Sajhamanch Archive

पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा हमला, चार आतंकवादी मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा हमला, चार आतंकवादी मारिए.

एजेन्सी । कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादी सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । मिडिया रिपोर्टका अनुसार सोमबार बिहान १० बजे चारजना आतंकवादी आफ्नो गाडीबाट उत्रेर ग्रिनेड प्रहार गर्दै भवन भित्र प्रवेश गर्ने प्रयास गरेका थिए । भवनभित्र पसेपछि उनीहरुले अन्धाधुन्द गोली प्रहार गर्न सुरु गरेका थिए । घटनामा दुई जना सर्वसाधारणको […]

भारतद्वारा सीमाक्षेत्रमा भिडन्तको आशंकामा एयर डिफेन्स हतियार प्रणालीसहित सेना परिचालन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतद्वारा सीमाक्षेत्रमा भिडन्तको आशंकामा एयर डिफेन्स हतियार प्रणालीसहित सेना परिचालन.

एजेन्सी । पूर्वी लद्दाखमा चीनबाट हुनसक्ने कुनै पनि आक्रामक कदमलाई दुरुत्साहित गर्ने सैन्य योजनाअन्तर्गत भारतले संवदेनशील क्षेत्रमा एयर डिफेन्स हतियार प्रणालीसहित सैन्य संख्या बढाएको द हिन्दूस्तान टाइम्सले जनाएको छ । यसअघि गलवान क्षेत्रमा भएको भिडन्त २० भारतीय सैनिक मारिएका थिए भने १५ जना घाइते भएका थिए, यता चीनतर्फ भने हालसम्म क्षतिको कुनै विवरण सार्वजनिक गरिएको […]

स्यानिटाइजर पिउँदा ३ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on स्यानिटाइजर पिउँदा ३ जनाको मृत्यु.

काठमाडौं । हाल विश्व कोरोना भाइरसबाट आक्रान्त बनिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वका लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । यसबाट बच्न मानिसहरुले अनेकौं उपाय पनि लगाइरहेका छन् । कोरोनाको संक्रमणको सम्भावित जोखिम कम गर्न साबुनपानीले हात धोइरहने, स्यानिटाइजरको प्रयोग गर्ने गरिन्छ । अमेरिकाको न्यू मेक्सिको राज्यमा सोही स्यानिटाइजर पिउँदा तीन जनाले ज्यान गुमाएका छन् […]

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो, पाँच लाखको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो, पाँच लाखको मृत्यु.

काठमाडौ । विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ।​ वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ। अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन्। कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना […]

अफगानिस्तानमा नेटो सेनाको कारबाहीमा १५ तालिबान मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा नेटो सेनाको कारबाहीमा १५ तालिबान मारिए.

एजेन्सी । अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू मारिएको समाचारमा जनाइएको छ । अफगानिस्तानकै बाल्ख प्रान्तमा तीन दिनअघि मात्र पनि नेटोले नै गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो । मृत्यु भएकाहरुमा […]

अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्नुको विकल्प नरहेको उत्तर कोरियाको चेतावनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्नुको विकल्प नरहेको उत्तर कोरियाको चेतावनी.

एजेन्सी । उत्तर कोरियाले शुक्रबार अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनबाट देखिएको चुनौतीको प्रतिरोध गर्न यही विकल्पमात्रै बाँकी रहेको उसको दाबी छ । ‘अमेरिकाको आणविक चुनौतीबाट उम्कनका लागि उत्तर कोरिया सरकारले सबै संभव प्रयास अबलम्बन गरेको छ, चाहे वार्तामार्फत होस् वा अन्तर्राष्ट्रिय कानूनअनुसार । तर सबै […]

भारत–चीन: बाहिर सहमतिको कुरा, भित्र-भित्रै युद्धको तयारी

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भारत–चीन: बाहिर सहमतिको कुरा, भित्र-भित्रै युद्धको तयारी.

काठमाडौं । लद्दाखस्थित गलवान घाँटीमा हालै भएको झडपपछि भारत र चीनबीच बढेको तनाव अझै शान्त बनिसकेको छैन । झडपपछि दुबै देशले आफ्ना सेना तत्कालका लागि पछि सारेको बताएका छन् । दुबै देशले आफ्ना सेना फर्काउन सहमति जनाएको खबर बाहिर आएपछि अब थप झडपको अवस्था नआउला कि जस्तो देखिन्छ । तर, बाहिर खाएका खबरहरु जस्तो उनीहरुको […]

‘म सपनालाई माया गर्छु’ भनेर विवाहको १० दिनपछि श्रीमतीले छोडिन् श्रीमान्

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ‘म सपनालाई माया गर्छु’ भनेर विवाहको १० दिनपछि श्रीमतीले छोडिन् श्रीमान्.

एजेन्सी । भारतको बिहारमा एउटा अचम्मको घटना सार्वजनिक भएको हो । यहाँँका एक नवविवाहित त्यतिबेला जिल खाए जब उनकी श्रीमतीले उनलाई आफू एक महिलाको प्रेममा भएको बताइन् । घटना विहारको बेगूसरायको हो । यहाँ जून १४ तारिखमा बेगूसरायमा बस्ने अंकित कुमारको राँचीमा बस्ने पूजासँग मागी विवाह भयो । विवाहपछि पूजा आफ्नो श्रीमानसँगै बेगूसराय गइन् तर […]

अमेरिकामा दुई करोड मानिसमा कोरोना संक्रमण !

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा दुई करोड मानिसमा कोरोना संक्रमण !.

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कम्तिमा पनि २ करोड रहेको स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन्। सेन्टर्स फर डिजिजेज कन्ट्रोल (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएको संक्रमणभन्दा १० गुणा बढी भएको हुनसक्ने जनाएको छ। संक्रमित र अस्पताल भर्ना हुनेहरुको संख्या बढेपछि टेक्सास राज्यले पुर्ण रुपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेसँगै […]

चट्याङ् लागेर १०७ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चट्याङ् लागेर १०७ जनाको मृत्यु.

एजेन्सी । भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘बिहार र उत्तर प्रदेशका केहि जिल्लामा भारी वर्षा र चट्याङका कारण मानिसहरुको निधन भएको […]