जुम्ला । १५ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. केसीले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको भन्दै […]
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम पक्राउ परेका छन् । आफूमाथि लागेको भ्रष्टाचारको अभियोगको प्रतिवाद गर्न बेलायतबाट स्वदेश फर्कंदै गरेका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियमलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल एकाउन्टिबिलिटीका अधिकारीहरुले लाहोर विमानस्थलबाटै पक्राउ गरेका हुन् । उनीहरुलाई रावलपिण्डिस्थित अडियाला जेलमा पुर्याइएको छ । लाहोर विमानस्थलमा पक्राउ गरिएपछि उनीहरुलाई कारमा […]
काठमाडौं । आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै विगत ४५ दिनदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् । सरकारले दुईबुँदे सहमति गरेपछि गंगामायाले शुक्रबार अपराह्न अनशन तोडेकी हुन् । गत जेठ १५ गतेदेखि वीर अस्पतालको शय्यामा अनशनमा बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री […]
विश्वकप फुटबलअन्तर्गत शनिवार तेस्रो स्थानका लागि बेल्जियमविरुद्ध इंग्ल्याण्ड मैदानमा उत्रिँदैछ। समूह जीमा रहेका दुवै टोलीले समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिस्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो। त्यसैले समूह चरणमा इंग्ल्याण्ड समूह चरणको हारको बदला लिने दाउमा पनि रहनेछ। शनिवार हुने यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समय अनुसार […]
बझाङ । शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा बाउली खोलामा रहेको काठे पुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटिएको छ । सुर्मा गाँउपालिका –२, कि ८ वर्षीया रिनु बोहरा र १४ वर्षीया विमला बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधाबगर माविमा पढ्दे रिनु र विमला शुक्रबार विद्यालय छुट्टी भएर घर फर्कँदै […]
तेह्रथुम । तेह्रथुममा जिल्ला प्रशासन कार्यालयले दश वर्षे सशस्त्र युद्धको क्रममा विस्थापित भएका पीडितका परिवारलाई ५१ लाख रुपैयाँ राहत वितरण गरेको छ । बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २४ परिवारलाई ५१ लाख ५५ हजार ७ सय रुपैयाँ राहतस्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । जसमध्ये बेपत्ता पारिएका दुई जनालाई […]
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप जाडो महिनामा हुने भएको छ । फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतार विश्वकपको मिति नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म गर्ने घोषणा गरे । यो घोषणापछि विश्वकप इतिहासमै पहिलो पटक प्रतियोगिता जाडो महिनामा हुन लागेको हो । २१औं संस्करणसम्म आइपुग्दा सबै संस्करण जुन–जुलाईमा हुँदै आएका छन् । नोभेम्बर र […]
बालुबाडी । नेपालकै होचो भागमा रहेको कचनकवल गाउँपालिकामा पर्ने साविक बालुवाडी गाविस खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रत्येक घरधुरीको सुरक्षित शौचालयमा पहुँच पुगेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण अनुगमन गरेपश्चात् शुक्रबार बालुवाडीलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । १ हजार २ सय ७२ घरधुरी रहेको बालुवाडीमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार […]
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्रीओलीले “एउटा निहुँ झिकेर दुईजना साँसद ठिंङ उभिंदा संसदका सबै गतिविधी अवरुद्ध नहुने बताए । उनले भने “नेपालखी काँग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुई जना सांसद ठिङ उभिने । अनि […]
कमल । आर्थिक वर्ष २०७४÷ ०७५ सकिन केही दिनमात्र बाँकी रहँदा स्थानिय तहले विनियोजित गरेको रकम मध्ये कुनै गाउँपालिकाले शतप्रतिसत खर्च गरेका छन् भने कतिपय गाउँपालिकाको विनियोजित रकम खर्च गर्न सकेका छैनन् । यसरी सबै रकम खर्च हुनमा निर्वाचित जनप्रतिनिधीको सक्रियताका साथै भौगोलिक अवस्था रहेको छ । कतिपय गाउँपालिकाको भौगोलिक अवस्थाका कारणले पनि सबै रकम […]