Sajhamanch Archive

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भनिन् : देशमा आगो बल्छ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भनिन् : देशमा आगो बल्छ.

  काठमाडौं  ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा गोविन्द केसीको माग पुरा नभए देशका आगो बल्ने बताएका छिन् । डा.केसीको समर्थनमा निकालिएको जुलुसपछि वानेश्वरमा आयोजित सभामा उनले भनिन् -डा.केसी कसैका कार्यकर्ता होइनन् । उनका माग पुरा गरौँ । -सरकारले भोट पाएको हो । उसले जनताले भनेको मान्नुपर्छ । -डा.केसीले जनताको आवाज बोलेको छ । -केसीको माग […]

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका कार्यकर्ता पक्राउ

Published: (Updated: ) in राजनीति by . Leave a Comment on प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका कार्यकर्ता पक्राउ.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्व विद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताले शनिबार कालोझण्डा देखाउने प्रयासको आरोपमा नेविसंघ त्रिभुवन विश्व विद्यालयका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो […]

‘भारतीय लोकसभामा प्रधानमन्त्री मोदी : ‘फ्रान्स’ र कांग्रेस अध्यक्ष गान्धी ‘क्रोएसिया’

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ‘भारतीय लोकसभामा प्रधानमन्त्री मोदी : ‘फ्रान्स’ र कांग्रेस अध्यक्ष गान्धी ‘क्रोएसिया’.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा रहेको शिवसेना पार्टीले कांग्रेस अध्यक्ष राहुल गान्धीको भाषणको प्रशंसा गरेको छ । शिवसेनाका प्रवक्ता सञ्जय राउतले राहुल गान्धीको भाषणको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले अविश्वासको प्रस्तावमा जित हासिल गरे पनि गान्धीले सबैको मन जितेको बताए । उनले शुक्रबार भारतीय लोकसभामा कांग्रेस अध्यक्षले प्रधानमन्त्रीलाई अँगालो हालेको कुराको पनि प्रशंसा गरे […]

‘डा. केसीलाई कांग्रेसले उचालेको छैन, सरकारले माग पूरा गर्नैपर्छ’ : देउवा

Published: in राजनीति by . Leave a Comment on ‘डा. केसीलाई कांग्रेसले उचालेको छैन, सरकारले माग पूरा गर्नैपर्छ’ : देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले डा. गोविन्द केसीका माग पूरा गर्नैपर्ने बताएका छन् । यसअघि आफ्नो सरकारले तयार पारेको अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याए डा. केसीका सबै माग पूरा हुने उनले बताए । २१ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा पुगेर देउवाले भेटेका थिए । भेटपछि पत्रकारहरुसँग […]

यातायात समितिको नवीकरण नगर्ने : गृह मन्त्रालय

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on यातायात समितिको नवीकरण नगर्ने : गृह मन्त्रालय.

काठमाडौं । सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगरिने गृह मन्त्रालयले जनाएको हो । गत असार ३१ गते गृह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सचिवको बैठकले गरेको निर्णय गृह मन्त्रालयले सार्वजनिक गर्दै […]

जुम्लामा गोली चलेको होइन : रक्षामन्त्री पोखरेल 

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on जुम्लामा गोली चलेको होइन : रक्षामन्त्री पोखरेल .

मोरङ   ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले गोली नचलाएको दाबी गरेका छन् । विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानीमा मन्त्री पोखरेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको झुटो भएको भएको बताए। ‘प्रतिष्ठानमा गोली चलेको समाचार कुन सञ्चारमाध्यमले बाहिर ल्यायो त्यो गलत, दुखद र शतप्रतिशत झुटो […]

काँकडभिट्टा नाकाबाट १७४ नेपाली चेलीको उद्धार

Published: (Updated: ) in समाज by . Leave a Comment on काँकडभिट्टा नाकाबाट १७४ नेपाली चेलीको उद्धार.

भद्रपुर ।  माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ। मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ। मानव बेचबिखनको ट्रान्जिट मानिएका […]

एकै परिवारका चार जनाले सेतीमा हाम फाले

Published: (Updated: ) in समाज by . Leave a Comment on एकै परिवारका चार जनाले सेतीमा हाम फाले.

डोटी  । आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् । हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमहहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र ए छोरी […]

यातायात समितिको सम्पति सरकारीकरणको प्रक्रिया अघि बढ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on यातायात समितिको सम्पति सरकारीकरणको प्रक्रिया अघि बढ्यो.

काठमाडौं । सरकारले यातायात समितिहरुको सम्पति सरकारीकरण प्रक्रिया अघि बढाएको छ । समितिहरुले उपचार खर्च लगायतका विषयमा तिर्न बाँकी रकम तिर्ने र बाँकी सम्पती सरकारीकरण गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ । गउको असार ३१ गते गृह मन्त्रालयमा बसेको बैठकले समितिको सम्पती राष्ट्रियकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, यातायात मन्त्री […]

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति सरोकारवालाहरुको आपत्ति

Published: (Updated: ) in राजनीति by . Leave a Comment on राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति सरोकारवालाहरुको आपत्ति.

काठमाडौं । सप्तरीको मलेठ घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरोकारवालाहरुले राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराएका छन्। सरोकारवालाहरुले मानव अधिकारको दृष्टिले समेत गैरजिम्मेवार ढंगबाट प्रतिवेदन तयार पारेको भन्दै शुक्रबार ज्ञापनपत्र मार्फत् आयोगको गम्भिर ध्यानाकर्षण गराएका हुन्। ललितपुरको हरिहर भवनमा रहेको आयोगको कार्यालयमा पुगेका उनीहरुले आयोगले सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन संकुचित, […]