Sajhamanch Archive

राजाको महलबाट चोरिए ३६ घडी, मूल्य ८ करोड

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on राजाको महलबाट चोरिए ३६ घडी, मूल्य ८ करोड.

कुनै राजमहलको सुरक्षा व्यवस्था निकै कडा हुनु स्वभाविकै हो । तर यस्तो कडा सुरक्षामा रहेको राजदरबारभित्रबाटै राजाका ३६ वटा घडी चोरी भए । यो घटना अफ्रिकी मुलुक मोरक्कोको हो । मोरक्कोका राजा मोहम्मद छैटौंका ३६ वटा घडी राजमहलबाटै चोरी भए । राजाका ती घडी कुनै चानचुने घडी थिएनन् । एउटा घडीको मूल्य २२ लाख रुपैयाँभन्दा […]

सिरहाबाट लागुऔषधसहित एकजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिरहाबाट लागुऔषधसहित एकजना पक्राउ.

जनकपुरधाम। सिरहामा लागू औषधसहित एकजना पक्राउ परेको छ। पक्राउ पर्नेमा उदयपर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.१० का ३४ वर्षीय सन्तोष हमाल रहेको सिरहा प्रहरीले जनाएको छ। हमाललाई ईलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटेको गस्ती टोलीले स ३ प ८६५२ नम्बरको मोटरसाइकललाई चेक गर्दा लागुऔषध सहित नियन्त्रणमा लिएको छ। हमाललाई लागुऔषध डाइलेक्स डिसि १९ बोतल, नाइट्रोभेट […]

औषधीय गुणले भरिएको हरियो धनियाँ

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on औषधीय गुणले भरिएको हरियो धनियाँ.

स्वाद र सुगन्धको लागि हरियो धनियाँको प्रयोग गरिन्छ । अचार, तरकारी, दाल वा अन्य परिकारमा मिसाएर खाने धनियाँलाई औषधिको रूपमा प्रयोग समेत गर्न सकिन्छ । धनियाँमा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइनुका साथै एन्टी माइक्रोवियल, एन्टी अक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक जस्ता औषधीय गुण हुन्छन् जसले शरीरमा रोग प्रतिरोघात्मक […]

मेरो बिहे फागुणमा पक्काः प्रियंका

Published: in टिप्स/जानकारी by . Leave a Comment on मेरो बिहे फागुणमा पक्काः प्रियंका.

नायिका प्रियंका कार्कीले आफ्नो बिबाह फागुण महिनामा पक्का भएको जानकारी दिएकी छिन् । प्रियंकाले भनिन्–‘फागुणमै बिहे हुने पक्का भएको छ । हामी तयारीमा पनि जुटिसकेका छौ । तर, मिति फाइनल भैसकेको छैन । फागुण १७ गते राम्रो दिन छ, सायद यही दिनमा नै हुन सक्छ ।’ नायिका कार्कीले केही समय अगाडि यो बर्ष बिहे नगर्ने […]

फेरि काठमाडौंमा आन्दोलन गर्ने तयारीमा उखु किसान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेरि काठमाडौंमा आन्दोलन गर्ने तयारीमा उखु किसान.

काठमाडौं । सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन् । जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाडौँस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए । उखु किसान पुसको चिसोमा कठ्याङ्ग्रिएर भुक्तानी माग्न धर्नामा बसेपछि […]

नियमविपरीत तरकारीका स्टल, लाखौं नोक्सान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नियमविपरीत तरकारीका स्टल, लाखौं नोक्सान.

काठमाडौं । देशकै ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारका स्टल नियमविपरीत ओगटेर बसेका व्यापारीलाई कारबाही गर्न नसक्दा लाखौँ रुपियाँ नोक्सान हुनुका साथै अराजक अवस्थालाई प्रोत्सान भइरहेको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले २०७५ साल असोज २ गते हटाउने भनिएका ३१ व्यापारीले अहिलेसम्म अदालतको मुद्दा देखाउँदै स्टल ओगटेर भाडा नै नतिरी व्यापार गर्दै आएका […]

विश्वकै अग्लोमध्ये एक कुस्माको बञ्जीजम्पको सफल परीक्षण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विश्वकै अग्लोमध्ये एक कुस्माको बञ्जीजम्पको सफल परीक्षण.

काठमाडौं । पर्वतको कुस्मा बजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो मध्ये एक बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वनको सदरमुकाम कुश्मा बजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाइतमा बिहीबार सफल परीक्षा गरिएको हो । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा […]

१५ सय सहकारी सञ्चालकको सेवा, सुविधा रोक्का

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on १५ सय सहकारी सञ्चालकको सेवा, सुविधा रोक्का.

काठमाडौं । युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ । कोषले मुलुकभरका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सहकारीमार्फत कर्जा दिँदै आएको छ । यसरी लगानी गरेको करिब १८ करोड रुपैयाँ सहकारीले नतिरेपछि कोषले तिनका सञ्चालकलाई स्थानीय तहबाट […]

क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा.

काठमाण्डौ । क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिएका छन् । सोमपाल र उनकी प्रेमिका प्रतिभा घिमिरेबीच बिहिबार विवाह सम्पन्न भएको हो । चार वर्षको प्रेमलाई सोमपालले विवाहमा परिणत गरेका हुन्। सोमपाल र प्रतिभाको भेट पाँच वर्षअघि भएको थियो। दुवैले नजिकका साथीभाइ र आफन्तबीच विवाह गरेका हुन्।

बुर्किनामा भएको नरसंहारमा ३९ जना मारिए : पुरुषलाई छोपीछोपी हत्या, महिलालाई गाउँ छाड्न आदेश

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बुर्किनामा भएको नरसंहारमा ३९ जना मारिए : पुरुषलाई छोपीछोपी हत्या, महिलालाई गाउँ छाड्न आदेश.

बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् । जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको छ । सरकारका प्रवक्ताले सरकारी सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा कारवाही अभियान चलाएको बताएका छन् । विद्रोहीले अत्यन्त […]