काठमाडौं । उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको छ । ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनःन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममा परेको हो । सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कुरा […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ११ स्थित बोहरे दोभानमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबारदेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आएपछि बिहीबार विहान पाँचखालस्थित झिगु खोला तर्ने क्रममा सोही नगरपालिका -१२ का ७५ वर्षीया डोरनाथ कुँवरलाई बगाएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज खड्काका अनुसार विहान […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको दोश्रो नगर सभामा आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम समितिका संयोजक तथा नगर उपप्रमुख कमला खतिवडाले नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास नीति, खानेपानी तथा सरसफाई , विपद् व्यवस्थापन तथा राहत सम्बन्धि नीति, विद्युत तथा वैकल्पिक उर्जा सम्बन्धि नीति, सामाजिक विकास नीति, स्वास्थ्य […]
दक्षिण कोरिया । स्कूटर दुर्घटनामा परेर दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । मोरङ जिल्ला सुनवर्शी नगरपालिका अमरदह निवासी २५ वर्षीय सन्तोष बिष्टको स्कूटर दूर्घटनामा परेर निधन भएको हो । छन्जु सीमा कोरियन समय अनुसार बुधबार बेलुका ७ बजेर ३० मिनेट जाँदा काम सकेर घर फर्कने क्रममा पछाडिबाट आएको कारले स्कुटरमा ठक्कर दिदा दुर्घटना […]
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले स्वीजरल्यान्डको बैंकमा लगेर राखिएको नेपाली पैसाबारे छानबिन गर्नुपर्ने बताएका छन् । सन् २००८ देखि २०१७ को बीचमा स्वीस बैंकमा ३३ अर्ब रुपैयाँ जम्मा भएको भन्दै त्यसको छानबिन गर्न उनले माग गरे । ‘पहिले हामी सानोमा सुन्थ्यौं, नेपालका राजारानीले नेपालको सबै सम्पत्ति स्विजरल्यान्डको बैंकमा लगेर राखेका छन्, त्यो […]
सुरुङ्गा । कनकार्इ नगरपालिका १ मा सञ्चालित शिव निर्माण सेवाको अलकत्रा उद्योगमा गरिएको तालाबन्दी युवा संघ झापाले आज खोलिदिएको छ । गुणस्तरहीन निर्माण सामग्री उत्पादन गरेको प्रमाणसहित युवा संघले असार २२ गते उद्योगमा तालाबन्दी गरेको थियो । झापाका विभिन्न सडक निर्माणमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गाुण्स्तरहीन भएका कारण सडक उक्किन थालेपछि युवा सघले उद्योगमा तालाबन्दी […]
काठमाडौं । फूटबलको ज्वरो संसारभरिका प्रशंसकलाई चर्को गरी आएको छ । यो खेलका लागि प्रशंसकको पागलपन विश्वकपका बेलामा झनै चर्किन्छ । अनि प्रशंसकहरू आफ्ना प्रिय खेलाडीप्रति श्रद्धा देखाउनका लागि नयाँ नयाँ तरिका खोजिरहेका हुन्छन् । साइबेरियाका एक हजामले यस्ता प्रशंसकका लागि राम्रो योजना ल्याएका छन् । उनले मानिसको कपाल काट्दा शिरमा विभिन्न आकृति बनाइदिन्छन् । […]
नयाँदिल्ली । एक नेपाली युवाले भारतको राजधानी नयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानवअधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् । कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ । मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो । दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान […]
दमक । झापाको कन्काई नगरपालिका ५ तुलसीबारीको एक परिवारले आफ्नै बुहारीलाई छोरीको रूपमा विवाह गरी अन्माएका छन् । स्थानीय पौडेल परिवारले ६ वर्ष अघि विवाह गरेर घरमा भित्र्याएकी बुहारीलाई छोरीका रूपमा बुधबार दोस्रो विवाह गरिदिएका हुन् । स्थानीय धनपति पौडेल र टिकामाया पौडेलले आफ्ना छोरा स्व. प्रकाश पौडेलसँग पहिलो विवाह गरेर ल्याएकी बुहारी झापाको साविक […]
पाँचथर । वरिष्ठ पत्रकार तारानाथ दाहाल स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा पुरस्कार २०७५ बाट सम्मानीत भएका छन् । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले चार वर्ष अगाडिदेखि गर्दै आएको यो पुरस्कार यस वर्ष दाहाललाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति पाँचथरका सभापति विष्णुप्रसाद सापकोटा विमलले सम्मान पत्र, नगद र दोसल्ला ओडाएर दाहाललाई सम्मान गरेका थिए […]