेण्डालाई ‘नगरप्रमुखले भने बमोजिम गर्नु नत्र परिषदमा जाँदैन’ भन्दै नगरप्रमुख र प्रमुख प्रशासकीय […]
सिक्किम (भारत) । नेपालीहरुको पारम्परिक नौमति संस्कृतिको संरक्षण र सम्वर्धन गर्न सिक्किम सरकार जुटेको पाइएको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले ८ करोड़ २१ लाख रुपियाँको लागतमा नौमति सांस्कृतिक धरोहर केन्द्र निर्माण गर्ने भएको जनाइएको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले उक्त केन्द्रको लागि भवन निर्माणको विधिवत शिलान्यास गरेका छन् […]
बिर्तामोड । रोनिसा दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै न्यूटन्स् बाल क्लबको अधिवेशन सम्पन्न गरिएको छ । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको बाल क्लबको छैटौं अधिवेशनबाट १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । पुनःगठित क्लबको उपाध्यक्षमा युसन उप्रेती, सचिव सङ्कल्प उप्रेती, सहसचिव मौसम उप्रेती र कोषाध्यक्षमा कृषा न्यौपाने चयन भएका हुन् […]
दाङ । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका(२ का वडा अध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए। प्रहरीका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा शिक्षा […]