Sajhamanch Archive

न्याय खोज्दै पूर्व न्यायाधीश

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on न्याय खोज्दै पूर्व न्यायाधीश.

काठमाडौं। एक पूर्व न्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन् । पूर्व न्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन् । उच्च अदालत पाटनबाट डेढ वर्षअघि सेवानिवृत्त भएका न्यायाधीश जोशीले आफ्नो जग्गा जबर्जस्ती लिन खोजेको दाबीसहित खिचोला मेटाइ पाऊँ भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता […]

मेलम्ची आयोजनाः भुक्तानी नपाए नयाँलाई काम गर्न नदिइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मेलम्ची आयोजनाः भुक्तानी नपाए नयाँलाई काम गर्न नदिइने.

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना निर्माणमा संलग्न स्थानीय ठेकेदारले भुक्तानी नपाए नयाँ ठेकेदारलाई काम गर्न नदिने चेतावनी दिएका छन् । इटालियन ठेकेदार कम्पनी सीएमसीले ‘फन्ड सर्जेज’ को घोषणा गरेर आयोजनाको काम छोडेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन् । आफूले काम गरेको रकम भुक्तानी नपाएको भन्दै उनीहरुले मंगलबार आयोजनाको मुहानमा भेला भएर विरोध जनाए । सीएमसी […]

चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल.

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन् । चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उर्त्तीण हुन नसकेका हुन् । […]

काठमाडौंमा भूमिगत पानीको भण्डार रित्तिँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौंमा भूमिगत पानीको भण्डार रित्तिँदै.

काठमाडौं । काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ं उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर […]

सामूहिक विष सेवन गर्दा एकको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सामूहिक विष सेवन गर्दा एकको मृत्यु.

वीरगञ्ज । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आइतबार बेलुका जिराभवानीपुर गाउँपालिकाकै सेढवाका युवक […]

किन डरायो आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on किन डरायो आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न ?.

काठमाडौं।राष्ट्रिय मानवअधिकार आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न हच्किएको छ । सूची सार्वजनिक नगर्न आयोगमा बाह्य दबाब परेको छ । सूची सार्वजनिक गर्ने विषयमा बारम्बार बैठक बसे पनि पदाधिकारीबीच सहमति जुट्न नसक्दा एक वर्षदेखिको प्रयास व्यर्थ बनेको छ । आयोगको अनुसन्धान महाशाखाले उल्लंघनकर्ताको सूची संकलन गरिसकेको छ । सूचीमा पूर्वप्रधानसेनापति प्यारजंग थापादेखि […]

इराक पुर्‍याउन दिल्लीमा सेटिङ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on इराक पुर्‍याउन दिल्लीमा सेटिङ.

काठमाडौँ। चितवनका विशाल गिरी आफ्नी आमालाई इराकबाट उद्धार गराइपाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाउँदैछन् । उनको हातमा ४१ वर्षीया आमा इन्दुको तस्बिर र नागरिकताको प्रतिलिपिसहितको फाइल छ । इन्दु गत जेठको पहिलो साता भाउजू नाता पर्ने झापाकी लक्ष्मी ढकालसँग टर्कीका लागि भनेर हिँडेकी थिइन् । घरायसी कामदारका रुपमा इराकको कुर्दिस्तान पुगेकी उनले घरमा फोन […]

भारतीय सेनामा भर्ती हुनेको भीड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय सेनामा भर्ती हुनेको भीड.

पोखरा । भारतीय सेनामा भर्ती हुन पोखरामा युवाहरु परीक्षामा जुटेका छन् । पोखराको अञ्चल प्रहरी कार्यालय परिसरमा मंगलबारदेखि पाँच दिन भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिन लागेको हो । कास्की र स्याङ्जाका युवा छनोट परीक्षामा सामेल छन् । भारतीय सेनामा भर्ती हुने रहरले पोखरामा २६ जिल्लाका युवा परीक्षाका लागि तयारीमा जुटेका हुन् । भर्ती […]

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक.

काठमाडौं ।अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए । कलेज बन्द भएपछि अलपत्र विद्यार्थीले कन्सल्टेन्सीलाई कारबाही […]

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब.

काठमाडौँ । नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो । महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई […]