साफ च्याम्पियनसिपको १२औं संस्करणको पहिलो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ । अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र पाकिस्तान कुल १५ पटक खेलेका छन् । जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ । नेपाल र पाकिस्तान अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा नै खेलेका थिए । […]
बैतडी । बैतडी जिल्लामा अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार […]
जनकपुर । धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएका हुन् । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शर्माको पेटमा गोली लागेको छ ।
काठमाडौं । अर्जेन्टिनाले बढ्दो आर्थिक संकट नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गर्ने भएको छ । खारेज गरिने वा गाभिने मन्त्रालयको सम्बन्धमा भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । यसैगरी केही खाद्यान्न र उत्पादनको निर्यातमा कर बढाउने योजनामा पनि सरकारले अघि सारेको छ । मुलुकमा आपतकाल जस्तो स्थिति आएकाले अर्जेन्टिनाको मुद्रा पिसो लगातार ओरालो […]
परराष्ट्र मन्त्रालयबाट जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक परेपछि गजुरी १ की मुक्तिकला लामिछाने तनावममा परेकी छन् । राहदानीमा उनको ठेगाना गजुरी बजार १, डोटी उल्लेख छ, भने राष्ट्रियतामा तिब्बतीयन छ । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ । अर्को पानामा नम मोत्तिकला उल्लेख छ । स्नातकोत्तर गरेकी लामिछानेले आफुले बुझाएको […]
झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् । गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए । पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो । दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन् । उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् । […]
सल्यान । अविरल बर्षापछिको पहिरोले घर पुर्दा बाग्चौर नगरपालिका १२, बाफुखोलाका बालाराम डाँगीका ३ छोराछोरीको आईतवार मृत्यु भएको छ । मृत्यु भएकामा ८ बर्षीया ललिता, ४ बर्षीया मेनुका र ६ बर्षीय ललित छन् । भैँसी दुहुन गोठमा गएकाले डाँगी दम्पतीलाई केही भएन । प्रहरी नायव उपरीक्षक वीेरेन्द्रबहादुर शाहीका अनुसार पहिरो आउने क्रम नरोकिएकाले समयमै उद्धार […]
सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुरु गरेको हो । प्रदेशबाट लाइसेन्स बाँड्ने गरी प्रक्रिया अगाडि बढाइएको […]
०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट सेमेस्टर टपरलाई परीक्षा दिन लगाएको […]
काठमाडाैं । एसीसी एसिया कप छनोट क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गदै छ । फाइनल प्रवेशका लागि नेपाललाई जितमात्र पर्याप्त हुँदैन्। त्यसका लागि चमत्कारीक प्रदर्शन गर्नुपर्ने हुन्छ। छनोटको सुरुका दुई खेलमा पराजित भएको नेपाललाई फाइनलमा प्रवेश गर्नका लागि अर्काको भर पर्नु परेको छ। मंगलबार नै हुने अर्को खेलमा ओमनाले युएईलाई हराएमात्र […]