रौतहट । रौतहटको मौलापुरमा शुक्रबार बिहान अज्ञात समुहले नक्कलीे बम राखेर स्थानियलाइ आतंकित गराएका छन्। पूर्वशहरी विकास मन्त्री तथा रौतहट क्षेत्र नं. ३ का संसद प्रभु साहले बिपन्न परिवारलाइ बितरण गर्न राखिएको ग्यास गोदाममा सो डेमो बम भेटिएको हो। उक्त नक्कली बम मौलापुर नगरपालिका ६ पथराबुधरामका हरीओमप्रसाद जयसवालको घरमा राखिएको थियो। बमले स्थानियबासी त्रसित भएपछि […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १८ पैसा र बिक्रिदर २९ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३० […]
काठमाडौं । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन […]
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा बिहिबार बेलुकी बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोदोम तामाङ, ६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भिम बहादुर तामाङ रहेका छन्। […]
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै काबराहीको सिफारिस र्गे भएको छ । प्रतिनिधिसभामा पेश गरिएको महालेखा परीक्षण विधेयकमा लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै कारबाहीको सिफारिस गर्न प्रस्ताव गरेको हो । जसअनुसार अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि व्यक्ति नै किटेर कारबाहीको लागि सिफारिस हुनेछ । सम्बन्धित कामको जिम्मेवारी तोकिएका पदाधिकारी वा व्यक्तिलाई […]
काठमाडौं । बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो […]
काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना क मगर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखेको छ । यस्तो भेइकल विशेष क्यामेरा जडित र चारै क्षेत्रको सडक अनि सवारी अवस्थाको रेकर्ड राख्न सक्ने विशेष किसिमको रहेको महाशाखाका प्रमुख वसन्त पन्तले बताए […]
काठमाडौं । बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १२५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४५० रुपैयाँ बनाएका हुन् । हरेक जिल्लामा कालोबजारी नियन्त्रण […]
जापानमा तीव्र रुप्मा घट्दै गएको जनसंख्या सरकारका लागि समस्या भएको छ। २००९ मा जापानको जनसंख्या १२ करोेड ८५ लाख थियो। यसमा गिरावट आएर हाल १२ करोड ७१ लाख भएको छ। २०१६ मा जापानमा करिब ९ लाख बच्चाको जन्म भएको थियो। तर मृत्यु पनि जन्मको तुलनामा तीन लाख बढी भएको छ। आगमी १० वर्षको अवधिमा जनसंख्या […]
काठमाडौं । मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन् । वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने, नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात ४४ मुलुकबाट नेपालले आयात मात्र […]