काठमाडौं । हाइड्रो भिलेज प्राइभेट लिमिटेडले निर्माण गर्ने म्याग्दी खोला हाइड्रो पावर परियोजनाबाट उत्पादन गर्ने बिजुली खरिद बिक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसिंह घिसिङ र म्याग्दी खोला हाइड्रो पावरका अध्यक्ष रामेश्वर थापाले हस्ताक्षर गरेका हुन् । म्याग्दी जिल्लामा बन्ने ५७ दशमलव ३ मेगावाटको परियोजना १० […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ को वित्तीय सहयोगमा उद्घोषण तथा ब्यक्तित्व विकास तालिम शुक्रबारदेखि शुरु भएको छ । स्थानीय लालमाटी युवा क्लबको आयोजनामा सुरु भएको ५ दिने तालिमको उद्घाटन वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले गरेका हुन् । क्लबका अध्यक्ष किशोर पौडेलको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन गर्दै वडाध्यक्ष संग्रौलाले यस्ता कार्यक्रमले महिला तथा युवा पुस्तामा […]
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस स्थापना भएको २० वर्ष पछि आज शुक्रबार प्रथम क्याम्पससभा बैठक गरिएको छ । पहिलो क्याम्पससभामा व्यवस्थापन समितिका अध्यक्ष कमल थापाले क्याम्पसको विगत, वर्तमान र भावी सम्भावनाका बारेमा चर्चा गरिएको प्रतिवेदन प्रस्तुत गरेका छन् । हाल क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायमा चार वर्षे अवधिका दुई वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको, शिक्षण […]
हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रोशनी शिवाकोटीलाई झापाली मजदूर आन्दोलनमा एउटा संघर्षशील नेतृको नामले चिनिन्छ । नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदूर युनियन, मोमेन्टो एपरेल्स प्रालि इकाइको तीन कार्यकाल अध्यक्ष भई नेतृत्व गरेकी उनी त्यसपछि केन्द्रीय सदस्य बनेकी थिइन् । ट्रेड युनियनको काम गर्दै तालिमको शिलशिलामा उनी केही समय कम्बोडिया पनि गएकी थिइन् । […]
झापा । नेपाल प्रेस युनियन झापाको नवौं जिल्ला अधिवेशन शनिबार बिर्तामोडमा गरिने तयारी पूरा भएको छ । अधिवेशनको उद्घाटन नेपाली कांग्रेस नेता एवम् पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले गर्ने कार्यक्रम छ । अधिवेशनमा नेपाल प्रेस युनियन झापाका १२७ जनाको सहभागिता हुने जनाइएको छ । युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईका अनुसार अधिवेशनमा संगठनको अवस्था र भावी रणनीतिका […]
बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कै एकमात्र उपभोक्ता सहकारी संस्था भएकाले विराट–अर्जुनका अघिल्तिर अथाह अवसर रहेको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बताएका छन् । उपभोक्ता सहकारीको व्यानरमा स्थापित भएका जिल्लाका अधिकांश सहकारी संस्थाहरु या त निस्क्रिय छन् वा त सानो आकारमा सञ्चालनमा रहेको अवस्थामा विराट–अर्जुनलाई भूगोलसमेतले साथ दिएकाले उसका अगाडि अवसरका चाङ रहेको […]
बिर्तामोड । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सम्वद्ध झापाका व्यावसायीहरुले आफ्ना संगठनहरुको एकीकरणका लागि आज कार्यदल गठन गरेका छन् । विगतमा नेकपा एमाले निकट व्यावसायीहरुले नेपाल राष्ट्रिय वाणिज्य संघको ब्यानरमा र नेकपा माओवादी केन्द्र निकट व्यावसायीहरुले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको नाममा आफ्ना संगठन चलाएका […]
दमक । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यका साथ आज ३९औं विश्व पर्यटन दिवस मुलुकभित्रका पर्यटकीय क्षेत्र चिनाउने विभिन्न कार्यक्रम गरी मनाइएको छ । होटल व्यवसायी संघ क्षेत्रीय समिति माई पश्चिम झापाले मेची करिडोर स्तिरीय होटल तथा पर्यटन व्यावसायीबीच दमकमा अन्तरक्रिया गरेर दिवसको पालना गरेको छ । कार्यक्रममा मेची करिडोर अन्तरगतका चारवटै […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ मा तीन महिने आधारभूत सिलाई कटाई तालिम आजबाट सुरु भएको छ । नारी कल्याण समाज झापा र अर्जुनधारा नगरपालिका वडा नं. ५ को संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । गरीब तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको नारी कल्याण समाजका केन्द्रीय सचिव प्रेमा […]
बिर्तामोड । एक नम्बर प्रदेशसभाका सांसद एकराज कार्कीले मुलुकभरका ७६१ वटा सरकारलाई सहकारी ऐन बनाउने अधिकार भए पनि तीनवटै तहका सरकारबीच समन्वय गरेर एकापसमा नबाझिने किसिमको ऐन बनाउनु पर्नेमा जोड दिएका छन् । बिर्तामोड नगरपालिका ३ सैनिकमोडमा मुख्य कार्यालय रहेको बिराट बहुउद्देश्यीय सहकारी संस्थाको आज आयोजित १३औं वार्षिक साधारणसभा तथा विराट सहकारी भवनको शिलान्यास पछि […]