Sajhamanch Archive

मेची नगरपालिका अहिलेसम्म कोरोना मुक्त

Published: (Updated: ) in स्थानीय तह, by . Leave a Comment on मेची नगरपालिका अहिलेसम्म कोरोना मुक्त.

काँकरभिट्टा । भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकासँग सिधा सम्पर्क रहेको नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टामा शुरुदेखि नै सथानीय सरकारको उच्च सर्तकताका कारण अहिलेसम्म मेचीनगरक्षेत्रमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला नपरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । भारत तथा अन्य मुलुकमा अध्ययन तथा रोजगारीका लागि गएका नेपालीहरु अहिले धमाधम काँकरभिट्टा नाका भएर स्वदेश […]

बालबालिकालाई खोपकेन्द्र सम्म पुर्याउन आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on बालबालिकालाई खोपकेन्द्र सम्म पुर्याउन आग्रह.

काँकरभिट्टा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्र्रेतीले हरेक बालबालिकालाई खोप लगाउनका लागि अभिभावकहरुले आफ्ना बच्चालाई खोपकेन्द्रसमम पुर्याउनु पर्ने बताउनुभएको छ । मेचीनगरक्षेत्रका बालबालिका अझै खोपको पहुँचदेखि बाहिर रहेकाले ती बालबालिकाहरुलाई खोपकेन्द्र सम्म पुर्याउनका लागि पनि आग्रह गर्नुुभएको छ । सोमबार नगरपालिकाको सभाकक्षमा छुट बच्चा खोजी सम्बन्धि भएको खोप कार्यकर्ताहरुसँगको नगरपालिका […]

विहीबार पूर्वीनाकाबाट १ सय ४९ जना नेपाली भित्रिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विहीबार पूर्वीनाकाबाट १ सय ४९ जना नेपाली भित्रिए.

काँकरभिभट्टा । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण नेपाल भारतसीमाक्षेत्रमा रहेका १ सय ४९ जना नेपाली विहीबार पूर्वीनाकाहुदैं प्रवेश गरेका छन् । नेपालका विभिन्न जिल्लाबाट भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु काँकरभिट्टा नाका भएर नेपाल फर्केका हुन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका […]

मेचीनगरका सहकारी संस्था दैनिक दुई घण्टा खुल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on मेचीनगरका सहकारी संस्था दैनिक दुई घण्टा खुल्ने.

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् । आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील आज सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड -१९ ) को रोकथाम तथा […]

नेपाल–भारत दशगजामा अलपत्र बनेका १२ सय नेपालीलाई मेचीनगरले उद्धार गर्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on नेपाल–भारत दशगजामा अलपत्र बनेका १२ सय नेपालीलाई मेचीनगरले उद्धार गर्ने.

मेचीनगर । विश्वभर नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण एवम् सन्त्रासका कारण आतंकित भइरहेको समयमा भारत सरकारले सम्झौता उल्लंघन गरी १२ सय नेपालीहरुलाई दशगजामा ल्याएर भोकभोकै बनाएको मेचीनगरका प्रमुख बिमल आचार्यले आरोप लगाएका छन् । ‘जो जहाँ छ त्यही देशको क्वारेन्टिनमा राख्ने नेपालसँगको सम्झौता भएको थियो’ शुक्रबार पत्रकार सम्मलेन गर्दै नगरप्रमुख आचायर्यले भनेका छन् […]

आफ्नो उत्पादन बजारसम्म पुर्याउने वातावरण मिलाई दिन खरबुजा किसानको माग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आफ्नो उत्पादन बजारसम्म पुर्याउने वातावरण मिलाई दिन खरबुजा किसानको माग.

मेचीनगर । झापाको मेचीनगर— ९ मागुरमाडीका व्यवसायिकरुपमा खरबुजाको अग्र्यानिक खेती गरिरहेका किसानहरुले सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्ने वा सरकारले स्वयम खरिद गरिदिनु पर्ने विकल्प अघि सारेका छन् । अहिले आफ्ना खेतमा उत्पादन भएका खरबुजा लकडाउनका कारण समयमै बजार पुर्याउन नसक्दा खेतबारीमै कुहिर जाने र हात्तीले खाएर, कुल्चिएर नष्ट गर्ने गरेका कारण लाखौं […]

झापाका नगर प्रमुख–उपप्रमुखहरुले जुटाए कोरोनासँग लड्ने साझा सहमति

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on झापाका नगर प्रमुख–उपप्रमुखहरुले जुटाए कोरोनासँग लड्ने साझा सहमति.

काँकरभिट्टा । झापाका आठवटा नगरपालिकाका नगरप्रमुखहरुले विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोभिड—१९ अर्थात् नोवल कोरोना भाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रण गर्न तथा त्यसबाट उत्पन्न परिस्थितिका बारेमा एकताबद्घरुपमा अघि बढ्ने गरी १४ बुँदै साझा सहमति गरेका छन् । आज मेचीनगर नगरपालिकाको संयोजनमा नगरपालिकामा भएको भेलाले नेपाल सरकारबाट २०७६ साल चैत ११ गतेदेखि लकडाउनको घोषणा भई कार्यान्वयनमा […]

नगरबासीको घर घरमा मेची उद्योग बाणिज्य संघको खाद्य वस्तु र हरियो सागसब्जी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नगरबासीको घर घरमा मेची उद्योग बाणिज्य संघको खाद्य वस्तु र हरियो सागसब्जी.

काँकरभिट्टा । नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण उत्पन्न असहज परिस्थितिमा सर्वसाधारणको दैनिकी सहज बनाउन मेची उद्योग बाणिज्य संघ मेचीनगरले हरेक दिन अत्यावश्यक खाद्य वस्तु र हरियो सागसब्जी नगरबासीको घर घरमा पुर्याउन थालेको छ । उपभोक्ताहरुलाई खाद्यन्नको अभाव नहोस् र विचौलियाबाट ठगिनु नपरोस् भन्ने उद्देश्यले लकडाउन शुरु भएदेखि नै सुलभ मूल्यमा छिटो छरितो ढंगले सामग्री […]

मेचीनगरमा तीन दिनमा ५२ जनाको एन्टीबडी परीक्षण

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on मेचीनगरमा तीन दिनमा ५२ जनाको एन्टीबडी परीक्षण.

मेचीनगर । नेपालका विभिन्न जिल्लामा नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै र धमाधम संक्रमित फेलापर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमित तथा मृतकको संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको मेचीनगर नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोेली परिचालन गरेर घरदैलो अभियान शुरु गरेको थियोे […]

मेचीनगरमा आफूखुशी राहत वितरण गर्न नपाइने, गरेमा तत्काल कानूनी कारवाही

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on मेचीनगरमा आफूखुशी राहत वितरण गर्न नपाइने, गरेमा तत्काल कानूनी कारवाही.

मेचीनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा व्यवस्थापन राहत र उद्घार सञ्चालन तथा कार्यान्वयन समितिको सचिवालय मेचीनगरको शुक्रबार सम्पन्न बैठकले सवै वडा समितिको कार्यालयलाई नेपाल सरकार र नगरपालिकाको सूचना विपरित वडाभित्र वडा समितिको स्वीकृति नलिई राहत वितरण गर्ने कुनै पनि संघ–संस्था, समूह र व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय, नगर कार्यपालिकाको […]