भद्रपुर । राजश्व छलेको आरोप लागेका भद्रपुरका व्यापारी सञ्जीव घोष धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका छन् । घोषलाई राजश्व छल्न नक्कली भ्याट बिल (मूल्य अभिबृद्धि कर विजक) प्रयोग गरी अवैध कारोबारको आरोपमा पक्राउ गरी राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले प्रारम्भिक अनुसन्धानको क्रममा एक करोड ५७ लाख धरौटी रकम बुझाउन माग गरेपछि नतिर्दा […]
मेचीनगर । स्टुडेन्ट्स राइजिङ टिम मेचीनगरले आगामी साउन २६ गते मेचीनगरका केही सार्वजानिक स्थलहरु सरसफाई तथा वृक्षारोपण गर्ने भएको छ । स्टुडेन्ट्स राइजिङ टिम मेचीनगरमा क्रियाशील सदस्य अभिषेक दाहालका अनुसार स्टुडेन्ट्स राइजिङ टिमले विगत २ वर्षदेखि विद्यँलय र विद्यँर्थीको क्षेत्रमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । विद्यार्थी विशेष अतिरिक्त क्रियाकलाप कार्यक्रम, विद्यार्थीका लागि विभिन्न […]
काठमाडौँ । सर्वशक्तिमान बन्दै गएको चीनले आवाजको गतिभन्दा ६ गुणा छिटो उड्ने विमानको सफल परीक्षण गरेको छ । ङकङ–२ वा स्टारी स्काई–२ नाम दिइएको उक्त हाइपर सोनिक विमानले परमाणू अस्त्रहरु बोक्न सक्ने र विश्वमा अहिले निर्माण गरिएको कुनै पनि एन्टी मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने बताइएको छ। चीनको उत्तरपश्चिम क्षेत्रमा गत शुक्रबार विमानको परीक्षण उडान सम्पन्न […]
काठमाडौँ । तपाईको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईको […]
काठमाडौं । नेपाली चार खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टि–ट्वान्टी वरियतामा स्थान बनाएका छन् । आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालका कप्तान पारस खड्का, शरद भेषवाकर, सोमपाल कामी र वसन्त रेग्मी परेका हुन् । आईसीसीले सोमबार जारी गरेको वरियतामा नेपालका वसन्त रेग्मी बलिङतर्फ ७१औं स्थानमा रहेका छन् । त्यस्तै, बलिङतर्फ नै नेपालका सोमपाल कामी ९२औं […]
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल यही साउन मसान्तबाट समाप्त हँुदैछ । यद्यपि विधानतः कार्यसमितिको पदावधि तीन महिना थप्न सकिन्छ । २०७३ भदौ २ गते ११ औं महाधिवेशनबाट नैनसिंह महर नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसको ‘नर्सरी’ भनिने नेविसंघ अहिले इतिहासकै कमजोर मोडमा आइपुुगेको छ । मुलुकमा आएका […]
काठमाडौं । २७ दिन आमरण अनशन बसेर सरकारसँग सम्झौता गरेका डा. गोविन्द केसीले सरकारले तोकिएको समयमा माग पूरा नभए पुनः अनशन बस्ने बताएका छन् । अनशन तोडेपछि उपचार गरी आज डिस्चार्ज भएका केसीले पत्रकार सम्मेलन गरेर सरकारले सम्झौता कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । कुनै बहाना वा ढिलाइ नगरी शीघ्र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट […]
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध र्यालीसहित प्रर्दशन गरेको हो । प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम […]
एजेन्सी । बलिउड अभिनेत्री सोनाली बेन्द्रे अहिले न्यूयोर्कमा हाई ग्रेड क्यान्सरको उपचारमा जुटिरहेकी छन् । सोनालीले आफूलाई क्यान्सर भएको जानकारी इन्स्टाग्राममा ४ जुलाईमा एक पोस्ट सेयर गरेर दिएकी थिइन् । यस खबरपछि चकित परेका बलिउडका अन्य कलाकार सोनालीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । पछिल्लो दिन सोनालीले टाउको मुडुलो भएको तस्बिर सेयर गरेकी छन् । जसलाई उनले […]
विराटनगर । प्रदेश १ को संसदमा लामो समयदेखि केही फरक दृश्य देखिने गरेको छ । संसदमा बेलाबेलामा विधेयकहरु टेबल भइरहन्छन् । सांसदहरु भने तिघ्रा र नोटबुक ठटाउँदै समर्थन जनाउँछन् । सभामुख प्रदीप भण्डारीबाट संसदमा टेबल भएको विधेयक पारित गर्न राय बुझ्ने क्रम चलिरहन्छ । फेरि सांसदहरु समर्थन जनाउन आफ्नो तिघ्रा र नोटबुक ठटाउँछन् । प्रदेश […]