Sajhamanch Archive

‘दाल भात तरकारी’ अष्ट्रेलियामा महंगो रकममा विक्री

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘दाल भात तरकारी’ अष्ट्रेलियामा महंगो रकममा विक्री.

आउँदो बर्षको वैशाख २० गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को विदेश माग पनि निकै छ । तर, यसको निर्माणपक्षले चलचित्रलाई ओभरसिजमा विक्री गर्न केही समय लगाएको थियो । अब, भने चलचित्रको ओभरसिज राइट्स विक्री सुरु भएको छ । निर्माता किरण केसीका अनुसार अष्ट्रेलियामा चलचित्र निकै महंगो रकममा विक्री भएको छ । […]

प्रधानमन्त्री हटाउन मन्त्रीको चलखेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री हटाउन मन्त्रीको चलखेल.

काठमाडौं । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार प्रकाशमा आएका छन् । क्याबिनेटको केही वरिष्ठ मन्त्रीहरुको मेलाई प्रधामन्त्रीबाट हटाउने योजनामा नयाँ तरंग ल्याएको छ । केही दिनयता मे क्याबिनेटका मन्त्रीहरु ब्रेक्जिट संकट समाधानका लागि यही योजनामा व्यस्त रहेको बताइएको छ । मेको उत्तरधिकारी वातावरण, […]

नौ महिनामा ४१ एक सिंगे दुर्लभ गैँडाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नौ महिनामा ४१ एक सिंगे दुर्लभ गैँडाको मृत्यु.

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैँडा मरेका छन् । ३९ वटा गैँडा निकुञ्ज क्षेत्रमा र दुइटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् । निकुञ्जको सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार ती गैँडा प्राकृतिलगायत कारणबाट मरेका हुन् । प्राकृतिक कारणबाट गैँडा मर्ने दर हालसम्मकै यो उच्च भएको घिमिरे बताउँछन् । निकुञ्जका अनुसार […]

नेपाली कामदार लैजान जापानसँग श्रमसमझदारी हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कामदार लैजान जापानसँग श्रमसमझदारी हुँदै.

काठमाडौं। जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ । जापानले पहिलो पटक ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको […]

पक्राउ परेको हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पक्राउ परेको हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड.

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र विगतमा प्रयोग […]

वार्षिक एक अर्ब बढी घाटा बेहोर्दै हिमालयन एयरलाइन्स

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वार्षिक एक अर्ब बढी घाटा बेहोर्दै हिमालयन एयरलाइन्स.

काठमाडौं।अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटामा गएको छ । निजी लगानीमा नियमित उडान सुरु गरेको चैत्र अन्तिममा तीन वर्ष पुग्छ । यसले क्षमताअनुसार यात्रु उडान गर्न नसक्दा, नाफाको गन्तव्यमा उडान गर्न नसक्दा र भएको उडान गन्तव्यबाट पनि लाभ लिन नसक्दा बर्सेनी एक अर्बभन्दा बढी […]

सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो.

काठमाडौं । लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको छ । सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य […]

५० पाइलट माग गर्दा २६ जनाको मात्रै आवेदन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ५० पाइलट माग गर्दा २६ जनाको मात्रै आवेदन.

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना मा गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ । निगमले क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को पाइलट र जुनियर को पाइलट फागुन १० गते विज्ञापन खुलाएको थियो । आवदेनको अन्तिम मितिसम्ममा मागको ५२ प्रतिशत मात्रै आवेदन परेको निगमले जानकारी दिएको छ । निगममा […]

वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेको उजुरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेको उजुरी.

रूकुम। पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका छन् । उनी गत वैशाखमा केही दिनको बिदामा भन्दै अर्कै शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएर हिँडेका थिए । शर्माले विद्यालय व्यवस्थापन समिति, गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइबाट बिदाका लागि स्वीकृतिसमेत लिएका छैनन् । एक वर्षदेखि विद्यालयमा […]

माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित.

काठमाडौं ।  संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो । दुःखको घडीमा माला लगाएरै जानु असान्दर्भिक भएको र अशोभनीय सन्देश गएको भनी आलोचना भयो । तत्कालीन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र मदन भट्टराई आमाको निधन भएको पाँचौँ दिन मृतकप्रति श्रद्धाञ्जली […]