बनियानी । दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । गाउँपालिकामा आवश्यक पर्ने शक्ति स्थानीय स्तर मै उत्पादन उद्देश्यले १० विद्यार्थीलाई रु २० लाखको छात्रवृत्ति प्रदान गरेको हो । पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । गाउँपालिकाभित्रै प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष […]
मुलुकी ऐन खारेज भएर भदौ १ गतेदेखि फौजदारी तथा देवानी संहिता लागु भएपछि सर्वाधिक चासोको विषय बनेको छ वैवाहिक सम्बन्धसम्बन्धी प्रावधान । वैवाहिक नातालाई पहिलो सामाजिक संगठन र पारिवारिक सम्बन्धको आधार भनेर ठूलो महत्व दिइने गरिएतापनि यो सम्बन्ध सदा नापतौल र स्वार्थमा निहित रहेका कारण यो विषय यति संवेदनशील बनेको हुनुपर्छ । शरीर हेरेर, अनुहार […]
एजेन्सी । चाँडै नै तौल घटाउन चाहनुहुन्छ तर आफूले सोचेजस्तो भइरहेको छैन भने हामी तपाईंलाई यसका लागि तरिका बताउँदैछौं । १ ग्रीन टीः ग्रीन टी चाँडै नै तौल कम गर्न सहयोग गर्दछ । यसको नियमित सेवनले चमत्कारिक रुपमा तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई कम गर्नमा सहयोग गर्दछ । दैनिक तीनदेखि पाँच कप ग्रीन टी पिउँदा […]
एजेन्सी । अन्य व्यक्तिको शुक्रकिट खरिद गरेर आमा बन्ने महिलाको संख्यामा लगातार वृद्धि भइरहेको छ । यस्ता महिला विवाह नगरी, यौन सम्बन्ध स्थापित नगरीकनै आइभिएफको सहारा लिएर आमा बनिरहेका छन् । पोली केर पनि ती महिलामध्ये एक हुन् जो शुक्रकिट खरिद गरेर आमा बनेकी छिन् । अक्फोर्डमा बस्ने ३९ वर्षीया पोलीले एक अपरिचित व्यक्तिको शुक्रकिटबाट […]
एजेन्सी । मनसुन सुरु भएलगत्तै सर्प बाहिर निस्कने सिलसिला पनि सुरु भएको छ । यस्तो अवस्थामा सर्पदंशको घटनामा पनि वृद्धि भएको छ । आज हामी तपाईंले सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे यहाँ जानकारी दिँदै छौं । सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् । हिमोटोक्सिकः यसले रक्त कोशिकामा […]
एजेन्सी । आफ्ना पूर्व श्रीमानसँग सन् २०१२ मा २१ अर्ब रुपैयाँ चिट्ठामा जितेकी महिलाले आफू काम गर्ने कम्पनीको १९ लाख चोरेका व्यक्तिसँग स्कटल्याण्डको फिफे शहरमा विवाह गरेकी छिन् । चर्चित लोट्टोमा अर्बौं रुपैयाँ जितेको १५ महिनापछि नै गिलियन बेफोर्डको उनका श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो । गिलियन बेफोर्ड, ४६, ले गत हप्ता फिफेमा ३७ वर्षे ब्रियन […]
गुल्मी । चर्चित गायक सौगात सागर (सुनार) फक्राउ परेका छन् । उनलाई एक युवतीले साइवर क्राइम अपराधविरुद्धको उजुरी महानगरिय अपराध अनुसन्धान शाखा काठमाडौं टेकुमा दिए पछि इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । ‘टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले उहाँलाई फोन गर्यौं’–वुटवलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–‘उहाँ सजिलै आउनु भयो […]
विराटनगर । प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । संघीय सरकारले सार्वजनि बिदा […]
गुड मर्निङ नेपाल, साझामञ्च डट कमको अत्यन्तै नौलो र रचनात्मक प्रस्तुति हरेक बिहान गुड मर्निङ नेपाल हेरेर सुनेर प्रतिक्रिया, सल्लाह र सुझावको अपेक्षा राखेका छौं ।
काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति प्रक्रिया शुरु गरेको छ । परिषदले विभिन्न ८ संवैधानिक आयोगमा रिक्त अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्न प्रक्रिया शुरु गरेको हो । ८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छ । परिषद सचिवालयले रिक्त सबै पदहरू पूर्तिका लागि मंगलबार सूचना प्रकाशित गरेको […]