काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यू-१९ एकदिवसीय सिरिजका लागि नेपाली टिमलाई बोलाइएको छ । कोलकातामा हुने तय भएको प्रतियोगितामा भारत र अफगानिस्तानको यू-१९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को टोली पनि छ । प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म हुने बताइएको छ । प्रतियोगितामा सहभागिता जनाउन बीसीसीआईले आग्रह गरेको नेपालका यू-१९ टोलीका प्रशिक्षक […]
एजेन्सी । प्रायजसो टाउकोमा कपाल नहुने अवस्था बुढ्यौलीसँग सम्बन्धित छ । समयभन्दा अगाडि नै टाउकोमा कपाल नहुनुको धेरै कारणहरु छन् । जस्तै; तनाब , तौल घट्नु , विभिन्न प्रकारका खाद्यपदार्थ आदि । कपाल नहुनु महिला र पूरुष दुबैको निम्ति ठूलो समस्या हो । धेरै पटक कपाल गुमाउने समस्याले आत्मविश्वास घटाउनमा महत्वपूर्ण भुमिका खेल्दछ । यस समस्यालाई […]
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान गरेको छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने छ । देशका थोरै स्थानमा भने मंगलबार (आज) भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी […]
विर्तामोड । झापामा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति १ का २७ वर्षीय पंकज कोइरालाको मंगलबार विहान मृत्यु भएको हो । सोमबार साँझ ६ः ३० बजे विर्तामोडबाट सुरुंगा तर्फ जाँदै गरेको ना १ झ ५८६ नम्बरको इलाका प्रहरी कार्यालय सुरुंगाको गाडीले विपरित दिशाबाट आउँदै गरेको मे ८ प १२२३ नम्बरको […]
जलवायु परिवर्तनका कारण भएको तापक्रम वृद्धि नियन्त्रणमा लिन नसकिए पृथ्वीको प्राकृतिक शक्ति गम्भीर खतरामा पर्न सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन्। अहिलेकै अवस्था रहने हो भने पृथ्वी चाँडै नै ‘हटहाउस अर्थ’ बन्ने अनुसन्धानकर्ताले बताएका छन्। सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताअनुसार देशहरुले कार्बनडाइअक्साइडको उत्सर्जन कम गर्न सफल भए पनि केही दशकमा पृथ्वी ‘हटहाउस अर्थ’ बन्ने […]
काठमाडौं । चीनले केरुङ– काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता रिपोर्ट तयार गरेको छ । भदौ १५ भित्र रिपोर्ट बनाउने लक्ष्यसहित काम गरेको चिनियाँ प्राविधिक टोलीले प्रक्षेपितभन्दा झण्डै एक महिनाअघि नै काम सकेको हो । चिनियाँ कम्पनी चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टले के–के निश्कर्ष निकाल्यो भन्ने जानकारी नेपाललाई अहिलेसम्म दिइएको छैन । […]
मोरङ । सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकल चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश […]
काठमाडौं । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, २० हजार घरबारविहीन भएका छन् । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतवार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेले भने ७.० म्याग्नीच्यूडको भूकम्प गएको […]
भारतको छत्तीसगढमा प्रहरीको कारबाहीमा १५ माओवादी मारिएका छन्। माओवादी प्रभावित सुकमा भन्ने ठाउँमा प्रहरीसँग भएको भिडन्तमा १५ माओवादी मारिएको, १६ अत्याधुनिक हतियार बरामद गरिएकाे र २ जनालाई पक्राउ गरिएको छ। छत्तीसगढ प्रहरीले जनाएकाे छ। छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले पहिलो पटक माओवादीसँग कुनै पनि किसिमको सम्वादको सम्भावना अस्वीकार गरिदिएका बेला यो भिडन्तको खबर आएको छ। उनले […]
बाढी पहिरोमा परी मङगोलियामा ६३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये १५ जना बालबालिका समेत रहेको राष्ट्रिय आपतकालिन व्यवस्थापन निकायले जनाएको छ। सो कार्यालयले खोला नदीमा पानीको मात्रा बढेर बाढी आउने गरेकाले बाढीबाट सुरक्षित हुनेतर्फ सतर्क हुन पनि आह्वान गरेको छ। मङ्गोलियामा जुलाईको सुरुदेखि अत्यधिक वर्षा हुनेगरेको छ भने अगस्टको मध्यसम्म पनि बाढीको खतरा बढी […]