Sajhamanch Archive

सडक स्तरोन्नतीको काम गुणस्तरहीन भएको स्थानीयको आरोप

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सडक स्तरोन्नतीको काम गुणस्तरहीन भएको स्थानीयको आरोप.

भद्रपुर । भद्रपुर नगरलाई आधुनिक शहरका रूपमा विकास गर्ने लक्ष्य लिएर सुरु भएको सडक स्तरोन्नतीको काम गुणस्तर विवादमा परेको छ । सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा भइरहेका काम मध्ये पहिलोचरण र दोस्रो चरणका चालु योजनाका अधिकांश सडक विस्तारका काम गुणस्तरहीन पाइएपछि गुणस्तर विवाद बढेको हो । आर्थिक वर्ष २०७३÷०७४ बाट काम सुरु […]

मेचीको पूल तर्ने सपनामा काँडेतारको बार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेचीको पूल तर्ने सपनामा काँडेतारको बार.

भद्रपुर । भद्रपुरबासीको ६६ वर्षदेखिको मेची पूल तर्ने सपना माथि बार लागको छ । नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने मेची नदीमा निर्माण भएको नवनिर्मित पक्की पूलको मुखमा तीन हप्तायता काँडेतारले बारेर पूल प्रयोग गर्नबाट बञ्चित गरिएको हो । हुलाकी सडकको पहिलो पूलका रूपमा निर्माण भएको मेची पूलको निर्माण सम्पन्न भए पनि उपयोग गर्न पाइएको छैन […]

जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनताले दुःख पाएः कांग्रेस नेता सिटौला

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, by . Leave a Comment on जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनताले दुःख पाएः कांग्रेस नेता सिटौला.

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बलियो जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण देश र जनताले परिवर्तित राजनीतिक संरचनाबाट निराश हुनु पर्ने अवस्था आएको बताएका छन् । संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको पहिलो जन निर्वाचित सरकारले प्राप्त गरेको बलियो जनमतको सम्मान हुने उल्लेखनीय काम गर्न नसकेर नेकपा सरकार कमजोर हुँदा जनता निराश भएको […]

भारतीय सीमा नाकाहरु तस्कर मैत्री बन्दा, राजश्व संकलनमा कमी

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on भारतीय सीमा नाकाहरु तस्कर मैत्री बन्दा, राजश्व संकलनमा कमी.

भद्रपुर । झापा जिल्ला भित्रका भारतीय सीमा क्षेत्रका नाका चोरी तस्करीका लागि सहज बन्दै जाँदा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि भन्सार राजश्व प्रभावित हुन थालेको छ । भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका विभिन्न नाकाहरू तस्कर मैत्री बन्दै गएपछि राजश्व संकलनमा कमी […]

झापा सदरमुकाममा सडक र टेलिफोनका उपभोक्ता आन्दोलित

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापा सदरमुकाममा सडक र टेलिफोनका उपभोक्ता आन्दोलित.

भद्रपुर । हुलाकी सडक अन्तर्गत लिङ्क रोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडकको चन्द्रगढी खण्डको वीपी चौक दक्षिण क्षेत्रमा आज बिहानबाट स्थानीयले सडक अवरोध गरेका कारण आवतजावतमा यात्रुले समस्या भोग्नु परेको छ । सडक निर्माणको अवधिमा वीपी चौक दक्षिण चन्द्रगढीसम्मको लगभग एक किलोमिटर सडक बन्ने नबन्ने निश्चित हुन नसकेको, सडकमा परेका खाल्डा खुल्डीले यात्रा जोखिम बढाएको, […]

खुल्ला दिसामुक्त झापा, कागजमा मात्रै कि !

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on खुल्ला दिसामुक्त झापा, कागजमा मात्रै कि !.

भद्रपुर । झापा जिल्लालाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पूर्ण सरसफाई जिल्लाको मान्यता सहितको स्वीकृत पत्र पठाएकाले पुष १३ गते खुला दिसामुक्त जिल्ला घोषणाको तयारी भइसकेको छ । तर खुला दिसामुक्त जिल्ला घोषणा गर्ने मञ्चको आधा किलोमिटर उत्तर पूर्वको दृश्य देख्नेहरुका लागि अभियन्ताहरु वास्तविकतालाई ढाकछोप गरेर चर्चा कमाउँदैछन् भन्ने लागेको छ । जिल्ला कारागार […]

निकास विनाको विकासः मेची पुल उद्घाटनको तयारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on निकास विनाको विकासः मेची पुल उद्घाटनको तयारी.

भद्रपुर । त्रिदेशीय व्यापारमा महत्वपूर्ण भूमिकामा रहेको भद्रपुर स्थित मेची पुल मंसिर २६ गते उद्घाटन हुने गरी तयारी तीव्र पारिएको छ । नेपालसित भारत र बंगलादेशको व्यापारिक सम्बन्ध सरल बनाउन सहज मार्गका रूपमा रहेको हुलाकी सडकको पहिलो पुल भद्रपुर नाकामा निर्माण सम्पन्न भएको ६ महिनापछि उद्घाटनको अवस्थामा पुगेको हो । पूर्व पश्चिम तराई लोक मार्गका […]

मेचीपूल निर्माण भित्रको दर्दनाक कथाः कहिले फिर्ला चेत !

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीपूल निर्माण भित्रको दर्दनाक कथाः कहिले फिर्ला चेत !.

भद्रपुर । हुलाकी सडक अन्तर्गतको नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने मेची नदीमा निर्माण भएको पूल निर्माण पूरा गरिएको ६ महिना बिते पनि यो अझै बेवारिसे अवस्थामा रहेको छ । सरकारको चासो तथा प्राथमिकतामा नपरेकोले यो पूलको निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा पनि प्रयोगविहीन भएको हो । सरकारले समयमै पूलसम्म पुग्ने सडक बनाउन चासो नदिएपछि […]

भद्रपुरमा छैट पूजाको रौनक सुरु

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on भद्रपुरमा छैट पूजाको रौनक सुरु.

भद्रपुर । पूर्वकै ठूलो छैट पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छैट पूजा सुरु हुँदैछ । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छैट पूजामा पाँच हजार पूजास्थल बनाइएको छ । करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारीबाट हिमाल, पहाड र तराइका बासिन्दाले समान सहभागी हुने गरी पूजास्थल बनाइएको […]

भद्रपुरमा सडक स्तरीकरण गर्दा खानेपानीका पाइप क्षतविक्षत !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भद्रपुरमा सडक स्तरीकरण गर्दा खानेपानीका पाइप क्षतविक्षत !.

भद्रपुर । सघन सहरी विकास अन्तर्गत भद्रपुरमा सडक स्तरीकरणको काम गर्ने ठेकेदार कम्पनीको लापरवाहीका कारण खानेपानी प्रदुषण बढेको छ । सडक विस्तार गर्दा पानी वितरणका लागि बिछ्याइएका पाइपलाइन माथि जेसिभीले जथाभावी खन्दा पाइप फुटेर पानी प्रदुषण हुनेक्रम बढेको हो । पानी प्रदुषित भएपछि उपभोक्तामा छाला चिलाउने, झाडा पखाला, निमोनिया, श्वाश्वास प्रश्वास सम्बन्धी समस्या, जण्डिसलगायत रोगले […]