भद्रपुर । ओम साई अटो पार्टसले भद्रपुर १० चन्द्रगढीमा यमाहा कम्पनीका विभिन्न क्षमताका मोटर साइकलको बिक्री सुरु गरेको छ । व्यवसायी गोपालबहादुर थापा तथा अर्जुन थापाले सञ्चालन गरेको सो पार्टसले भद्रपुर नगरमा पहिलो यमाहा कम्पनीको मोटरसाइकल सोरुमको सेवा सुरु गरेको हो । समाज सेवी ९८ वर्षीय खड्गप्रसाद तिम्सिनाले रिवन काटेर उद्घाटन गरेको सो कार्यक्रममा भद्रपुर […]
सुरुङ्गा । कनकाई नगरपालिकाले तेस्रो नगरसभावाट स्वीकृत आर्थिक वर्ष २०७५ । ७६ को नीति, योजना तथा बजेट सार्वजनिक गरेको छ । कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले आर्थिक विकास, सामाजिक एवम् पूर्वाधार साथै वातावरण तथा पर्यटन विकास, विपत व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह लगायतका क्षेत्रमा विनियोजन भएको कुल ४९करोड ७९ लाख २ हजार रुपैंयाँ वरावरको […]
काठमाडौं । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका निर्णय बदर हुने भएपछि सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले संयुक्त राजीनामा दिएका छन्। निर्णय खारेज हुने सम्भावना बढेपछि बिहीबार सशस्त्रका फाजिल एआइजीहरू क्रमशस् जानकीराम भट्टराई, निराक्रमबिक्रम शाह, सुबोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले संयुक्त राजीनामा दिएका हुन्। उनीहरूले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसमक्ष राजीनामा पत्र बुझाएका […]
कैलाली । लम्किचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । बुधबार राति ९ बजे स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको जानकारी दिएका थिए । […]
विराटनगर । पूर्वी पहाडी जिल्लामा भएको वर्षासँगै सप्तकोशीको सहायक नदीहरुमा आएको बाढीका कारण सप्तकोसी नदीको जलस्तर बढेको छ । यो सिजनको सबैभन्दा बढी एक लाख ५४ हजार ३ सय ९३ क्यूसेक पुगेको छ। ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन्। दुई बजे पानीको सतह एक लाख ५० हजार पाँच सय क्यूसेक थियो। बिहीबार बिहानबाट कोशीको जलस्तर लगातार […]
बिर्तामोड । आर्थिक वर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै बिर्तामोड नगरपालिकाको नगरपरिषद बहिष्कार गरेका सदस्यहरुले बजेट कार्यान्वयन गर्न नदिने चेतावनी दिएका छन् । बजेट, नीति तथा कार्यक्रम अपारदर्शी, असन्तुलित, अवैज्ञानिक र समानुपातिक नभएको भन्दै डेढ दर्जन बढी परिषद सदस्यहरुले दोस्रो नगरपरिषद बहिष्कार गरेका थिए । तिनै परिषद सदस्यहरुले आज बिर्तामोडमा पत्रकार सम्मेलन […]
मलेसियामा २६ वर्षीय युवकलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री डा. महाथिर मोहम्मदले सैयद साद्दिक अब्दुल रहमानलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्। रहमानको जन्म १९९२ डिसेम्बर ६ मा भएको हो। उनी मलेसियन युनाइटेड इन्डिजिनियस पार्टीका युवा प्रमुख पनि हुन्। मलेसियाको स्वतन्त्रतापछि सबैभन्दा कान्छो संघीय मन्त्रीको रूपमा उनले रेकर्ड बनाएका छन्। कानुनमा स्नातकोत्तर गरेका रहमान विद्यार्थीकालमा एसियन […]
कमल । कमल गाउँपालिकाको आर्थिक सहयोगमा उद्यमशिल महिला जागरण केन्द्रले आज सामुहिक रुपमा धान रोपाइँ गरेको छ । चक्ला बन्दी भन्दा सामुहिक खेती प्रणालीलाई प्रोत्साहान गर्ने उद्देश्यले सामुहिक रुपमा धान खेती गरिएकोे उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शाान्ता दाहालले बताइन । केन्द्रमा आवद्ध महिलाले सामुहिक रुपमा दश कट्ठा खेतमा धान रोपाइँ गरिएको कारितास नेपालका कृषि […]
बेलबारी । पूर्वपश्चिम राजमार्गको बेलबारी खण्डमा आज बिहान बस र मोटरपाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । पूर्वतर्फ आउँदै गरेको को १ ख ६४३५ नम्बरको बसले पश्चिम जाँदै गरेको को २७ प ४१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सुनसरी जिल्ला इटहरी नगरपालिका […]
पर्वत। तीन महिनाको अन्तरालमा ९ जना एचआईभी संक्रमितको ज्यान गएको छ । भर्खरै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार पर्वतमा रहेका एचआईभी संक्रमित एक सय आठ जना मध्ये ९ जना संक्रमितको ज्यान गएको हो । एचआईभी संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट गु्रुप नेपाल पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अंग्रेजी महिनाको मार्चदेखि मेसम्म ९ जना एजआईभी […]