काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी बढाउनु पर्ने बताएका छन्। शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले आज यहाँ आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै उनले विश्वविद्यालय वा क्याम्पस स्थापना गर्न पाउनुपर्ने माग गर्दैगर्दा गुणस्तरीय शिक्षाका बारेमा समेत बहस गर्नुपर्ने बताए। […]
कपिलवस्तु । शिवराज नगरपालिका वडा नं। ४ चनईमा शनिबार बिहान एक थान कटुवा पेस्तोल र एक थान म्यागजिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रिजवान मुसलमान रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो । विशेष सुराकीका आधारमा रिजवानको घरबाट हतियार बरामद गरिएको प्रहरी निरीक्षक उपाध्यायले बताउनु […]
काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे […]
काठमाडौं । अफ्रिकी मुलुक घानामा दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् । राजधानी आक्रादेखि ४३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस ठोक्किएका हुन् । सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ […]
काठमाडौं । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ । मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ । तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले […]
काठमाडौं ।अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रुपैयाँ बराबर पु(याउने बताएको छ । शुक्रबार २४३ औँ राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत यान्डी डब्लू बेरीले अमेरिकाले नेपाललाई बिनाशर्त यो सहयोग दिन लागेको प्रस्ट पारेका छन् । दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले […]
काठमाडौं । प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उनका सबै गतिधिधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ । ‘सरकारले विप्लव समूहका गतिविधि विध्वंसात्म र आपराधिक […]
काठमाडौं । मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषणा छन् तर काठमाडौं उपत्यकाका सहरी सडक कुकुरको दिसाबाट मुक्त हुन सकेको छैन । सहरका कुकर पाल्न सक्ने हुनेखाने ने घरपालुवा कुकरलाई डो¥याउँदै सडक, गल्ली र छिमेकीको घरको ढोका पर्खालअगाडि दिसापिसाब गराउन अलिकति पनि संकोच मान्दैनन् । सडकमै दिसापिसाब गराउने प्रवृत्ति […]
काठमाडौं । सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाई पाई आएको तलबमा २ ग्रेड वृद्धि गर्ने प्रस्ताव गरेको छ । प्रदेशमा समायोजन भइसकेका प्रहरीलाई हाजिर नगराए प्रमुखलाई नै कारबाही हुने व्यवस्था नयाँ ऐनमा गरिएको छ । ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद् सचिवालयमा दर्ता […]
काठमाडौं । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय पुर्याइएको छ । बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावली, २०७५’ सरकारले स्वीकृत गरेको छ । नियमावलीमा ६९ वर्षसम्म मात्रै परिवारले प्रिमियम तिर्ने र […]