कैलाली । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षल सन्धिसम्झौताविपरीत सीमामा आफूखुसी ड्याम निर्माण गर्न थालेपछि यस क्षेको बस्ती डुबानको उच्च जोखिममा परेको छ । भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५ र ७ वडाको सीमामा ड्याम निर्माण गर्न थालेको हो । वर्षातमा डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय […]
मेचीनगर । मेचीनगर नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नगरका विभिन्न ठाउँलाई निःशुल्क वाईफाई क्षेत्र घोषणा गरिने भएको छ । मानिसको अत्याधिक भीडभाड हुने ठाउँ, बसपार्क लगायतका क्षेत्रमा हरेक नगरबासीलाई प्रविधिको पहुँचसम्म पुर्याउने उद्देश्यका साथ सो अभियान शुरु गर्न लागिएको हो । अभियान शुक्रबार वडा नम्बर १३ बाट शुरु गरिएको छ । नगरप्रमुख विमल आचार्यले अभियानको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको पार्थीव शरीरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान स्वर्गीय ओलीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे पनि बताएका छन् […]
अमेरिकामा आँखी भौं भएका गोही भेटिएका छन्। अमेरिकाको दक्षिण क्यारोलिना राज्यमा सुन्तला रङका दुई गोहीमा आँखी भौं देखिएका हुन्। ब्लफ्टनको तलाउमा आँखी भौं पलाएका दुई गोही देखिएपछि सबै चकित बनेका छन्। यसअघि सन् २०१७ मा समेत सुन्तला रङकै गोही देखिएका थिए। सुन्तला रङका गोही देखिनु आफैंमा दुर्लभ विषय भएको जनाइएको छ। झनै त्यस्ता गोहीका आँखी […]
ल्वाङको सेवन कत्तिको गर्नुहुन्छ ? यो मसला हाम्रा परिकारहरुमा निकै प्रयोग हुन्छ । दुनियामा आफ्नो छुट्टै पहिचान बनाएको ल्वाङको रुख विश्वमा पहिलोपटक कहाँ उम्रिए होला ? वास्तवमा ल्वाङको लामो इतिहास छ । बीबीसीको रिपोर्ट अनुसार आजभन्दा करीब ३ हजार वर्ष पहिले ल्वाङका रुख पूर्वी एसियाका केही टापुहरुमा मात्र पाइन्थ्यो । विश्वमा सबैभन्दा पुरानो ल्वाङको रुख […]
काठमाडौं । एलपी ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताले पनि ऐक्यवद्धता जनाएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ग्यास बिक्रेता संघले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताएको हो । यसअघि गत बिहीबार उद्योगीहरुले विभिन्न १० बुँदे माग राखेर पूरा गर्न १० दिनको अल्टिमेटम दिएका छन् । त्यसको दुई दिनपछि बिक्रेताहरुले पत्रकार सम्मेलन गरी उद्योगीको मागमा […]
केमिकल्स र रङले भरिपूर्ण पेय पदार्थ पिउनुभन्दा ताजा फलफूलको जुस र शुद्ध पानी नै पिउनु उपयुक्त हुन्छ। तिर्खा लागेको छ, मुख प्याकप्याक भएको छ र शरीरमा पानीको कमिको महशुस भएको छ भने पानी पिउनुहोस्। पानीले कुनै असर गर्दैन, बरु हाम्रो शरिरलाई अझ फुर्तिलो र तन्दुरुस्त बनाउछ। फुड एण्ड न्युट्रिसन बोर्डका अनुसार महिलाले दिनमा २।७ लिटर […]
मोटोपन घटाउन सजिलो छैन। मोटोपनबाट आजित भएकाहरू तौल घटाउनको लागि प्रायः दुई तरिकामध्ये एक विकल्प अपनाउने गर्छन्। एउटा विकल्प हो, महँगो व्यायाम र अर्को, आहार नियन्त्रण जसले पेटलाई निकै समयसम्म खाली राख्छ। तर दुईवटै तरिका अपनाउँदा समेत उचित परिणाम पाउनु भएको छैन र दिक्क हुनुभएको छ भने तेस्रो तरिका छ, जापानिज लामो श्वाश तान्ने तरिका। […]
काठमाण्डौ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गएको बुधबार भने सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । यसअघि […]
काठमाडौं। आइसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनोट खेलमा नेपालले दोस्रो जित हात पारेको छ । थाईल्याण्डको बैंककमा आज बिहान भएको खेलमा युएईले दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले ११औं ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा रुबिना क्षेत्रीको अविजित १८ रन महत्वपूर्ण रह्यो । यसअघि खेलमा टस जितेर […]