पेट्राेलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि काठमाडाैं ।नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि भएको छ। आयल निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ। […]
बिर्तामोड । महिला सञ्जाल उपभोक्ता समिति बिर्तामोड १० को आयोजनामा तीन महिने सिलाई कटाई तालिम आज बुधबार सम्पन्न भएको छ । गत जेठ १ गतेदेखि दुईवटा केन्द्रमा शुरु भएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । उक्त तालिमका लागि भीमादेवी पाण्डे र आशा विश्वकर्माले प्रशिक्षकको भूमिका निभाएका थिए । महिला सञ्जाल उपभोक्ता समितिका अध्यक्ष झरना […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो २७औं कार्यालय आजबाट बिर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोडमा सञ्चालनमा ल्याएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा नयाँ सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । नवस्थापित कार्यालयको मुख्य द्वारमा टाँगिएको रिवन काटेर नगरप्रमुख शिवाकोटीले कार्यालयको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि सम्बोधनका क्रममा […]
बिर्तामोड । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले स्थानीय तहको करलाई व्यवहारिक र विवादरहीत बनाउनुपर्नेमा जोड दिएका छन् । स्थानीय तहले निर्धारण गरेको करका कारण पछिल्लो समय विभिन्न क्षेत्रमा विरोध र विवाद बढेको भन्दै बुधबार उनीहरुले करको दर घटाउन र दायरा बढाउन सुझाव दिएका छन् । नागरिकलाई बाध्यताले होइन, रहरले कर तिर्ने वातावरण […]
बुधबारे । सामाजिक कार्यमा सक्रिय रहेको युवाहरुको सामाजिक संस्था दाह्री ग्याङ झापाले बुधबार बुधबारे बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेको दारी ग्याङ गोकुल पौड्यालले जनाएका छन् । सो समुहले विभिन्न ठाउँमा विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ ।
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले विगत वर्षहरुमा झैँ यो वर्ष पनि समावेशी तीज कार्यक्रमलाई निरन्तरता दिएको छ । २०६७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको समावेशी तीज मिलन कार्यक्रम संस्थाले यो वर्ष धुलाबारी, चारपाने र गोलधापमा आयोजना गरेको हो । हिन्दू नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा बुधबार धुलाबारीमा आयोजित पहिलो दिनको कार्यक्रममा […]
मेचीनगर । मानव बेचबिखन रोक्न कसैको एक्लो प्रयासले मात्र सम्भव नहुने प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । बुधबार झापाको काँकरभिट्टामा सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ र मेचीनगर नगरपालिकाले मानव ओसार पसार विरुद्धको १२ औँ राष्ट्रिय दिवसका अवसरमा ‘संघीयताको महत्वपूर्ण सारः मानव बेचविखनका लागि जिम्मेवार र सहकार्य सहित गरौ […]
काठमाडौं । यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’को माग छ । विभागले भने एक हजार ४०० मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताए । यसले गर्दा सेवाग्राही एक वर्षदेखि ‘स्मार्ट […]
विराटनगर। प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकले विधेयक सर्वसम्मतले परित गरेको हो । कानुन निर्माणको चरणमा रहेको प्रदेशसभाले योसँगै १७ ओटा विधेयक पारित गरिसकेको छ । बैठकमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले साउन महिनाभित्रै […]
हाल चीनले विश्वका अरु देशको तुलनामा बढी सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । एक तथ्याङ्क अनुसार चीनले हाल १३० गिगावाट(१,३०,००० मेगावाट) सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । चीनले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट तेन्गर मरुभूमिमा बनाएको छ । यसको बिजुली उत्पादन क्षमता १५०० मेगावाट रहेको छ । उता तिब्बतको पठारमा बनाइएको ८५० मेगावाटको अर्को सौर्य […]