Sajhamanch Archive

मेची भन्सारको राजश्व असुलीमा गिरावट, पहिलो चौमासिकमा लक्ष्य भेटेन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची भन्सारको राजश्व असुलीमा गिरावट, पहिलो चौमासिकमा लक्ष्य भेटेन.

मेचीनगर । राजस्व संकलनमा पूर्वकै महत्वपूर्ण मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०७५/०७६को मंसीर दोस्रो सातासम्म असुलीको तुलनामा प्रगति गर्न सकेको छैन । पछिल्लो समय राजस्व असुली घट्नुको मुख्य कारण राजश्वको मुख्य हिस्सा ओगटेको पेट्रोलियम पदार्थ र कोइला आयातमा कमी आएको भन्सार अधिकारीहरु बताउँछन् । कूल राजश्वको ४० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ […]

मेचीनगरका १३ वटा वडा खुल्ला दिशामुक्त घोषणा

Published: (Updated: ) in स्थानीय तह, by . Leave a Comment on मेचीनगरका १३ वटा वडा खुल्ला दिशामुक्त घोषणा.

मेचीनगर । शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सवै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने बताएपछि पछिल्लो समय मेचीनगरमा शौचालय निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । नगरका विभिन्न वडाहरु धमाधम खुल्ला दिशामुक्त वडा घोषणा भइरहेका छन् । झापा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा सघाउ पुर्याउन मेचीनगर नगरापलिकाले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएकै कारण पछिल्लो […]

सरकारी निर्णयबाट नआत्तिन व्यवसायीहरुलाई सांसदको आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारी निर्णयबाट नआत्तिन व्यवसायीहरुलाई सांसदको आग्रह.

मेचीनगर । बैकल्पिक व्यवस्था नगरीकन २०७४ चैत्र १८ गते नेपाल सरकारको मन्त्री परिषद बैठकले सिण्डिकेटको नाममा यातायात व्यवसायीका संघ संस्था नविकरण नगर्ने निर्णयले देशकै यातायातक्षेत्र धराशायी र अस्तित्व संकटमा परेको व्यवसायीहरुले बताएका छन् । सोमबार मेची बस व्यवसायी संघ काँकरभिट्टाको २४ औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने अधिकांश व्यवसायी र मजदुरहरुले सरकारको यो निर्णयले हजारौं व्यवसायी […]

काँकरभिट्टा खानेपानीको रजत जयन्ती, पानीको दुरुपयोग रोक्न सांसद कार्कीको आग्रह

Published: (Updated: ) in समाज, by . Leave a Comment on काँकरभिट्टा खानेपानीको रजत जयन्ती, पानीको दुरुपयोग रोक्न सांसद कार्कीको आग्रह.

काँकरभिट्टा । प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले पानीको महत्वलाई बुझेर यसको दुरुपयोग रोक्न सवैपक्षलाई आग्रह गरेका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको रजत जयन्ती वर्ष २०७५ तथा २३ औँ वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै सदस्य कार्कीले खाना खान नपाए मानिस अलिक दिन बाँच्न सकेपनि पानी नखाई एकछिन पनि बाँच्न नसक्ने भएकाले पानीको प्रयोगमा […]

मेचीनगरमा डेंगु संक्रमण दर उच्च भएपछि चेतना अभियान सञ्चालन

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on मेचीनगरमा डेंगु संक्रमण दर उच्च भएपछि चेतना अभियान सञ्चालन.

मेचीनगर । मेचीनगरका केही वडाहरुमा डेंगु संक्रमण दर उच्च भएपछि नगरपालिकासहित ती वडाहरुमा चेतना अभियान सञ्चालन भए अनुसार मंगलबार मेचीनगर नगरपालिका—६ काँकरभिट्टाका विभिन्न ठाउँमा विषादी छिट्ने काम भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा वडानम्बर—६ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय संघ संस्थाका प्रतिनिधिसहितको टोलीले त्यसक्षेत्रमा डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचार, रोग सार्ने लामखुट्टेको लार्भा […]

सिद्धिखोला सिंचाई आयोजनामा समिति र स्थानीयवासीबीचको विवाद अन्त्य गर्न सुझाव

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिद्धिखोला सिंचाई आयोजनामा समिति र स्थानीयवासीबीचको विवाद अन्त्य गर्न सुझाव.

मेचीनगर । सिद्धिखोला सिंचाई जल उपभोक्ता समिति बाहुनडाँगीको उपभोक्ता समिति र स्थानीयबासीबीचको विवादलाई अन्त्य गर्न जनप्रतिनिधि र सामाजिक अगुवाहरुले सुझाव दिएका छन् । शनिबार सम्पन्न समितिको तेस्रो वार्षिक साधारणसभामा अध्यक्ष हरि चम्लागाईँले प्रस्तुत गरेको प्रतिवेदनमा उपभोक्ता समिति र स्थानीयबासीबीच विवाद भएका कारण यसै साधारणसभाबाट निर्णय गर्ने प्रस्ताव अघि सारेपछि कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समस्याको मुख्य […]

नेपालीको चरम लापरवाहीले निर्माणाधिन मेची पूलको नेपालतर्फ अलमल

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on नेपालीको चरम लापरवाहीले निर्माणाधिन मेची पूलको नेपालतर्फ अलमल.

मेचीनगर । एशियाली हाइवेको सिक्स लेन सडकसँग नेपाललाई जोड्ने मेची पूलको निर्माण नेपाली पक्षको चरम लापरवाहीले अपलत्र परेको पाइएको छ । भारतीय पक्षबाट पूल निर्माणको काम धमाधम भइरहे पनि नेपालतर्फ भने निर्माण हुने स्थानमा रहेका बसोबासी खाली गराउन नसक्दा राष्ट्रिय गौरवको योजना फिर्ता हुने सम्भावना बढेर गएको हो । नेपाल सरकारले समयमै जग्गा खाली नगरेपछि […]

जनप्रिय साकोसको साधारणसभामा कर्मचारीदेखि बचतकर्तासम्म सम्मानित

Published: (Updated: ) in सहकारी, by . Leave a Comment on जनप्रिय साकोसको साधारणसभामा कर्मचारीदेखि बचतकर्तासम्म सम्मानित.

धुलावारी । मेचीनगर—१० धुलावारीमा रहेको जनप्रिय बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्ष २०७५÷ ०७६ मा ६ करोड ८३ लाख रुपैयाँको कारोवार गर्ने अनुमान गरेको छ । संस्थाको शुक्रबार सम्पन्न नवौ वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित वासलतमा उक्त कुरा उल्लेख छ । जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले उद्घाटन गरेका […]

डेंगु ज्वरोका कारण झापामा ३ जनाको मृत्यु, जिल्लाका आधादर्जन नगरपालिका उच्च जोखिममा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on डेंगु ज्वरोका कारण झापामा ३ जनाको मृत्यु, जिल्लाका आधादर्जन नगरपालिका उच्च जोखिममा.

मेचीनगर । वितेको ६ वर्षमा डेंगु रोगका कारण झापा जिल्लामा तीन जनाको ज्यान गएको छ । झापाका मेचीनगर, विर्तामोड, दमक नगरपालिका डेंगुको उच्च जोखिममा रहेका छन् । डेंगु रोकथामको पूर्व तयारीमा आइतबार मेचीनगर नगरपालिकाको सभाकक्षमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोग नियन्त्रण सम्बन्धि सरोकारवालाहरुसँगको नगरपालिका स्तरीय एकदिने अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य अधिकारीहरुले प्रस्तुत गरेको तथ्याङ्कमा […]

चिया बगानमा छैनन् व्यवस्थित शौचालय !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on चिया बगानमा छैनन् व्यवस्थित शौचालय !.

मेचीनगरका चिया बगान र मजदूर खुल्ला दिसामुक्तका मुख्य चुनौती मेचीनगर । मेचीनगर नगरपालिकाभित्रका चिया कमान र त्यहाँ कार्यरत मजदूरका क्वाटरमा व्यवस्थित शौचालय न हुनु नै नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाका लागि मुख्य चुनौती बनेको दावी गरिएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या तथा भूगोलका हिसाबले ठूलो मेचीनगर नगरपालिकाका १५ वटा वडामध्ये ७ वटा वडा […]