दोलखा ।दोलखामा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार बोकेको बा ४ ख ४५ ७३ नम्बरको बस बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना हुँदा सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङ्गी गाउँपालिका–३ का हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ […]
काठमाडौँ । आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको २८ किलोमिटर निर्माण सम्पन्न भएको छ । अब आठ किलोमिटर निर्माण बाँकी छ । अमलेखगन्जदेखि पथलैयासम्मको जङ्गलमा रुख कटानको काममा प्रक्रिया पुर्याउँदा ढिलाइ […]
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले आफ्नै देशको जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज उडान तत्कालका लागि स्थगित गरेको छ । विगत ६ महिनामा बोइङको उक्त मोडलका दुई जहाज दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको मृत्यु भएपछि अमेरिकाले यस्तो निर्णय लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बोइङ ७३७ म्याक्स संस्करणका जहाजमा उडान स्थगनको […]
काठमाडौं । नेपाल वायुसेना निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन् । बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो । नेपालमै प्रशिक्षण पाइलटले लातिम गराएर परीक्षा लिएपछि मात्रै तालिममा पठाउनु पर्ने हुन्छ । तर, निगमले लातिम […]
काठमाडौं। सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ । पटक पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार […]
काठमाडौं।नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सुचना दिइयो, ‘दाहालले भने, ‘के भएको होला […]
कैलाली। कैलालीको मसुरियामा विप्लव नेतृत्वको नेकपाले विवाहको गाडीमा आगजनी गरेका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्ण रूपमा क्षति भएको छ । घोडाघोडी नगरपालिकाको साडेपानीका पनि विप्लव समूहले ट्रकमाथि तोडफोड गरेका छन् । हेटौँडाबाट धनगढीको लागि छुटेको ना ७ ख ५४० नम्बरको […]
काठमाडौं । पोखराको दुई स्थानमा आज बिहान बम फेला परेको छ । पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो । प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको […]
प्युठान ।एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन । उल्टै पाइन्छ– पाठ्यपुस्तक किन्न तीन हजार रुपैयाँ । परीक्षा दिन जाँदासमेत आतेजाते खर्च पाइनेछ । र, दैनिक ५० रुपैयाँ खाजा खर्च पनि । यो सरकारी सेवा तयारी कक्षा हो, गौमुखी गाउँपालिकाले चलाउन लागेको । शैक्षिक योग्यता पुगेर पनि बेरोजगार बसेका युवालाई सरकारी सेवामा प्रवेश गराउन […]
काठमाडौ । सरकारले विप्लव समूहको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा गरेसँगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ । मुलधारको राजनीति भन्दा बाहिर गएर हत्या हिंसा जस्ता क्रियाकलापमा विप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय पछि उसबाट हुन सक्ने हिंसात्मक कृयाकलापलाई नियल्न समेत सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । बिप्लव समुहको […]