Sajhamanch Archive

नवोदय सहकारीमा नयाँ नेतृत्व चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on नवोदय सहकारीमा नयाँ नेतृत्व चयन.

दमक । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आज सम्पन्न २०औं वार्षिक साधारणसभाले ४ वर्षे कार्यकालका लागि शरणकुमार पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शिक्षासेवी हिमप्रसाद दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिले गत मंसीर ३ गतेबाट सुरु गरेको निर्वाचन कार्यक्रमबाट निवर्तमान उपाध्यक्ष पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्न […]

मारवाडी महिला मञ्चको आयोजनामा स्वास्थ्य शिविर

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on मारवाडी महिला मञ्चको आयोजनामा स्वास्थ्य शिविर.

भद्रपुर । गएको दशैंमा भद्रपुरमा ‘दशैं मिनी बजार’ लगाएर सामाजिक रुपमा प्रशंसा बटुलेको भद्रपुर मारवाडी महिला मञ्चले शनिबार भद्रपुरमै मानवीय सेवामूलक कार्य गरेको छ । मञ्चले भद्रपुर–६ स्थित सिटी गार्डन परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर उपचारमा खर्च गर्न नसक्ने बिरामीलाई सेवा पुर्याएको छ । मञ्चले निःशुल्क रुपमा दन्त परीक्षण सेवा, प्याथोलोजी सेवा, निःशुल्क औषधि […]

पूर्व जनमुक्ति सेनाको ताजा निर्णयहरु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्व जनमुक्ति सेनाको ताजा निर्णयहरु.

दमक । तत्कालिन नेकपा माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धका सेनाहरुको संगठन पूर्व जनमुक्ति सेना नेपालको प्रथम राष्ट्रिय भेला आयोजक समितिले विभिन्न निर्णयहरु गरेको छ । संगठनको सचिवालय बैठकले गरेका निर्णयहरु संयोजक प्रविन तामाङले विज्ञप्ती मार्फत आइतबार सार्वजनिक गरेका हुन् । वाइसिएल, बहिर्गमित जनमुक्ति सेना र अवकाश प्राप्त जनसेनाको समेत साझा संगठनको रुपमा रहेको भनिएको सो […]

त्रिनेत्र सहकारीको १६औं साधारणसभा शनिश्चरेमा

Published: in सहकारी by . Leave a Comment on त्रिनेत्र सहकारीको १६औं साधारणसभा शनिश्चरेमा.

अर्जुनधारा । त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड ४ को १६औं वार्षिक साधारणसभा आज शनिश्चरेमा सम्पन्न गरिएको छ । २०६९ सालमा २५ जना शेयर सदस्यबाट स्थापित संस्थामा गत असार मसान्तसम्ममा ७२३ जना शेयर सदस्य र ५८ लाख रुपैयाँ शेयर पूँजी निर्माण गर्न सफल भएको छ । संस्थाले निक्षेप कारोबार गर्दा आर्थिक वर्ष २०७४÷०७५को असार मसान्तमा २ […]

अर्जुनधारामा लैङ्गिक हिंसा विरुद्ध र्याली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अर्जुनधारामा लैङ्गिक हिंसा विरुद्ध र्याली.

झापा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज नोभेम्बर २५ तारिखदेखि विश्वभर विविध जनचेतनामुलक कार्यक्रम गरी मनाउन थालिएको छ । नेपालमा दिनहुँजसो महिला हिंसाका घटनाहरु भइरहेको सन्दर्भमा यो कार्यक्रमको सान्दर्भिकता अझै बढी रहेको भन्दै हरेकजसो स्थानीय तहहरुले आजदेखि कार्यक्रम सुरु गरेका छन् । सोही सन्दर्भमा झापाको अर्जुनधारा नगरपालिकाको आयोजनामा पनि हिंसा विरुद्धको अभियान कार्यक्रम […]

गुड मर्निङ नेपाल

Published: in लाइभ by . Leave a Comment on गुड मर्निङ नेपाल.

आज मंसीर ९ गतेको बिहानी प्रस्तुति गुड मर्निङ नेपाल, अलि फरक सामग्रीसहित एवम् प्रस्तोता आचार्य विष्णुप्रसाद खतिवडासमेत जोडिनु भएको छ ।

सिम्रिक साकोसद्वारा गौरादहका सदस्यलाई सहकारी शिक्षा प्रदान

Published: in सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा गौरादहका सदस्यलाई सहकारी शिक्षा प्रदान.

गौरादह । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र विस्तारित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो गौरादह सेवा केन्द्रमा आवद्ध सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । संस्थाका सचिव एवम् शिक्षा तथा तालिम विभाग प्रमुख सुवास भट्टराईको अध्यक्षता रहेको सहकारी शिक्षा तालिम कार्यक्रम गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालको प्रमुख आतिथ्य रहेको थियो […]

मन्त्री लालबावु उवाचः सन्थाल समुदायका लागि २ वटा सांस्कृतिक भवन बनाइने

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मन्त्री लालबावु उवाचः सन्थाल समुदायका लागि २ वटा सांस्कृतिक भवन बनाइने.

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सन्थाल समुदायको लागि सरकारले सांस्कृतिक भवन निर्माण गर्ने बताएका छन् । उनले दुईवटा भवन निर्माण गर्नका लागि एक करोड विनियोजन गर्ने जानकारी दिए । झापा जिल्लास्तरीय सन्थाल नृत्य प्रतियोगिताको शनिबार बिर्तामोडमा उद्घाटन गर्दै मन्त्री पण्डितले सन्थाल समुदायका युवाले अब सरकारी सेवामा प्रवेश गर्न योग्यता बनाउनु […]

प्रदेश १ मा दशनामीहरुको तथ्याङ्क संकलन गरिने

Published: in समाज by . Leave a Comment on प्रदेश १ मा दशनामीहरुको तथ्याङ्क संकलन गरिने.

बिर्तामोड । नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले मातहत १४ वटै जिल्लाका दशनामीहरुको तथ्याङ्क संकलन गर्ने निर्णय गरेको छ । शनिबार झापाको बुट्टावारीमा दशनामीहरुले निर्माण गरेको नयाँ भवनमा बसेको समाजको प्रदेश १ दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सबै जिल्लामा दशनामी अतिथि गृहका निर्माणका लागि पहल गर्ने लगायतका निर्णय गरेको जनाइएको छ […]

बन्दी बीपीसँग वीरेन्द्रको वार्ता

Published: in मिडियाबाट साभार, शिक्षा, by . Leave a Comment on बन्दी बीपीसँग वीरेन्द्रको वार्ता.

बीपी कोइरालाको स्वास्थ्य बिग्रँदै थियो । नियमित उपचारमा संलग्न डा मृगेन्द्रराज पाण्डेले कांग्रेस नेता शंकर घिमिरेका भाइ डा मधु घिमिरेलाई भने, “बीपीको स्वास्थ्य एकदमै बिग्रिएको छ । जुनसुकै बेला ज्यान जान सक्छ । म कोसिस गरिरहेकै छु । पार्टीका तर्फबाट के हुन सक्छ गर्न लगाऊ ।” यस प्रसंगमा डा मधु घिमिरेले लेखेका छन्, ‘बिहान ४ […]