कालिकोट । आइतबारदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गतको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध राजमार्ग खुलाउन पहिरो गएको ठाउँमा डोजर पुगे पनि वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रमुख नन्दराम जैशीले बताए। ‘पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको छ,’ उनले भने, ‘वर्षाका […]
ओखलढुंगा । ओखलढुंगा लिखु गाउँपलिका १ को च्युरीडाँडा माविमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। शिक्षकहरु समयमा विद्यालय आउनुपर्ने , नियमित पठनपाठन हुनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्ने र विद्यालय समयमा फेसबुक चलाउन बन्द गर्नु पर्ने लगायत माग राखी विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्। विद्यालयमा जनशक्ति कम भएपछि तल्लो तहका शिक्षकहरूले माथिल्लो तहमा पढाउनुपर्ने पारिश्रमिक थप गर्नुपर्ने माग राख्दै कक्षामा जान […]
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल हुने भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति हुन नसकेपछि प्रतिनिधिसभामा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल गर्न लागिएको हो । बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २२ औं संशोधन विधेयकमाथि छलफल सुरु हुनेछ । गत शुक्रबारको बैठकमा अर्थमन्त्री […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १३ पैसा र बिक्रिदर २९ रुपैयाँ २९ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ […]
Jhapa: In a public hearing program organized by National Tea and Coffee Board, regional office, District coordination Jhapa has been given the role of coordination. In the program organized on Sunday, the chief guest and president of Jhapa coordinating committee Somnath Portel, informed that there have been lots of complaints and dissatisfactions among the farmers […]
स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र लागो आसपासको प्रहार रसियाली गोलकिपरले बचाएका थिए । रुस र स्पेनबीचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा रुसले स्पेनलाई स्तब्ध पारेको छ। रुसका किपरले स्पेनका दुई पेनाल्टी रोकेका थिए। खेल अतिरिक्त समयमा पनि गोल […]
झापा । वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरुको सक्रियतामा आगामी असार २७ गते प्रवासबाट फर्केका व्याक्तिहरुको अधिराज्यव्यापी भेला हुने भएको छ । राष्ट्रिय युवा परिषदको आयोजनामा काठमाडौंको राष्ट्रिय सभा गृहमा भेला हुने भएको हो । भेलाको जानकारी विषयमा जिल्लामा रहेका राष्ट्रिय युवा परिषदका शाखा कार्यालयहरुले सुचना प्रकाशित गरिसेका छन् । वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो […]
भद्रपुर । अव्यवस्थित पार्किङका कारण झापाका सरकारी कार्यालयमा पुग्ने सेवाग्राही ठगिनेक्रम बढेको छ । जिल्लाको सदरमुकाम समेत रहेको भद्रपुरमा सवारी साधन पार्किङ्को उचित व्यवस्थापन नहुँदा आवतजावतमा समस्या खेप्नु पर्ने सेवाग्राही दलालबाट ठगिने क्रम पनि बढेको हो । सो क्षेत्रमा भद्रपुर नगरपालिकाले पार्किङ् स्थलको व्यवस्थापन नै नगरी वार्षिक ठेक्का लगाएर राजस्व मात्र उठाउने गरेकोले सदरमुकाममा सवारी […]
काठमाडौं । प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतिर आएको एउटा कारमा हतियार ल्याउँदैछ भन्ने सूचनाको आधारमा नागढुंगा चेकपोस्टमा चेकजाँच गर्यो । तर, प्रहरीले कार काठमाडौं प्रवेश गर्दा केही हात पारेको थिएन । तर, त्यही कार काठमाडौंबाट फर्किँदा भने ३ किलो सुन भेटियो । महेन्द्रनगरतिरबाटै आएको त्यस सूचनालाई प्रहरीले गम्भीरताका साथ लिएको थियो । सोही सूचनालाई पछ्याउँदै प्रहरी यूके ०२४६८४ […]
जलेश्वर। महोत्तरीको जलेश्वर नगरपालिकामा ५ जना वडाध्यक्षले रिले अनसन सुरु गरेका छन् । नगरपालिकाका मेयरले अनियमित काम गरिरहेको र त्यसको छानबिन हुनुपर्ने माग सुनुवाई नभएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् । मेयर रामशंकर मिश्र तथा इन्जिनियर माधवेन्द्र चौधरीको मिलेमतोमा विभिन्न अनियमित काम भइरहेको उनीहरुको दाबी छ । जलेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष […]