कमल । रातको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना बढेको जनगुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले झापाले रातिको समयमा चेकजाँचलाई तिब्रता दिएको छ । गएराति झापा जिल्लाको झिलझिले, बिर्तामोड, दमक, चारआली , काकड्भिट्टा, सुरुङ्गा, केर्खालगायतका स्थानहरुमा चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा भाडाका ५ ट्रक, ४ कार जिप, १७ […]
विराटनगर । साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको वाणी प्रकाशन सहकारी संस्था बन्द भएको छ । साहित्यकारहरूको आर्थिक समृद्धि र नेपाली भाषा साहित्यको उत्थान गर्ने उद्देश्यले सहकारी ऐनअन्तर्गत २०५२ मा स्थापित यो संस्था लगानी असुली नहुँदा बन्द भएको जनाइएको छ । संस्थाका तत्कालीन अध्यक्ष कृष्णभूषण वलको २०६९ असार ११ गते निधन भएपछि संस्था झन् धराशायी भएको स्रोतको भनाइ […]
विराटनगर । प्रदेश एक का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। शुक्रबार मुख्यमन्त्री राईले सबै विभागीय मन्त्री तथा सचिवहरूलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्ययोजनाको छलफलमा मन्त्री […]
तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका १ मा खाल्डोमा परेर एक बृद्धको मृत्यु भएको छ । बृद्धको गणेश इँटा उद्योग जाने बाटोमा ट्याक्टरले बनाएको खाल्डोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा म्याङलुङ्ग नगरपालिका–१०, तम्फुलाका झाँक्री कान्छा भनिने करिब ६० वर्षीय ठगबहादुर पुर्कुटी रहेको प्रहरीले जनाएको छ । ठगबहादुरको शव शनिबार बिहानै सडकमा ट्रयाक्टरले बनाएको खाल्डोमा […]
अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा […]
काठमाडौं । प्रहरीले कल बाइपास गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ८ झुलेनीपुरस्थित भानुभक्त न्यौपानेका छोरालाई प्रहरीले कल बाइपास गर्ने सामानसहित पक्राउ गरेको हो । आफ्नै घरमा २८ रामप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । न्यौपानेका बावुछोरालाई दुरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद […]
काठमाडौं । नेपाल आयल निगममा बोनस बाँड्न छुट्याएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ । सरकारले गत तीन आर्थिक बर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन । निगमको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक बर्ष ०७३ ७४ मा ७७ करोड रुपैयाँ बोनस उल्लेख गरेको लेखापरीक्षणमा प्रतिवेदन पारित गरेसँगै […]
१४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी किमाथांका मार्ग जोडिँदै छ । चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ । संघीय सरकारले छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै अर्थिक बर्षभित्र सक्ने घोषणा गरेको छ ।
धादिङ । शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो । शिशु झोलामा हालेर लैजने उनैका बावु सरोज तामाङ हुन् । धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर […]
काठमाडौं। दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा फर्केका पुराना कामदारले पुनः श्रमस्वीकृति पाइरहेका छन् । नेपाली श्रमिकको सबभन्दा ठूलो रोजगारी […]