तिमीलाई चिने जुन दिनदेखि म तिम्रा पाइला गनिरहेछु, कहिले जानेर कहिले नजानेर, स्वीकार है ! तिम्रो फुटेको कुर्कुच्चाले आधार दिएर कोरिएका कयौँ सपनाका धर्काहरु अझै गनिरहेछु कहिल्यै अन्त्य नहुने गरी । नाम्लाको डोब तालुमा राखेर उही आलेगौंडाको उकालो कयौँ पटक स्वासमा गुना गरेर उक्लियौ तिमी। कहिल्यै हिसाब टुङ्गिएन न त समीकरण नै । घोडाको लगामसँगै […]
कनकाई । ढकालबन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिले कनकाई– ४ कोटीहोममा निर्माण गरेको ढकाल बन्धुहरुको नवनिर्मित भवन तथा मन्दिरको सोमबार उद्घाटन गरिएको छ । ढकालबन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिको आयोजनामा कोटीहोममा आजदेखि शुरु भएको श्रीमद् शिवमहापुराण एकादशह ज्ञान महायज्ञमा नवनिर्मित भवन तथा मन्दिरको उद्घाटन गरिएको हो । नेपाल सरकारका कानूनमन्त्री […]
अर्जुनधारा । झापाका पत्रकार उद्धव पुरीलाई पितृशोक परेको छ । ब्लाष्ट टाइम्स दैनिकको बिर्तामोड शाखामा कार्यरत पत्रकार पुरीका ७७ वर्षीय पिता लेखनीप्रसाद पुरीको आज अर्जुनधारा ५ लक्ष्मीपुरस्थित आफ्नै निवासमा निधन भएको हो । विगत ८ वर्षदेखि प्यारालाइसिस रोगबाट पीडित लेखनीप्रसादका श्रीमती चन्द्रमाया पुरी, तीन छोरा–बुहारी उद्धव र रिता पुरी, नविन र पुनम पुरी, जीवन र तुलसा […]
चितवन । भरतपुर नगरपालिका वडा नं. १५ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रारम्भिक चरणको काम धमाधम भइरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माणस्थलमा कार्यालय स्थापना गरी अस्थायी संरचना निर्माणको काम गरिरहेको हो । आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने भएपछि चितवनबासी निकै उत्साहित भएका छन् । निलो जस्तापाताले वरिपरी बारेको चौरभित्र कोही ढुङ्गा बोकिरहेका छन् […]
धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैटौं साधारणसभा तथा तेस्रो महाधिवेशन अन्तरगतको निर्वाचन प्रक्रियामा अर्का प्रतिष्पर्धी ओमकृष्ण बिमलीलाई हराउँदै कार्की विजयी भएका हुन् । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमलीले ४१ मत प्राप्त गर्दा कार्कीले १११ मत ल्याएका थिए […]
छोरी सरला भन्दै थिइन्, काठमाडौमा त होली आउनुभन्दा १५ दिन पहिलेदेखि नै केटीहरुलाई लुकेर र झुक्याएर लोला हान्ने गर्थे । कलेज जान कस्तो गाह्रो हुन्थ्यो । जे होस् अहिलेका केटीहरुले यस्तो असभ्यता भोग्नु परेको रहेनछ । २०७५ सालसम्मको होलीमा आइपुग्दा अपरिचितलाई झुक्याएर लोला हान्ने, जबरजस्ती रंग दल्ने कुरा पूरै नियन्त्रणमा आएको रहेछ । बितेका २५ […]
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालद्वारा आइतबारको संसद बैठक पनि अवरुद्ध गरिएको छ । पटक पटक आश्वासन दिए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपाले बैठक अवरुद्ध गरेको हो । मधेस आन्दोलन लगायतका आन्दोलनमा भएको घटनाको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध पारेको […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाउँदा बोर्डका कर्मचारी थुनिएका छन् । सेयर बजार सुधार र विस्तारका लागि भन्दै केही साता पहिले चरणबद्ध आन्दोलनको घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो । ताला लगाउन समूह दबाव समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको जारी हिउँदे अधिवेशनको अन्तिम बैठकलाई आज सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठकमा १ बजे सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यसूचीलाई २ घण्टा पर सारिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाए अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नेछन् । जानकारी अनुसार संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सकिन […]
बिर्तामोड । दुई दशक लामो शैक्षिक इतिहास बोकेको गोमेन्द्र बिर्तामोडल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि स्मार्ट क्लास प्रविधि लागू गर्ने तयारी गरेको छ । विद्यार्थीलाई अहिलेको विश्वले अवलम्बन गरेको शैक्षिक प्रणालीमा अब्बल र दक्ष बनाउँदै एउटा नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले स्मार्ट कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिएका छन् । […]