खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्तारको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५,१० बर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता राम्रो कमाई हुने देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् । यी ठाउँमा गतिलो काम पाइने आशमा वैदेशिक रोजगारीमा रहेका युवाले तस्करलाई २ लाख […]
प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ सय […]
आज भदौ ६ गतेको बिहानी प्रत्यक्ष प्रसारण गुड मर्निङ नेपाल
विराटनगर । ३८ क्विन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्या हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारिकमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालतले थुनामा राखेर कारबाही गर्न आदेश गरेको छ। जिल्ला अदालत मोरङले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो। तर सो आदेश […]
बिर्तामोड । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने अन्तरास्ट्रिय नाराका साथ बिर्तामोड रोटरी र रोट्रयाक्ट मिडटाउनमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ‘रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पाँचौ, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको चौथो र इन्ट्राक क्लव अफ देवभूमि’को दोश्रो पदस्थापन कार्यक्रम संयुक्त रुपमा सोमबार सम्पन्न भएको हो । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको अध्यक्ष पदमा शुभ […]
बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो जिल्ला अधिवेशन भदौ ७ बिहीबार बिर्तामोडमा गरिने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । अधिवेशनको उद्घाटनको अवसरमा समाजसेवी, सुनचाँदी व्यावसायी र गहना बनाउने कालिगढ गरी तीन विधाका एक–एक […]
काठमाडौं । प्रधानमन्त्री कार्यालयले कामका क्रममा कुनै समस्या आए तत्काल समाधानका लागि ‘एक्सन रुम’ बनाउने भएको छ । राष्ट्रिय महत्वका विकास आयोजनाका काममा कुनै समस्या देखापरे तथा मन्त्रालयहरुले गरिरहेको काम र राष्ट्रियस्तरका काम कारवाहीमा समस्या आए त्यसलाई तत्काल समाधानका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति बनाउन लागिएको हो । यसका लागि ‘तत्काल समस्या समाधानसम्बन्धी नियमावली २०७५’ को […]
एजेन्सी । टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उ पाधि दिलाएको छ । चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई […]
करिब १० वर्ष अघि अर्थात् सन् २००८ सालमा एउटा औपचारिक कार्यक्रममा केही विद्वतवर्ग साथीहरुसँग मेरो भेट भएको थियो । कार्यक्रमको विषय के थियो त्यो, अहिले मलाई यकिन गरी सम्झना छैन । कार्यक्रम सकिएपछि हाम्रा केही साथीहरुबाट अनौपचारिक कुराकानी भयो । त्यसै क्रममा एक जना मित्रले भन्नुभयो, ‘सन् २०१५ भित्र भारत र चीनको सहमतिमा नेपालको अस्तित्व […]
एजेन्सी । पेरुका अभिनेता रिचर्ड टोरेसले डोमिनिकन रिपब्लीकको राजधानी सेन्टो डोमिगोमा जथाभावी रुपमा रुख कटानीकाविरुद्ध सबैको ध्यान खिच्नका लागि रुखसँग विवाह गरेका छन् । सेन्टो डोमियोभन्दा केही मिटरको दूरीमा रहेको कोलोन पार्कमा भएको यो अनौठो विवाहले दर्जनौ व्यक्तिहरुको ध्यानाकर्षण गरेको छ । टोरेसले रुखमा औंठी राख्दै त्यहाँ उपस्थित एकजना व्यक्ति, जो न्यायधिशको भूमिकामा थिए, उनलाई […]