Sajhamanch Archive

औद्योगिक क्षेत्रमा १२ घण्टासम्म विजुली काटियो, उद्योगीले मागे लोडसेडिङ तालिका

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on औद्योगिक क्षेत्रमा १२ घण्टासम्म विजुली काटियो, उद्योगीले मागे लोडसेडिङ तालिका.

झापा । एक सातायता विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त विजुली दिन नसक्दा समस्या परेको पूर्वका उद्योगी –व्यवसायीले बताएका छन् । भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गरेको उनीहरुको भनाइ छ । ‘गत मंगलबारयता अघोषित रुपमा लोडसेडिङ भइरहेको छ, जसले ६० प्रतिशत उत्पादन कटौती भएको छ’, नेपाल […]

शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः ट्राइबेकरमा उपाधि चुम्दै जदाह भेट्रान क्लब मोरङ्ग

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विविधा by . Leave a Comment on शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः ट्राइबेकरमा उपाधि चुम्दै जदाह भेट्रान क्लब मोरङ्ग.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कपको उपाधि जदाह भेट्रान क्लब मोरङ्गले हात पारेको छ । धरान भेट्रान क्लब सुनसरीलाई ट्राइबेरमा ४–३ गोल अन्तरले हराउँदै जदाह भेट्रान क्लबले उपाधि हात पारेको हो । खेलको पहिलो हाफको ५ औं मिनेटमा धरानका लागि राज सुनुवारले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । […]

सांसद साहमाथि आक्रमण, उपचारका लागि काठमाडौं लैजादै

Published: in विविधा, समाज by . Leave a Comment on सांसद साहमाथि आक्रमण, उपचारका लागि काठमाडौं लैजादै.

सर्लाही । जनता समाजवादी पार्टी(जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो । टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड […]

मानवअधिकार एलायन्स झापाको अध्यक्षमा प्रेमा, १५ सदस्यीय जिल्ला नेतृत्व सर्वसम्मत

Published: (Updated: ) in विविधा by . Leave a Comment on मानवअधिकार एलायन्स झापाको अध्यक्षमा प्रेमा, १५ सदस्यीय जिल्ला नेतृत्व सर्वसम्मत.

झापा । राष्ट्रिय मानवअधिकार तथा न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स) झापाको अध्यक्षमा प्रेमाकुमारी भट्टराई सर्वसम्मत चयन भएकी छन् । शुक्रबार सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको हलमा सम्पन्न प्रथम अधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट भट्टराईको नेतृत्वमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख […]

नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी नौ जना, कसले पाउला टिकट ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by . Leave a Comment on नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी नौ जना, कसले पाउला टिकट ?.

शिवसताक्षी । स्थानीयतहको निर्वाचन नजिकदै गर्दा झापा शिवसताक्षीमा मेयर पदका लागि आकाक्षीहरुको चर्चा चल्न थालेको छ । सरकारले स्थानीयतहको निर्वाचन २०७८ बैसाख ३० गतेका लागि तोकेको छ । नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका लागि आंकाक्षी उमेद्धारहरु आफ्नो पक्षमा माहोल बनाउन लागि परेका देखिन्छन् । शिवसताक्षीमा अहिले दिनहुँ जसो राजनीतिक विषयमा छलफल हुन थालेको छ । […]

कर्णबहादुर स्मृति भेट्रान कपः ट्राइवेकरमा भरौला भेट्रान कालाबन्जारा सुनसरी विजयी

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on कर्णबहादुर स्मृति भेट्रान कपः ट्राइवेकरमा भरौला भेट्रान कालाबन्जारा सुनसरी विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति भेट्रान कपको मंगलबारको खेलमा भरौला भेट्रान कालाबन्जारा सुनसरी विजयी भएको छ । ट्राइबेकरमा आयोजक दूधे भेट्रान क्लबलाई ४–३ गोलअन्तरले हराउँदै भरौला भेट्रान कालाबन्जारा सुनसरी सेमी फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ८ औं मिनेटमा आयोजक दूधे भेट्रान क्लबको तर्फबाट सन्तोष थोप्राले गोल गरेका थिए । […]

साइबर सेक्युरिटी ल्याब बनाउँदै सरकार, पहिलो चरणमा छानिए ४ कम्पनी

Published: in टिप्स/जानकारी, विविधा, by . Leave a Comment on साइबर सेक्युरिटी ल्याब बनाउँदै सरकार, पहिलो चरणमा छानिए ४ कम्पनी.

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षासँग सम्बन्धित अध्ययन अनुसन्धानका लागि ल्याब स्थापना गर्ने भएको छ । त्यसका लागि पहिलो चरणमा चार कम्पनी छनोट भएका छन् । छनोट हुनेमा भारतको महिपालपुरमा रहेको अन्स्ट एण्ड योङ एलएलपी, नेपालको सुबिसु केबलनेट लिमिटेड, पोल्याण्डको पेन्टाकम्पी सिस्टम इन्फरम्याटिज्नी र भारतको फ्यालकन राकोमको जेभी रहेको छ । […]

जनकपुरधाममा आज उल्लासका साथ होली मनाइँदै (तस्वीरसहित)

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on जनकपुरधाममा आज उल्लासका साथ होली मनाइँदै (तस्वीरसहित).

जनकपुरधाम, जनकपुरधामसहित आसपासको क्षेत्रमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै छ। अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शनिबार मनाउन लागिएको हो । होलीका लोकगीत, संगीतले आज जनकपुरधाम गुञ्जयमान बनेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने […]

मेलम्ची खानेपानी आयोजनाको गेग्रयान हटाउने काम अन्तिम चरणमा, चैतको अन्तिमसम्ममा पथान्तरको तयारी

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on मेलम्ची खानेपानी आयोजनाको गेग्रयान हटाउने काम अन्तिम चरणमा, चैतको अन्तिमसम्ममा पथान्तरको तयारी.

काठमाडौँ, राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम अन्तिममा पुगेकाले यही चैतमै पथान्तरण गर्न सकिने सम्भावना बढेको हो । आयोजनामा रहेका संरचनाको सरसफाइ अन्तिम पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले ‘हेडवर्क’ सबै संरचना […]

होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य, by . Leave a Comment on होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते.

काठमाडौं, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना किशोरी घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरमा होली खेल्ने क्रममा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् । महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी उपचार […]