मेचीनगर । मेचीनगर १४ स्थित मगमग चाउचाउ उद्योगमा भिषण आगलागी भएको छ । आगलागी निभाउन मेचीनगर नगरपालिका लगायत १२ वटा दमकल (बारुण यन्त्र) प्रयोग भइरहेको छ । शानिबार विहान ४ बजेदेखि आगलागी भएको हो । आगो निभाउन मेचीनगर नगरपालिकासहित झापा, इलाम, मोरङ र सुनसरीका १२ वटा दमकल प्रयोग भइरहेको हो । साढे आठ बजेको समयसम्ममा […]
झापा । नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार आए पनि अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जन लगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त प्रतिवेदन, २०२१ का अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका कूल ७० लाख बालबालिकामध्ये ११ लाख अर्थात् १५ […]
जाजरकोट । लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले नष्ट गरेको हो । दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म […]
काठमाडौँ, गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानूनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानूनी मान्यता दिन गृहकार्य सुरु भएको हो । हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी […]
काठमाडौं– कोरोनाको तेस्रो लहरसँगै बन्द भएको पशुपतिनाथ मन्दिर आज (शुक्रबार)बाट दर्शनार्थीका लागि खुला भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार मन्दिर […]
झापा । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले १७ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउनदेखि पुससम्म पढ्नको लागि विदेश जाने नेपालीले १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको ६ महिनाको भन्दा झण्डै पाँच अर्ब रुपैयाँले धेरै हो । यस्तै […]
काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेशन १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक–दुई स्थानमा हल्का […]
हुन त शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई गुण र दोषको तुलोमा सँगसँगै राखेर जोख्ने हो भने नतिजामा खासै अन्तर नदेखिएला । तर व्यवहार, कार्यशैली र धरातलका पछिल्ला मापनमा देउवा र ओलीको भन्दा प्रचण्ड र नेपालको ओज घटेको देखिन्छ । प्रचण्ड : के सोचेँ मैले, के भयो अहिले ! ‘भित्रभित्र […]
काठमाडौ, मधेसी आयोगले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ। आयोगका अध्यक्ष विजयकुमार दत्तले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई पत्र लेख्दै जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न आवश्यक व्यवस्था यथाशीघ्र मिलाइदिन आग्रह गरेका हुन्। अध्यक्ष दत्तले सप्तरीस्थित सखाडेश्वरी […]
बेनी, हिमालपारीको जिल्ला मुस्ताङको अधिकांश भूभागमा बाक्लो हिमपात हुँदा चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । हिमपातकै कारण बेनी–जोमसोम–कोरला सडकखण्डको मुस्ताङतर्फ बाटो अवरुद्ध भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्लाको पाँचवटै गाउँपालिकामा हिमपात भएको छ । बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म हिमपात भएका कारण जिल्लाभित्रका सडकमा यातायातका साधनहरु बन्द भएका छन् […]