इनरुवा । सप्तकोसी नदिको नहरमा डुवेर एक जनाको मृत्यु भएको छ । कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको प्रहरी कार्यालयले जनाएको छ। शाह दिसा गर्न जाने क्रममा सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर मंगलबार उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए।
काठमाडौं । विश्वकप फुटबल २०१८ को समूह डी बाट अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन्। अर्जेन्टिना २-१ ले नाइजेरियासँग विजयी बनेको हो। जसका लागि कप्तान लियोनल मेसीले खेलको १४ औँ मिनेटमा गोल गरेका थिए भने प्रतिस्पर्धी नाइजेरियाका भिक्टर मोसेसले बराबरी गोल गरेका थिए। नाइजेरियाले ५१ औँ मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई मोसेसले गोलमा […]
शिवसताक्षी । स्कुल वन हरियाली विकास कार्याक्रम अन्तर्गत जिल्ला वन कार्यालय झापाले यहाँको एक सामुदायिक विद्यालयलाई विभिन्न प्रजातिका विरुवासहित शैक्षिक सामाग्री तथा फोहोर हाल्ने डस्विन वितरण गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को भानु माध्यमिक विद्यालयमा मंगलवार जिल्ला वन कार्यालय झापाले एक कार्यक्रमको आयोजना गरि ईको वाल क्लव गठन गरेर सामाग्री हस्तान्तरण गरेको […]
काठमाडौं । नेपाली फिल्ममा अहिले अधिक मात्रामा विकिनी प्रस्तुती दिन थालिएको छ । फिल्मलाई ग्ल्यामर देखाउनका लागि अभिनेत्रीहरूले यसलाई सहज मान्न थालेका छन् । कतिपयले त विकिनीकै लागि ‘विकिनी वडी’का नाममा जिम हल पनि धाउन थालेका छन् । अभिनेत्री वर्षा सिवाकोटी, केकी अधिकारी, सृष्टि श्रेष्ठलगायतले आफ्नो शरीरलाई विकिनी मैत्री बनाएको भनेका पनि छन् । अहिले […]
तनहुँ । तनहुँमा तीन सवारी एकआपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी १ बरादीमा आज एकैसाथ तीन सवार ठोक्किएका हुन । दुर्घटनामा तनहुँ आबुखैरेनी गाउँपालिका ४ का २६ बर्षीय दिलबहादुर थापा, पर्वत कुश्मा गाउँपालीका ९ की ३ बर्षीया बालिका ममता लामिछाने, ३५ बर्षीय कमल लामिछाने, र तनहुँ आबुखैरेनी गाउँपालिकाका ३५ […]
काठमाडौँ । एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एवं सौन्दर्य प्रतिष्पर्धा ‘मिस नेपाल आईडल २०१८’ उपाधी धरानकी मेरिना लिम्बुले जितेकी छन् । प्रतिष्पर्धामा सहभागी अन्य १८ जनालाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन । उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक च्वईसको टाईटल […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल र मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका […]
संखुवासभा । संखुवासभा सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले सार्वजनिक स्थानमा क्यारेम र लुँडो खेल्न प्रतिबन्ध लगाएका छन्। खाँदबारी नगरपालिकाको एक कार्यक्रमका बोल्दै उनले यस्तो कदम चाल्ने बताएका हुन्। जिल्लाका विगत लामो समयदेखि सार्वजनिक स्थानका चोक–चोकमा लुँडो तथा क्यारेम खेलमा प्रहरी प्रशासनकै अगाडि ५०० देखि १० हजार रुपैयाँसम्म बाजी खेल्लासमेत सरोकारवाला मौन रहँदै […]
भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर ९ ले आफ्नो हाताभित्र पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सो पुस्तकालयको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु शिवाकोटी र नवराज घिमिरेलाई सम्मान समेत गरिएको थियो । समारोहकै बीच साहित्य साधक […]
केरखा । ट्राफिक नियमसमेतको उल्लंघन गरी सवारी चलाउने एकजना युवकको आज बिहान सडक दूर्घटनामा परेर मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गएको ना ४ ख ७५०९ नम्बरको बसले को ९ प ८१५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दूर्घटनामा २१ वर्षीय सुमन सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान पौने ८ बजे कमल गाउँपालिका […]