झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले संस्थाको सदस्य सर्वेक्षण प्रयोजनका लागि नियुक्त गरेका सर्भेयरहरुलाई प्रारम्भिक चरणको तालिम प्रदान गरेको छ । भदौ १५ गते शुक्रबार एनएमसी बिर्तामोड कार्यालयमा सम्पन्न सर्भेयर सेवा प्रवेश तालिममा नवनियुक्त तथा संस्थामा कार्यरत ७० जनाको सहभागिता थियो । तालिममा संस्थाको सदस्य सर्वेक्षण नीति तथा कार्यविधि बमोजिम तयार गरिएको एनएमसी […]
बिर्तामोड । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा युवा पुस्ताले बढी रुचाएका कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज राई अभिनित चलचित्र ईन्टु मिन्टु लण्डनमाको प्रचार सुरु भएको छ । दर्शक माझ चाडैं नै आउन लागेको नेपाली कथानक चलचित्र ईन्टु मिन्टु लण्डनमा प्रेमकथामा आधारित रहेकोले युवामाझ लोकप्रिय हुने शुक्रबार साँझ बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । साम्राज्ञी […]
काठमाडौ । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास विमस्टेक शिखर सम्मेलनको समापनसँगै नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भएको छ । विगतमा भारतले गरेका प्रतिवद्धता तथा समझदारी आगामी असोज ३ गते संविधान दिवस अगावै कार्यान्वयन गरिने वार्तामा पुनः प्रतिवद्धता जनाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारीअनुसार वार्ताका क्रममा आउँदो […]
झापा । नेपाल निजामति कर्मचारी संगठन झापाले आफ्ना संगठक स्वर्गीय प्रमोद तामाङ्गको स्मृतिमा स्थापित सुशासन पुरस्कार उनको स्मृति दिवसको अवसर पारेर आज वितरण गरेको छ । भद्रपुरस्थित मनोज–झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा स्व. प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट साझामञ्च डट कम डिजिटल न्यूज पोर्टलका सम्पादक गोपाल काफ्लेलाई दोसल्ला ओढाएर […]
भद्रपुर । नेपाल भारत मैत्री संघ झापाको पद हस्तान्तरण कार्यक्रम भद्रपुरस्थित मारवाडी सेवा समितिको सभाहलमा बिहीबार सम्पन्न भएको छ । प्रदेश १ का सांसद तथा नेपाल भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा भदौ ९ गते सम्पन्न पाँचौं मैत्रीसभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई निवर्तमान अध्यक्ष हुलासचन्द्र सरियाले पद हस्तान्तरण […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजले संस्थाका पूर्व अध्यक्ष स्व. मदन ढकाल र स्व. दिलकुमार शर्मा घिमिरेको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । वीरता जेसीज सन् २०१८ को प्रथम साधारणसभाले उक्त निर्णय गरेको हो । शुक्रबार बिर्तामोडमा सम्पन्न साधारणसभाले ‘स्व. मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ र ‘स्व. दिलकुमार शर्मा स्मृति […]
भद्रपुर । विद्यालयस्तरका बालबालिका भित्र रहेको कला उजागर गर्ने उद्देश्यले झापा जिल्लाबाट प्रतिभा छनौट सुरु गरिएको छ । ‘रमपम स्कूल ट्यालेन्ट हन्ट’ नाम दिइएको सो कार्यक्रममा गायन, नृत्य, अभिनय र मोडलिङ विधाका प्रतिभा छनौट सुरु भएको हो । भद्रपुर ६ स्थित मोर्डन अंग्रेजी माद्यमिक विद्यालयबाट सुरु भएको प्रतिभा छनोट कार्यले झापा जिल्लाभरका विद्यालयमा अडिसन गरी […]
कमल । झापाको कमल गाउँपालिका ३ केरखास्थित श्री शहिद धर्मभक्त माद्यमिक विद्यालयले आफ्नो ५०औं वर्ष उत्सव (स्वर्ण महोत्सव) समारोह आगामी माघ १६ गतेदेखि मनाउने भएको छ । स्वर्ण महोत्सव समारोह मनाउने सन्दर्भमा आज बसेको विद्यालयको सचिवालय समितीको बैठकले विभिन्न कार्यक्रमका साथ सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले महोत्सव सम्पन्न गर्नका लागि मूल समारोहसमितिसहित […]
बिर्तामोड । यहाँस्थित बिर्ता आयुर्वेद तथा फिजियोथेरापी सेन्टर स्थापनाको पहिलो वर्ष पुगेको अवसरमा आज बिहीबार र भोलिका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सेन्टरका प्रबन्ध निर्देशक नर्वदा भट्टराईले दिएको जानकारी अनुसार शिविरको पहिलो दिन आज विभिन्न रोग र समस्या भएका ८५ जना बिरामीले निशुल्क सेवा पाएका छन् । शिविरमा सेन्टरका थेरापी चिकित्सकहरु भगवान […]
काँकरभिट्टा । रोटरी र रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको पदस्थापन समारोहमा शिक्षासेवी बुद्धिनाथ पौडेल सम्मानित भएका छन् । काँकरभिट्टामा आयोजित पदस्थापना कार्यक्रममा विगत लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै “रोटरी भोकेसनल” अवार्डले पौडेललाई सम्मानित गरिएको हो । सामाजिक ब्यक्तित्व पौडेललाई पदस्थापन समारोहका प्रमुख अतिथि एजी किशोर पराजुलीले अवार्ड प्रदान गरेका हुन् । […]