Sajhamanch Archive

पहाडी तथा हिमाली क्षेत्रमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहाडी तथा हिमाली क्षेत्रमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै.

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल […]

बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ.

राजविराज। कोठमा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बलात्कारपछि अरुले घटना थाहा नपाऊन् भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ । बलात्कारपछि बालिकाका हत्या गर्ने अरु कोही नभएर उनैको दाजु हुन् । बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन् […]

विप्लवका कार्यकर्ता खोज्दै सेना गाउँमा, फेरि द्वन्द्व निम्तिने त्रास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लवका कार्यकर्ता खोज्दै सेना गाउँमा, फेरि द्वन्द्व निम्तिने त्रास.

कालिकोट। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ । कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा […]

७८ लाख घुस लिएका पूर्व आयुक्त पाठकसँग बयान लिन सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ७८ लाख घुस लिएका पूर्व आयुक्त पाठकसँग बयान लिन सुरु.

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ । पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो । बेलुका पाठकलाई निवासमै लगेर छोडिदिएको छ । उनीसँग बयान नसकिएको अख्तियारले जनाएको छ । पाठकलाई अख्तियार र […]

होलीमा अराजक गतिविधि गर्ने तुरुन्तै पक्राउ, तीन हजार सुरक्षाकर्मी परिचालन हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on होलीमा अराजक गतिविधि गर्ने तुरुन्तै पक्राउ, तीन हजार सुरक्षाकर्मी परिचालन हुने.

काठमाडौं । काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिब ३ सय जना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय […]

एक व्यक्ति जसले गाउँलेलाई ऋणमा डुबाएर भागे

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एक व्यक्ति जसले गाउँलेलाई ऋणमा डुबाएर भागे.

धनुषा।धनुषाको बटेश्वर गाउँपालिका– ५ मा पर्छ— शान्तिपुर गाउँ । बैंकका कर्मचारीले यो गाउँमा पाइलो टेके कि, शान्तिपुर अशान्त बन्छ । बैंकसँग ऋण लिएकाहरू भागाभाग गर्छन् । कसैले घरको ढोका थुन्छन् त कोही बस्ती छाडेर हिँड्छन् । चार वर्षअघिको कुरा हो, शान्तिपुरकी सहजादी खातुनले लघुवित्त बैंक र साहुबाट तीन लाख २० हजार कर्जा लिइन् । निर्धन […]

राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ नसर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ नसर्ने.

काठमाडौं । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ […]

नेकपाको एकता प्रक्रिया लम्बिने, छलफल नै हुन सकेन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाको एकता प्रक्रिया लम्बिने, छलफल नै हुन सकेन.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकता प्रक्रिया केही दिन लम्बिने भएको छ । यसै सातादेखि एकता विषयमा छलफल हुने भनिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जानु भएपछि एकता प्रक्रियामा एकसाताका लागि लम्बिएको हो । उहाँको भ्रमण सातदेखि १० दिनसम्म रहेको छ । अध्यक्ष प्रचण्ड […]

बुद्ध एयरले भित्र्यायो १२ औं एटिआर ७२–५०० जहाज

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बुद्ध एयरले भित्र्यायो १२ औं एटिआर ७२–५०० जहाज.

काठमाडौं । निजी क्षेत्रको विमान सेवा प्रदायक बुद्ध एयरले १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ। उक्त जहाज फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीले निर्माण गरेको हो। नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार राति साढे ८ बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो। कम्पनीसँग थपिएको जहाजसहित सात वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र दुईवटा […]

भीरबाट लडेर महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भीरबाट लडेर महिलाको मृत्यु.

गुल्मी । छत्रकोट गाउँपालिका–३ मा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने ४१ वर्षीया शान्ति परियार रहेको प्रहरीले जनाएको छ। परियार सोमबार बासखर्कबाट राजापानी घरतर्फ फर्कँदै गर्दा भीरबाट लडेर घाइते भएकी थिइन्। उनी बाटोबाट करिब २० मिटर खसेको बताइएको छ। उनको श्रङ्गा प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका […]