कनकाई नगरपालिका वडा नं. ३ का ४६ गरिब तथा लक्षित वर्गका परिवारलाई प्रतिघर एउटाका दरले बाख्राका पाठा निःशुल्क प्रदान गर्न थालिएको छ । ३ नम्बर वडाको लक्षित बजेटबाट वडाका ६ टोललाई बाख्राका पाठा वितरण गर्न थालिएको हो । वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, सदस्यहरु युवराज चम्लागार्इं र छवि थपलियासहित पत्रकार लीलाराज झापालीले नमूना टोलमा आयोजित कार्यक्रममा बाख्राका […]
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाइँदै ! बिर्तामोड । यहाँस्थित बि एन्ड सी टिचिङ हस्पिटललाई मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धन दिने गरी सरकारले नयाँ पोलिसी निर्माण गरेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय कार्यान्वयन गरी सो मातहत बि एन्ड सीलगायत प्रदेश १ का मेडिकल कलेजलाई सञ्चालन सम्बन्धन दिइने […]
गौरादह । गौरादह नगरपालिका वडा नम्बर १ डिपु चोक नजिकै आज भएको सडक दूर्घटनामा दुईजनाको मृत्यु भएको छ । मे ३ ख ७४८४ नम्बरको ट्रिपरको ठक्करले मे ४ प १४७४ नम्बरको मोटर साईकलमा सवार र्दुजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरादह १ का दिलिप […]
Jhapa: In a public hearing program organized by National Tea and Coffee Board, regional office, District coordination Jhapa has been given the role of coordination. In the program organized on Sunday, the chief guest and president of Jhapa coordinating committee Somnath Portel, informed that there have been lots of complaints and dissatisfactions among the farmers […]
भद्रपुर । भद्रपुर १० स्थित भगवती आधारभूत विद्यालय परिसरमा ज्येष्ठ नागरिक भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा समाजका अग्रज ज्येष्ठ नागरिक भेला गरी सम्मान गरिएको हो । दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैदिक समाज झापाका अध्यक्ष डा. द्रोणकुमार पौडेल, समाजसेवी अम्बरबहादुर कार्की, […]
गुल्मी । गुल्मीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ६, कालीगौंडाकी ७३ वर्षीया लालबहादुर सुनारको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । सुनार घर नजिकैको बाटोबाट लडेर करिव ९० मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अत्याधिक […]
भद्रपुर । भद्रपुर नगरस्तरीय आदिवासी जनजाति समिति गठन भएको छ । नगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न नगरक्षेत्रका आदिवासी जनजातिहरुको भेलाले सर्वसम्मत समिति गठन गरेको हो । भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको भेलाले भद्रपुर वडा नं २ का क्यानेन्द्र लिम्बूको अध्यक्षतामा १० सदस्यीय नगर समिति गठन गरेको नगरपालिका सामाजिक शाखाका राजन न्योपानेले बताए । समितिको उपाध्यक्षमा […]
मेचीनगर । गैससरकारी संस्था महासङ्घ झापाले यही असार १९ गते काँकरभिट्टामा ‘नागरिक सम्मेलन’को आयोजना गर्ने भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथि रहने सो सम्मेलन काँकरभिटाको खानेपानी उपभोक्ता संस्थाको सभाहलमा हुने महासङ्घले जनाएको छ । झापाका ६५ वटा गैरसरकारी संस्था आवद्ध रहेको महासङ्घ र तिनका अतिरिक्त नागरिक समाजका अगुवा तथा संस्थाका […]
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटसँग सम्वन्धित विनियोजन विधेयक २०७५ प्रतिनिधि सभाको बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले पारित गरेको हो । त्यसअघि विभिन्न मन्त्रालय अन्तर्गत विनियोजित रकम शीर्षकमाथि सांसदले राखेका २१ वटा खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । अर्थमन्त्री डा. खतिवडाले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने प्रष्ट पारेका छन् । संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयको बजेट विनियोजनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभुती दिलाउन प्रधानमन्त्री कार्यालयले अुनगमन गर्न लागेको बताएका हुन् । विकास निर्माणका […]