Sajhamanch Archive

कमल गाउँपालिकाको बजेट ५६ करोड ७६ लाख

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको बजेट ५६ करोड ७६ लाख.

कमल । झापाको कमल गाउँपालिकले निति , कार्यक्रम तथा बजेट सभामा पेश गरेको छ । समृद्ध कमल हाम्रो सरोकार भन्ने सोचका साथ गाउँपालिकाले पेश गरेको निति, कार्यक्रम तथा बजेटमा कृषि तथा पशुपालनलाई जोड दिएको छ भने विकास निर्माणका साथै पर्यटन, शिक्षा, स्वास्थ्य, विद्युत लगायतका विषयलाई प्राथमिकता दिएको छ । प्रस्तुत गरिएको निति तथा कार्यक्रममा आगमी […]

नेपाली अभिनेत्रीः किन हराउँछन् विदेशमा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नेपाली अभिनेत्रीः किन हराउँछन् विदेशमा.

काठमाडौं । अभिनेत्री केकी अधिकारी कोहलपुर एक्सप्रेस बोकेर अस्ट्रेलिया पुगेकी छन् । अभिनयका बर्षहरू पार गरेपछि उनी निर्मात्रीका रूपमा उक्त फिल्मबाट उदाइन् । नेपाली फिल्म समिक्षकले उनको फिल्म औसत रहेको र कतिपय कथा नै हुबहु भएको लेखेका थिए । यद्यपि, उनको फिल्मको माग अस्ट्रेलियामा त्यसअघि नै भएको थियो । नेपालमा आफु अनुकुलताको प्रशंशा नभए पनि […]

शिवसताक्षीमा ७९ करोडको बजेट

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा ७९ करोडको बजेट.

दूधे । झापाको शिबसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ का लागि नगरसभामा ७९ करोड बजेट पेश गरेको छ । नगरले दोस्रो नगरसभाको उद्घाटन गर्दै नीति, कार्यक्रम र बजेट पेश गरेको हो । झापा, क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी सावा लिम्बुले शिबसताक्षी नगरपालिकाको दोस्रो नगरसभालाई उद्घाटन गरेका थिए । सभाको उद्घाटन पश्चान बोल्दै सांसद […]

रसियन कम्पनीले माफी माग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on रसियन कम्पनीले माफी माग्यो.

रसियाको चर्चित बर्गर किंग कम्पनीले वश्वकप सुरु हुनु अगाडि खेलाडीबाट गर्भवती हुने महिलालाई जीवन भरी नै फ्री मा वर्गर दिने घोषणा गर्‍यो । उसको उक्त घोषणाले धेरैलाई आश्चर्यमा पारेको थियो। कम्पनीले अनलाइनम विज्ञापन गरी त्यस्ता महिला आवश्यकता भएको समेत बतायो। विज्ञापनमा खेलाडीद्वारा गर्भवती बनाएका महिलालाई ४५ हजार डलरसमेत दिने उल्लेख गरियो। बर्गर कम्पनीको उक्त विज्ञापनको […]

असार मसान्तसम्ममा १० हजार कर्मचारी स्थानीय तहमा पठाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on असार मसान्तसम्ममा १० हजार कर्मचारी स्थानीय तहमा पठाइने.

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आसार मसान्तसम्ममा सबै स्थानीय तहमा कर्मचारी पुग्ने बताएका छन्। देश संघीयतामा गइसकेपछि स्थानीय तहमा कर्मचारी पुग्न नसकेको विषय लामो समयदेखि उठ्दै आएको छ। असार मसान्तसम्ममा १० हजार कर्मचारी स्थानीय तहमा पठाउने पण्डितले बताए। विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पण्डितले अब स्थानीय तहले कर्मचारी अभावको समस्या खेप्नु नपर्ने […]

भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्बको लगानी भित्र्याउँदै, प्रधानमन्त्रीको उपस्थितिमा गरिन् सम्झौता

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्बको लगानी भित्र्याउँदै, प्रधानमन्त्रीको उपस्थितिमा गरिन् सम्झौता.

काठमाडौं । नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्राली र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच एक लगानी समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा लगानी भित्र्याउन चीनको बेइजिङस्थित नेपाली दूताबासमा उक्त समझदारी गरेकी हुन् । समझदारीअनुसार राणाको कम्पनी फर्चुनाले चीनको […]

फराकिलो जीतसँगै इंग्ल्यान्ड नकआउट चरणमा

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on फराकिलो जीतसँगै इंग्ल्यान्ड नकआउट चरणमा.

  काठमाडौं । कप्तान हेरी केनको ह्याट्रिक मद्दतमा इंग्ल्यान्ड पनामाविरुद्ध फराकिलो जीतसँगै विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ। इंगल्या्न्डले समूह जीको दोस्रो खेलमा पनामालाई ६-१ ले पराजित गरेको हो। इंग्ल्यान्डका लागि ह्याट्रिक गर्ने क्रममा कप्तान केनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए। केनले २२औँ, ४५औँ र ६२औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन्। […]

भद्रपुरको बजेट ७२ करोड ३८ लाख – चालु ६३.५५ः३६.४५ विकास

Published: in स्थानीय तह by . Leave a Comment on भद्रपुरको बजेट ७२ करोड ३८ लाख – चालु ६३.५५ः३६.४५ विकास.

भद्रपुर । झापाको सबैभन्दा जेठो नगरपालिका भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ७२ करोड ३८ लाख १७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आइतबार सुरु दोस्रो नगरसभामा उपप्रमुख चन्द्रमाया श्रेष्ठले बजेट प्रस्तुत गर्दै चालुतर्फ ६३ दशमलव ५५ प्रतिशत र पूँजीगत खर्चतर्फ ३६ दशमलव ४५ प्रतिशत विनियोजन गरिएको जानकारी दिइन् । चालु खर्चमा नेपाल […]

सुन तस्करीका अभियुक्त पोद्दार र पूर्वएआइजी शर्माबीच व्यापारिक साझेदारी, राजेन्द्रसिंह भण्डारी साथी !

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सुन तस्करीका अभियुक्त पोद्दार र पूर्वएआइजी शर्माबीच व्यापारिक साझेदारी, राजेन्द्रसिंह भण्डारी साथी !.

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको गहन छानबिन जारी राखेको गृहमन्त्रालयको विशेष टोलीले सरप्राइज दिनेगरी अनुसन्धान सफल हुने दाबी गरेको छ । टोली संयोजक सहसचिव इश्वरराज पौडेलले यस प्रकरणमा जोडिएका घटना र अभियुक्तलाई एक–एक गरी छुट्याउने काम भइरहेको बताए । उनले मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती गोरेलाई सार्वजनिक गर्ने […]

‘चीनसँगको राजनीतिक सम्बन्ध थप सुदृढ बनाएँ’ : प्रधानमन्त्री ओली

Published: in राजनीति by . Leave a Comment on ‘चीनसँगको राजनीतिक सम्बन्ध थप सुदृढ बनाएँ’ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी राष्ट्र चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी आज स्वेदश फर्केका छन् । आज स्वेदश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता र आपसी विश्वासमा बृद्धि भई राजनीतिक सम्बन्ध थप सुदृढ भएको विश्वास व्यक्त गरेका छन् । रेलमार्ग, […]