Sajhamanch Archive

४ सय वर्ष पुरानो रूख चोरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ४ सय वर्ष पुरानो रूख चोरी.

काठमाडौं। चोरले केही पनि बाँकी राख्दो रहनेछ । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ । अरू ६ वटा रूखसमेत चोरिएका छन् । ती रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ । सबैभन्दा बहुमूल्य बोट शिम्पाकु […]

नयाँ दिल्लीस्थित एक होटलमा आगलागी, १७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नयाँ दिल्लीस्थित एक होटलमा आगलागी, १७ जनाको मृत्यु.

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । आगो कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरु बताउँछन् । होटल अर्पित प्यालेसमा बिहान करिब साढे चार बजे आगो लागेको हो । आगो नियन्त्रणमा लिन २० भन्दा बढी दमकल प्रयोग गरिएको थियो । […]

इतिहासमै धेरै वर्ष बाँचेकी महिलाको मृत्यु, जीवनमा जम्मा १ दिन खुसी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on इतिहासमै धेरै वर्ष बाँचेकी महिलाको मृत्यु, जीवनमा जम्मा १ दिन खुसी.

काठमाडौं । विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको दाबी गरिएकी महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ । गिनिज बुकमा आधिकारिक रुपमा दर्ता नभएको भएपनि उनी विश्व इतिहासमै सबैभन्दा धेरै बाँचेकी महिला भएको दाबी रुस सरकारको छ । आगामी जुनमा १ सय ३० औँ जन्मदिन मनाउने योजना बनाएकी कोकु इस्ताम्बुलोभाको हालै मृत्यु भएको […]

राजेन्द्र लिङदेनको चेतावनी-जनतालाई दुख दिए अनशन बस्छु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on राजेन्द्र लिङदेनको चेतावनी-जनतालाई दुख दिए अनशन बस्छु.

काठमाडौं  । राप्रपा महामन्त्री तथा झापा–३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले आफ्ना क्षेत्रका जनताको आवाज नसुने सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले झापा जिल्लामा धेरै बजेट गएको भनी हल्ला चलाइएको तर, आफ्ना क्षेत्रमा विकासका नाममा सरकारले कौडी समेत खर्च नगरेको भन्दै अनशन बस्ने चेतावनी दिएका हुन् । ‘पहिला […]

दिल्लीमा स्वाइन फ्लुका कारण ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on दिल्लीमा स्वाइन फ्लुका कारण ११ जनाको मृत्यु.

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक […]

आफ्नो निर्वाचन क्षेत्रमा विकास गर्दै सांसद मगर

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on आफ्नो निर्वाचन क्षेत्रमा विकास गर्दै सांसद मगर.

शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नम्बर ४ (क) का सांसद झलकसिं दर्लामी मगरले अवको ३ वर्ष पछि कोहि पनि सर्वसाधरण हिलो वाटो र खोला तर्नुनपर्ने गरि आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराएका छन । निर्वाचन क्षेत्र विकासका लागि २ करोडको योजना स्वीकृत गराउँदै उनले कुनैपनि जनताले आफ्नो निर्वाचन क्षेत्रमा हिलो वाटोमा हिड्नु नपर्ने वताए । […]

भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने.

संकटग्रस्त मुलुक भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी सहायता अस्वीकार गरे पनि स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुआईडोले भने यसको स्वागत गरेका छन् । अमेरिकाले मानवीय सहायता पठाउनु सैन्य हस्तक्षेपको पूर्व–अभ्यास भएको मादुरोको विश्लेषण छ । विपक्षी नेता गुआईडोले भने संकटको सामना गर्न अमेरिकी सहायता स्वीकार्ने बताएका छन् । […]

साइबर अपराधः एक करोडसम्म ठगी गरेको उजुरी

Published: in विविधा by . Leave a Comment on साइबर अपराधः एक करोडसम्म ठगी गरेको उजुरी.

आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रवक्ता एवं […]

भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु.

सिरियाको एलेप्पोमा एक भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । युद्धका कारण क्षतिग्रस्त बनेको भवन भत्कँदा चार जना बालबालिकासहित ११ जनाको मृत्यु भएको हो । भवनमा च्यापिएका एक बालकको भने उद्धार गरिएको छ । बम बिस्फोटका कारण जीर्ण बनेको भवन एक्कासी भत्किएको हो । सिरियाको एलेप्पो शहरको सल्लाहदिन क्षेत्रमा रहेका अधिकांश भवन जीर्ण […]

भारतमा रेल दुर्घट्ना हुँदा ६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतमा रेल दुर्घट्ना हुँदा ६ जनाको मृत्यु.

भारत बिहारको जोगबनीबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । सिमाञ्चल एक्स्प्रेसको रेल जोगवनी र दिल्लीको बीचमा पर्ने हाजीपुर रेलखण्डमा दुर्घटना भएको हो । गुडिरहेको रेलका ९ वटा डिब्बा उछिटिएर दुर्घटना भएको हो । आज बिहान करिब ४ बजे भएको दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको […]