Sajhamanch Archive

मानसरोबर गएका ८ जनाको मृत्यु , अलपत्र तीर्थयात्रीको उद्धार जारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मानसरोबर गएका ८ जनाको मृत्यु , अलपत्र तीर्थयात्रीको उद्धार जारी.

काठमाडौं । कैलाश मानसरोबर यात्रामा गएर अलपत्र परेका केही भारतीय तीर्थयात्रीहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मौसमका कारण ३ दिनदेखि हवाई उडान प्रभावित भएपछि उनीहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । १६० जनालाई उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ भने २५० तीर्थयात्रीलाई हिल्साबाट सिमकोट ल्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार ट्वीट […]

सुनसरीले पायो खुल्ला दिसामुक्त जिल्लाको प्रमाणपत्र

Published: in समाज by . Leave a Comment on सुनसरीले पायो खुल्ला दिसामुक्त जिल्लाको प्रमाणपत्र.

सुनसरी । सुनसरी जिल्लालाई मंगलबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । यो नेपालको ५६औं खुल्ला दिसामुक्त जिल्ला हो । एक लाख ४४ हजार ३४७ घरधुरी रहेको सुनसरीमा वि.सं. २०५९ देखि नै खुल्ला दिसामुक्त अभियानको थालनी गरिएको थियो । संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्दै […]

मेचीनगर होटल ब्यवसायमा सफल बन्दै, स्टार होटल नै ४ वटा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on मेचीनगर होटल ब्यवसायमा सफल बन्दै, स्टार होटल नै ४ वटा.

मेचीनगर । नेपालको पूर्वी अन्तर्राष्ट्रिय सीमानाकाबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकलाई लक्षित गरेर मेचीनगरमा स्तरीय होटल थपिँदै गएका छन् । मेचीनगरका काँकरभिट्टा, ईंटाभट्टा, धुलाबारी, चारआली, बाहुनडाँगी लगायतका ठाउँमा सुविधा सम्पन्न होटलहरु खुल्नेक्रम बढिरहेको छ भने सञ्चालनमा रहेका होटलको कारोबार बढ्न थालेको पाइएको हो । काँकरभिट्टा नाकाबाट ४७ देशका पर्यटकहरु नेपाल भित्रिने गरेको अध्यागमन कार्यालयको तथ्याङ्क […]

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने.

काठमाडौं । सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए । उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने जानकारी दिएका छन् । १२ सय मेगावाट क्षमताको यो आयोजना विगतमा […]

मालपोत अधिकृतसहित १० जनालाई जेल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मालपोत अधिकृतसहित १० जनालाई जेल.

काठमाडौं । विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको हो । विशेषका न्यायाधीशहरु द्धारिकामान जोशी, रत्नबहादुर […]

नेपाल-भारत जलमार्ग सम्झौता कार्यान्वयन हुँदै

Published: in समाज by . Leave a Comment on नेपाल-भारत जलमार्ग सम्झौता कार्यान्वयन हुँदै.

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाललाई जलमार्गबाट जोड्ने सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न दुवै देशका अधिकारीहरूबीच छलफल हुने भएको छ। आगामी असार ३१ र ३२ काठमाडौंमा दुवै देशका छुट्टाछुट्टै संयन्त्रको संयुक्त बैठक बसी जलमार्गका सम्भावना, प्राविधिक तथा आर्थिक पक्ष र कुन नदीमा कस्तो खालको पानीजहाज चलाउन सकिन्छ भन्नेबारेमा विस्तृत छलफल हुने भएको हो। बैठकमा […]

प्रदेश २ सरकारसँग नेपाल प्रहरी सशंकित

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश २ सरकारसँग नेपाल प्रहरी सशंकित.

काठमाडौं । प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ। नेपाल प्रहरीको संरचना मुलुकको संघीय संरचनाअनुसार बनिरहेको र संघीय प्रहरी ऐनसमेत तयार हुँदै गरेको अवस्थामा प्रदेश २ ले हतारमा संविधानसँग बाझिने गरी प्रहरी ऐन ल्याउन लागेको भन्दै नेपाल प्रहरीले आपत्ति जनाएको हो। प्रहरी […]

संसदले दाताको सहयोग नलिने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on संसदले दाताको सहयोग नलिने.

काठमाडौं । संसद सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक लेनदेन नगर्ने भएको छ । सांसदलाई तालिम दिन संयुक्त विकास कार्यक्रम (यूएनडीपी) को सहयोग लिएकोमा विरोध भए पछि संसद सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको हो । सभामुख कृष्णबहादुर महराले संसदलाई आवश्यक बजेट व्यवस्था गर्नुपर्ने सरकारको दायित्व भएको बताए ।आजको कान्तिपुरमा समाचार छ ।  

ट्राइब्रेकरमा कोलम्बिया पराजित, इंग्ल्याण्ड क्वार्टरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on ट्राइब्रेकरमा कोलम्बिया पराजित, इंग्ल्याण्ड क्वार्टरफाइनलमा.

काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । खेलमा इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको प्रहार बचाएका थिए भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो । इ‌ंग्ल्याण्डका जोर्डन हेण्डरसनको प्रहार भने कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले बचाएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको […]

स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन क्वार्टरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन क्वार्टरफाइनलमा.

काठमाडौं । स्वीडेन २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । मंगलबार भएको खेलमा स्वीडेनले स्वीट्जरल्यान्डलाई १–० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । योसँगै स्वीडेन २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । सन् १९९४ […]