Sajhamanch Archive

पौडलले भने – देउवासँग मिलेको छैन

Published: (Updated: ) in राजनीति by . Leave a Comment on पौडलले भने – देउवासँग मिलेको छैन.

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने आरोप अस्वीकार गरेका छन् । रिङरोडस्थित ढुंगेधारामा सोमबार आफुनिकट र सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट नेताहरुको भेलामा उनले यस्तो बताएका हुन् । म शेरबहादुरजी सँग मिलेको छैन । सात प्रदेशको प्रदेश समितिमा उनीहरुले चार र हामीले तीन लिएको भन्ने होईन, पौडेलको भनाई उद्धृत गर्दै एक […]

वर्षमा एक खर्ब ६० अर्बको इन्धन आयात

Published: (Updated: ) in समाज by . Leave a Comment on वर्षमा एक खर्ब ६० अर्बको इन्धन आयात.

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मा मुलुकले एक खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो वर्ष सो मूल्यबराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ । –कारोबार दैनिकबाट

डा. केसीको मुटुको चालमा समस्या

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on डा. केसीको मुटुको चालमा समस्या.

सेप्सिसको उच्च जोखिममा रहेका डा. केसीको स्वास्थ्य अवस्था गए रातिबाट अचानक थप जटिल बनेको छ । रातको २ बजेआसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए । सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति एक सय २० […]

केन्द्रमै बढी कर्मचारी रहने गरी दरबन्दी निर्धारण

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on केन्द्रमै बढी कर्मचारी रहने गरी दरबन्दी निर्धारण.

मुलुक संघीय संरचनामा गए पनि सरकारले केन्द्रमै ४५ हजार कर्मचारी रहने गरी कर्मचारीको दरबन्दी निर्धारण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय व्यवस्थापन तथा सर्वेक्षण ‘ओ एन्ड एम’ समितिले संघमा ४५ हजार र प्रदेशमा १६ हजार कर्मचारी दरबन्दी रहने प्रारुप तयार पारेको हो । समितिले झन्डै […]

सार्वजनिक बिदाको दिन सरकारले गर्‍यो चार अर्ब भुक्तानी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सार्वजनिक बिदाको दिन सरकारले गर्‍यो चार अर्ब भुक्तानी.

काठमाडौं । आर्थिक वर्षको अनितममा सरकारी ढिकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन्। सार्वजनिक बिदाको दिनमै चार अर्ब रुपैयाँको चेक काटेको पाइएको छ। सरकारी आयव्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात् असार ३० शनिकासमेत चार अर्ब १३ करोड २२ लाख ५३ हजार रुपैयाँ पुँजीगत बजेटको चेक काटिएको समाचार कारोबार दैनिकमा छ। आर्थिक […]

निर्वाचन आयोगले अझै खर्च विवरण सार्वजनिक गरेन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आयोगले अझै खर्च विवरण सार्वजनिक गरेन.

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदै राष्ट्रिय सभा निर्वाचन र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गर्न आलटाल गरेको छ। निर्वाचन सकिएको आर्थिक वर्षभित्रै खर्चको विवरण सार्वजनिक गरिसक्नुपर्ने भए पनि आयोगले निर्वाचनमा भएको खर्च सार्वजनिक गर्न ढिलाइ गरेको हो।आयोगका आयुक्त सुधीरकुमार शाहले निर्वाचनका बेला भएको खर्चको […]

जब गुडिरहेको स्कोर्पियो गाडीमा निर्वस्त्र महिला भेटिइन्…

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on जब गुडिरहेको स्कोर्पियो गाडीमा निर्वस्त्र महिला भेटिइन्….

असार । एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका ती अभियुक्तहरुमा लहान नगरपालिका–७ बस्ने २४ वर्षीय अमित गुप्ता, सोही स्थान […]

भद्रपुर ७ खुल्ला दिशा मुक्त घोषणा

Published: in स्थानीय तह by . Leave a Comment on भद्रपुर ७ खुल्ला दिशा मुक्त घोषणा.

भद्रपुर । भद्रपुर नगरपालिकाको ७ नम्बर वडा खुला दिसामुक्त वडाका रूपमा घोषणा गरिएको छ । नगरको ५ औं खुला दिसामुक्त वडाका रूपमा घोषणा भएको हो । वडामा एक हजार ७ सय ३१ घरधुरी रहेका छन् । जस मध्ये यसैवर्ष ४ सय १६ घरधुरीमा चर्पी निर्माण सम्पन्न गरिएपछि जिल्ला सरसफई समन्वय समितिले खुला दिसामुक्त हुन स्वीकृति […]

जिल्ला युवा समिति झापाद्वारा उद्यमी प्रवद्र्धन तथा सम्मान

Published: in समाज by . Leave a Comment on जिल्ला युवा समिति झापाद्वारा उद्यमी प्रवद्र्धन तथा सम्मान.

बिर्तामोड । जिल्ला युवा समिति झापाले चारजना युवा उद्यमीलाई सम्मानसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । अर्जुनधाराका माछापालक किसान डम्बरलाल चौधरी, हल्दिबारीको प्रगति बोयर फर्मका सञ्चालक गणेश पराजुली, अर्जुनधाराका राजु ढुङ्गेल, दमकका कुखुरापालक खेम भण्डारीलाई नगद ५ हजार रुपैयाँसहित आज सम्मान गरेको हो । समितिले समूह बनाएर उद्यम गर्ने झापाका ५ वटा निर्वाचन क्षेत्रका एक […]

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा.

विराटनगर । मोरङलाई जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । योसँगै मोरङ जिल्ला पूर्ण खोप सुनिश्चित गर्ने ५५ औं जिल्ला बनेको छ । विराटनगरमा एक कार्यक्रमका बीच प्रमुख अतिथि समाजिक विकास मन्त्री जीवन घिमिरेले गमलाका रहेको फूलको विरुवामा पानी हाली जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए । जिल्लालाई जिल्ला पूर्ण खोप […]