यो दुनियाँमा मानव मात्र एउटा यस्तो जीव हो जसका लागि यौन सम्बन्धको उद्देश्य प्रजननका लागि मात्र नभई आत्मिक सुखको प्राप्ती पनि हो । इटलीका वैज्ञानिक र रोम टोर वर्गेटा विश्वविद्यालयमा मेडिकल सेक्सोलोजीका प्राध्यापक इम्यानुएल जनिनीले मानिसबीच हुने सम्बन्धमा प्रजननका साथै यौनसुख पनि निकै महत्व राख्ने बताउँछन् । जनिनीका अनुसार यसै कारण सेक्समा अनुसन्धान गर्ने धेरैजसो […]
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टी एकता र सरकारको कामबारे समीक्षा भएको छ । तल्लो तहको पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने र सरकारको काम प्रभावकारी बनाउनेबारे दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री निकट स्रोतले […]
इलाम। इलाममा मंगलबार चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । चट्याङ लागेर माइनगरपालिका वडा नम्बर ६ की २७ वर्षकी कुमारी योङ्गहाङ्ग लिम्बुको ज्यान गएको हो । चट्याङ लागेर घाइते भएकी लिम्बुको स्थानीय क्लिनिकमा उपचारको क्रममा ज्यान गएको हो । चट्याङबाट त्यही नगरपालिकाका माया लिम्बु र पवित्रा लिम्बु घाइते भएका […]
साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारत आज श्रीलंकासँग खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा यो खेल नेपाली समय अनुशार पौने सात बजे हुनेछ । सात पटकको च्याम्पियन भारत अहिले पनि प्रतियोगिताको दाबेदार हो । यसपटक भारतले यू–२३ युवा टिमलाई साफ च्याम्पियनसिपमा उतार्नेछ । अघिल्लो संस्करणमा अफगानिस्तानलाई हराएर च्याम्पियन बनेको भारतीय टिममा यू–१७ विश्वकप खेलेका खेलाडीको राम्रो […]
भद्रपुर । नेपाल रेडक्रसको स्थापना दिवसको अवसर पारेर रेडक्रस झापाले स्वर्ण स्तम्भ अनावरण गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले भद्रपुर स्थित रेडक्रस झापाको कार्यालय परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भ अनावरण गरेका हुन् । रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश संसद ओमप्रकाश सरावगी, पूर्णसिंह राजवंशी, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला समन्वय समिति […]
भद्रपुर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समृद्धिको सपना साकार पार्न राजश्व राज्यलाई कर तिर्न सवैसित आग्रह गरेका छन् । भद्रपुर छोटी भन्सारलाई भद्रपुर भन्सारको रूपमा स्तरोन्नति गरी औपचारिक उद्घाटन गर्दै देश विकासका लागि राजश्वमा दलाली नगर्न उनले सुझाएका बताएका हुन् । मन्त्री खतिवडाले विकासका नाममा मोलमोलाई गरेर परिवर्तन नआउने उल्लेख गरे । गरिब जनताको लागि […]
भद्रपुर । जिल्लाका आठवटा स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भैसक्दा सदरमुकामसमेत रहेको भद्रपुरमा अझै ४६३ वटा घरमा चर्पी बन्न बाँकी रहेका छन् । तर सबैभन्दा बढी चर्पी बन्न बाँकी रहेको स्थानीय तह भद्रपुर पनि अब क्रमशः खुल्ला दिसामुक्त अभियानमा अक्रामक बन्दै गएको आभाष मिलेको छ । मंगलबार बसेको नगरपालिकास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको […]
भद्रपुर । नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । युनियन संघ झापाको आयोजनामा नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभाकी प्रमुख सचेतक तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्यमा उत्कृष्ट राष्ट्र सेवक सम्मान, उत्कृष्ट समाजसेवी सम्मान तथा सेवा निबृत्त कर्मचारी सम्मान गरिएको हो । संघका झापा अध्यक्ष […]
बिर्तामोड । झापा प्रहरीले अपराध नियन्त्रण गर्न नयाँ कार्यको थालनी गरेको छ । आर्थिक तथा वित्तिय कारोवार हुने क्षेत्र तथा विशेष खालमा संङखास्पद भएका क्षेत्रहरुमा प्रहरीको कार्यक्षेत्र बनाएर प्रहरी अगाडि बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक एसपी भीमप्रसाद ढकालले बताए । सोमबार प्रत्रकार सम्मेलनमा बोल्दै ढकालले भाद्र २१ गतेबाट प्ररम्भिक सुरक्षा अभिमुखिकरण अभियानका […]
काठमाडौं । सरकारले बिमस्टेक शिखर सम्मेलन अत्यन्तै भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको संघीय ससदलाई जानकारी गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगबारको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा बिमस्टेक शिखर सम्मेलनबारे जानकारी गराउनुभएको हो । नेपाल आयोजक भएर आयोजना गरिएको बहुपक्षीय आर्थिक प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो […]