Sajhamanch Archive

आदर्श नकाउट फुटबल प्रतियोगिता मंसीर १७ देखि

Published: in खेलकुद by . Leave a Comment on आदर्श नकाउट फुटबल प्रतियोगिता मंसीर १७ देखि.

मेचीनगर । मेचीनगर वडा नम्बर ८ स्थित आदर्श धिमाल समाजले मंसीर १७ गतेदेखि नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आदर्श धिमाल समाजले मेची विद्योदय प्राविको खेल मैदानमा आयोजना गर्ने प्रतियोगितामा मेचीनगर वडा नं. ८ को आर्थिक सहयोग रहने जितु धिमालले जानकारी दिएका छन् । मंसीर १७ गतेदेखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा झापा […]

कमलनगर जेसीज सप्ताहमा योग शिविर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कमलनगर जेसीज सप्ताहमा योग शिविर.

कमल । कमल गाउँपालिका वडा नम्बर १ स्थित बाँसबारी आधारभूत विद्यालयमा सञ्चालित पाँच दिने योग शिविर आज सम्पन्न भएको छ । कमलनगर जेसीजको सप्ताह कार्यक्रमअन्तगत योग शिविरमा आयोजना गरिएको हो । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा पतञ्जली योग इकाइको व्यवस्थानमा शिविर सञ्चालन गरिएको थियो । कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष केदार कटुवालले दिएको जानकारी […]

Eden Garden School announce vacancy for a computer teacher

Published: in विज्ञापन by . Leave a Comment on Eden Garden School announce vacancy for a computer teacher.

Wanted Eden Garden School requires a computer teacher to teach at secondary level.  Interested and eligible candidates are requested to apply within school hours. Note: Starting salary Nrs.  25000 Contact: 023-540511 / 9804332066    Eden Garden School Birtamode-4, Bhadrapur Road ( Jhapa)

सामाजिक सुरक्षा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सामाजिक सुरक्षा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिनको संज्ञा दिएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् । आजको दिनबाट सरकारले हुँदाखाने र हुनेखाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई […]

कार्यदलले ल्याएको प्रतिवेदन वर्षौं काम लाग्ने हुनुपर्छः प्रधानमन्त्री

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कार्यदलले ल्याएको प्रतिवेदन वर्षौं काम लाग्ने हुनुपर्छः प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीब्ररुपमा अघि बढाउने बाचा पुनः दोहोर्याएका छन् । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । “विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ” प्रधानमन्त्रीले भने, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी […]

इलाममा गमनशिलता तालिम सम्पन्न

Published: in समाज by . Leave a Comment on इलाममा गमनशिलता तालिम सम्पन्न.

इलाम । इलाममा गमनशिलता तालिम सम्पन्न भएको छ । करुणा फाउण्डेशन इलामको आर्थिक सहयोगमा नेत्रहिन संघ इलामले तालिमको आयोजना गरेको हो । तीन दिनसम्म चलाइएको गमनशिलता साथै अगरबत्ती धुप बनाउने तालिममा इलामका विभिन्न स्थानका नेत्रहिनहरुको सहभागिता थियो । गमनशिलता तालिमले नेत्रहिनहरुलाई कसरी आफ्नो जीवनलाई सरल र सहज तवरले सञ्चालन गर्ने भन्ने विषयमा अभ्यास गर्न सिकाएको […]

सूर्योदय सहकारीको १५औं साधारणसभाः अर्को वर्ष नाफामा लैजाने

Published: in सहकारी by . Leave a Comment on सूर्योदय सहकारीको १५औं साधारणसभाः अर्को वर्ष नाफामा लैजाने.

बिर्तामोड । झण्डै १२ वर्ष कागजमा मात्र सिमित रहेर गत वैशाखमा नयाँ व्यवस्थापनले जिम्मा लिएपछि सक्रिय बनेको बिर्तामोड ३ को सूर्योदय दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड झापाको १५औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । दर्ता वर्षको गणनाबाट १५औं वार्षिक साधारणसभा भनिए पनि स्थापनाको तेस्रो वर्ष पूरा नहुँदै तत्कालीन शेयरधनीको आपसी तानातानले संस्था निस्क्रिय बनेकोले […]

पूर्व नेपालका साधारणसभा प्रतिनिधि ४९८ जना

Published: in सहकारी by . Leave a Comment on पूर्व नेपालका साधारणसभा प्रतिनिधि ४९८ जना.

कमल । झापाको कमल गाउँपालिका २ क्याम्पामा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभाका लागि आइतबार प्रतिनिधि छनौट गरिएको छ । सहकारी ऐन २०७४ मा व्यवस्था भएअनुसार १० जना शेयर सदस्य बराबर १ जना साधारणसभा प्रतिनिधि छनौट गरिएको हो । जिल्लाभर रहेका संस्थाका विभिन्न केन्द्रबाट ४९८ जना प्रतिनिधि छनौट गरिएको संस्थाका […]

साझामञ्च मिडिया हाउस पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on साझामञ्च मिडिया हाउस पुरस्कृत.

दमक । झापाको बिर्तामोडबाट सञ्चालन गरिँदै आएको साझामञ्च डट कम डिजिटल न्यूजपोर्टल र साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रमको माध्यमबाट सहकारी अभियानको प्रवद्र्धृन गरेको ठहर गरी यसको प्रकाशन संस्था प्रशंसित र पुरस्कृत भएको छ । कमल गाउँपालिका ३ केरखामा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले साझामञ्चलाई वर्ष उत्कृष्ट सञ्चारगृहको रुपमा नगद […]

पुष ५ गतेदेखि भद्रपुरमा बीच भलिबल प्रतियोगिता हुँदै

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on पुष ५ गतेदेखि भद्रपुरमा बीच भलिबल प्रतियोगिता हुँदै.

भद्रपुर । स्थानीय सरकारको रचनात्मक कार्य अन्तरगत भद्रपुरको मेची बगरमा पहिलोपटक बीच भलिबल (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ । भद्रपुर ५ नम्बर वडाको आयोजनामा यही पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ हुन लागेको हो । पत्रकार सम्मेलनको आयोजना गरी वडा कार्यालयले भद्रपुर नगरको चलयमान स्वरूप स्थापित गर्न खेलकुदको माध्यमबाट पर्यटन […]