Sajhamanch Archive

बालिका हत्या गरेको अभियोगमा सौतेनी आमा पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बालिका हत्या गरेको अभियोगमा सौतेनी आमा पक्राउ.

सुनसरी । बालिकाको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१ माझी टोल बस्ने १७ वर्षीया उमा माझी लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सौतेती छोरी ६ वर्षिया छोरी अपेक्षा लिम्बुको हत्या गरेको अभियोग लागेको छ । असार १ गते बालिका खाना खाई सुतेकोमा असार २ गते कोठामा बेहोश अवस्थामा फेला परेकी थिइन् । उपचारको लागि धरान […]

एकता विस्तारको बाटो खुल्यो, नेकपाको नियमावली पारित

Published: in राजनीति by . Leave a Comment on एकता विस्तारको बाटो खुल्यो, नेकपाको नियमावली पारित.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले पार्टीको नियमावलीलाई पारित गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टी एकतापछि अन्तरिम विधानबमोजिम बनेको नियमावली पारित गरेको हो । बैठकले पार्टीको अभिन्न अंगको रुपमा रहेको नियामावलीलाई अनुमोदन गरेर प्रकासन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नियमावलीलाई अन्तिम रुप दिन पार्टीको […]

तमोर करिडोर निर्माणसँगै बदलियो स्थानीयको दैनिकी

Published: (Updated: ) in समाज by . Leave a Comment on तमोर करिडोर निर्माणसँगै बदलियो स्थानीयको दैनिकी.

पाँचथर । तमोर करिडोरको सडक निर्माण भएसँगै पाँचथरको दक्षिणी भेगका स्थानीयको जीवनशैली परिवर्तन भएको छ । विशेष गरी पाँचथरको कुम्मायक र तुम्वेबा गाउँपालिकाका स्थानीयको दैनिकी बदलिएको हो । तमोर करिडोरको निर्माणपछि छोटो दुरीमा पाँचथर धरानसँग जोडिँदा उक्त क्षेत्रका स्थानीय हर्षित छन् । स्थानीयले उत्पादन गरेका फलफूल, सागसब्जी तथा नगदेवाली धरानका बजारसम्म पुग्न थालेका छन् । […]

“जीवनयात्रा” लोकार्पणसँगै परिचर्चा

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on “जीवनयात्रा” लोकार्पणसँगै परिचर्चा.

काठमाडौं । लेखन, पत्रकारिता र सरकारी सेवामा लामो समयदेखि सक्रिय तथा भूगर्भविद अरूणकुमार सुवेदीको आत्मकथा “जीवनयात्रा” सार्वजनिक गरिएको छ । भू–गर्भ शास्त्रका प्राध्यापक तारानिधि रेग्मी, लेखक अरुणकुमार सुवेदी, सम्पादक टङ्क पन्त, पत्रकारद्वय गुणराज लुइँटेल र तीर्थ कोइराला तथा पूर्वान्चल विश्वविद्यालयका पूर्व उपकुलपति जगतबहादुर क्षेत्रीले सो पुस्तकको संयुक्त रूपमा लोकार्पण गरिदिएका हुन् । किताबमा उठान गरिएको […]

बाढी पैरोबाट एक हप्तामा ५० को मृत्यु, ९ अझै बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बाढी पैरोबाट एक हप्तामा ५० को मृत्यु, ९ अझै बेपत्ता.

काठमाडौं । वर्षाले पछिल्लो एक हप्तामा देशभर ५० जनाको मृत्यु भएको छ । वर्षापछि तराईमा आएको बाढी र पहाडमा खसेको पहिरोले उनीहरुको मृत्यु भएको हो । गृह मन्त्रालयका अनुसार असार १८ देखि देशका विभिन्न स्थानहरुमा परेको अविरल वर्षाका कारण ५० जनाको मृत्यु भएको छ । मन्त्रालयले कुन जिल्लामा कतिको ज्यान गयो भन्ने खुलाएको छैन । […]

फ्रान्स १२ वर्षपछि फाइनलमा, उम्टीटीको गोलले स्तब्ध बन्यो बेल्जियम

Published: in खेलकुद by . Leave a Comment on फ्रान्स १२ वर्षपछि फाइनलमा, उम्टीटीको गोलले स्तब्ध बन्यो बेल्जियम.

फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ। फ्रान्स सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। फ्रान्सलाई जीत दिलाउने स्यामुअल उम्टीटीले खेलको ५१औँ मिनेटमा गरेको हेड गोल नै पर्याप्त बन्यो। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। त्यसपछि फ्रान्सले दोस्रो हाफको सुरुवातमा नै अग्रता लिएको थियो। उम्टीटीको उक्त एकमात्र गोल खेलको […]

जिल्ला समन्वय समिति झापाको बोलपत्र आव्हान सम्बन्धी सूचना

Published: in मुख्य समाचार, विज्ञापन by . Leave a Comment on जिल्ला समन्वय समिति झापाको बोलपत्र आव्हान सम्बन्धी सूचना.

प्रथम पटक प्रकाशित मिति : २०७५/३/२३ प्रदेश नं. १ को प्रदेश सरकारको अर्थसम्बन्धी विधेयकको अनुसूची–५ को (दफा ७ संग सम्बन्धित) जिल्ला निकासी शुल्क यस जिल्ला समन्वय समिति झापाले उठाउन पाउने कर, दस्तुर, सेवा शुल्क र बिक्री मूल्य आ.व. २०७५/७६ वर्ष १ (एक) का लागि देहायका ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक स्वदेशी तथा विदेशी व्यक्ति, फर्म […]

यी हुन् ब्रह्माण्ड ध्वस्त हुँदै छ भनेर हल्ला फैलाउने व्यक्ति, पाए मृत्युदण्ड

Published: in विविधा by . Leave a Comment on यी हुन् ब्रह्माण्ड ध्वस्त हुँदै छ भनेर हल्ला फैलाउने व्यक्ति, पाए मृत्युदण्ड.

टोकियो । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने आसहारा नाम गरेका व्यक्तिलाई मृत्यु दण्डको सजाय दिइएको छ । उनै व्यक्तिले २३ वर्षअघि टोकियोको एक सबवेमा गरिएको रसायनिक ग्यास आक्रमणको योजना बनाएका थिए । आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका […]

गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउ.

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउ परेका छन् । नगरपालिकाको विभिन्न योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विकसहित ५ जना छन् । उनीहरुलाई चन्द्रनिगाहपुरको हिमालयन होटलबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय, रौतहटमा […]

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी.

नुवाकोट। त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा मंगलबार आगलागी भएको छ। जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पुर्‍याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो। आगलागीबाट बसबार पूर्णरूपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ। क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए। उनका […]