धरान । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ। निमोनियाले थलिएका उनको मंगलबार दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो। दुईसातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनलाई छातिमा निमोनियाको इन्फेक्सन भएको थियो। विरामीपर्नुभन्दा पहिले मृगौला समेत प्रत्यारोपण गरेकाले सुब्बाको उपचारमा सुधार नहुँदा मृत्यु भएको ग्राण्डी अस्पतालले जनाएको छ। -थाहाखबरबाट
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष रहेको बताएका छन । अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर सबै स्थानीय तहमा बैंक स्थापना हुने र बैंकहरुलाई सुरक्षा दिने योजना भैरहेको बताए । सरकारले सबै स्थानीय तहमा अब तत्काल बैंक स्थापना गर्ने पनि जानकारी दिए । मंगलबार नविल बैंकले काठमाडौंमा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएपनि अझै १ सय ९७ स्थानीय तह बैक बिहिन छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले अझै १ सय ९७ स्थानीय तहमा बैंक पुग्न नसकेको जनाएका छन् । त्यसमध्ये ६५ स्थानीय तहमा त बैंकको शाखा खोल्न निकै समस्या […]
सिकागो । पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो । प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो […]
पेरिस । २१औं संस्करणको विश्वकप फुटबलको उपाधि लिएर स्वदेश फर्किएको फ्रान्सेली टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ। सोमबार पेरिस ओर्लिएको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए। क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रो पटक विश्व च्याम्पियन भएको फ्रान्सले यसअघि सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्व कप फ्रान्सले पहिलो […]
काठमाडौं । आज साउने संक्रान्ति । असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यो भगवान शिवको महिना हो, यसै कारण पनि यो महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाऊ भनि शिवको आराधना गर्ने चलन रहि आएको छ । आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरूमा भक्तजनको विहानैदेखि भिड लागेको […]
काठमाडौं । पार्टी सञ्चालन नियमावली टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नियमावली र विधानबारे छलफल हुनेछ । विधान र नियमावली प्रकाशनमा पठाउनु अघि अन्तिम रुप दिन बैठब बोलाइएको हो । बैठकमा पछिल्ला राजनीतिक मुद्दामाथि पनि छलफल हुन सक्नेछ । चिकित्सा शिक्षा विद्येयक विवादले सरकारमाथि […]
काठमाडौं । सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा गरेको सिफारिस विवादमा परेको छ। मन्त्रिपरिषद्ले सोमबार दिउँसो उनलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई अन्य सरकारी पदमा नियुक्त गर्न नमिले पनि राजनीतिक नियुक्ति दिन मिल्छ। कतिपयले भने संवैधानिक पदबाट अवकाश पाएका पूर्वपदाधिकारीलाई राजनीतिक नियुक्ति दिन नहुने मत […]
काठमाडौं । विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, […]
संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला […]