Sajhamanch Archive

विद्यालयमा भागदौड मच्चिँदा १४ जना बालबालिकाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on विद्यालयमा भागदौड मच्चिँदा १४ जना बालबालिकाको मृत्यु.

एजेन्सी । पश्चिमी केन्याको एउटा प्राथमिक विद्यालय अगाडि भागदौड हुँदा कम्तीमा १४ जना बालबालिकाको ज्यान गएको छ । भागदौडमा अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको अधिकारीहरुले बताएका छन् । सामान्य घाइते भएका केही विद्यार्थी भने उपचारपछि घर फर्किएका छन् । केन्याका शिक्षा मन्त्री जर्ज मागोहाले पनि १४ जना बालबालिकाको […]

१६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारका मनोनयन सूचीमा

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on १६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारका मनोनयन सूचीमा.

काठमाण्डौ । स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १६ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् । लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार भने, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा खोल्न र पेरिस सम्झौताको पालना गर्न कठोर मेहनत गरेकी […]

कोरोना भाइरसका कारण हजार बढी विवाह स्थगीत

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसका कारण हजार बढी विवाह स्थगीत.

एजेन्सी । दक्षिणपश्चिम चीनको गुइजाव प्रान्तस्थित वुचुवाई काउन्टी, जुन्यी सिटीका करिब एक हजार जोडीले आफ्नो विवाह स्वतःस्फूर्त रुपमा स्थगित गरेका छन् । उनीहरुको यस्तो कदमले चौतर्फी प्रशंसा बटुलेको छ ।स्थानीय स्वास्थ्य संस्थाका डाक्टर लिउ सावती तीमध्ये एक हुन् । मानिस–मानिसबीच पनि कोरोना भाइरल सर्न थालेपछि लिउ र उनकी नर्स प्रेमिकाले आफ्नो विवाह स्थगीत गर्ने निर्णय […]

हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या.

एजेन्सी । उत्तर प्रदेशको राजधानी लखनउमा आज बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ । प्रदेश अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग आज बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला राजधानी लखनउ नजिक हजरतगञ्ज इलाकामा उनको गोली हानेर हत्या गरिएको हो ।घटनामा रणजीतका भाइलाई पनि गोली हानिएको थियो र उनलाई […]

४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरियो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरियो.

काठमाडौं । ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरीएको छ । लामो बहसपछि बेलायत युरोपियन युनियनसँगको संलग्नाताबाट अलग भएको हो । स्थानीय समय अनुसार राती ११ बजे बेलायत सरकारले युरोपियन युनियनबाट अलग भएको घोषणा गर्दा देशभर नै उत्सव मनाइएको छ । विभिन्न शहरमा भेला भएका सर्वसाधारणले बेलायतको झण्डा फहराएर सरकारको निर्णयको स्वागत गरेको बीबीसीले […]

राजाको महलबाट चोरिए ३६ घडी, मूल्य ८ करोड

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on राजाको महलबाट चोरिए ३६ घडी, मूल्य ८ करोड.

कुनै राजमहलको सुरक्षा व्यवस्था निकै कडा हुनु स्वभाविकै हो । तर यस्तो कडा सुरक्षामा रहेको राजदरबारभित्रबाटै राजाका ३६ वटा घडी चोरी भए । यो घटना अफ्रिकी मुलुक मोरक्कोको हो । मोरक्कोका राजा मोहम्मद छैटौंका ३६ वटा घडी राजमहलबाटै चोरी भए । राजाका ती घडी कुनै चानचुने घडी थिएनन् । एउटा घडीको मूल्य २२ लाख रुपैयाँभन्दा […]

फ्यानलाई दुर्व्यवहार गरेका सलमानलाई प्रतिबन्ध लगाउन माग

Published: (Updated: ) in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on फ्यानलाई दुर्व्यवहार गरेका सलमानलाई प्रतिबन्ध लगाउन माग.

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई गोवामा प्रतिबन्ध लगाउन माग गरिएको छ । अभिनेता सलमान खानले गोवा एयरपोर्टमा सेल्फी खिच्नेक्रममा फ्यानको फोन खोसेको भिडियो सार्वजनिक भएपछि उनको विरोध गरिएको हो । उनले गत मंगलबार एयरपोर्टबाट निस्किने क्रममा सेल्फी खिच्दै गरेका एक फ्यानको मोबाइल खोसेका थिए । उक्त भिडियोको विरोधमा काँग्रेसनिकट भारतीय विद्यार्थी संघले सलमानलाई गोवामा […]

अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपतकाल घोषणा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपतकाल घोषणा.

एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् । सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ । गएको सेप्टेम्बरयता […]

बुर्किनामा भएको नरसंहारमा ३९ जना मारिए : पुरुषलाई छोपीछोपी हत्या, महिलालाई गाउँ छाड्न आदेश

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बुर्किनामा भएको नरसंहारमा ३९ जना मारिए : पुरुषलाई छोपीछोपी हत्या, महिलालाई गाउँ छाड्न आदेश.

बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् । जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको छ । सरकारका प्रवक्ताले सरकारी सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा कारवाही अभियान चलाएको बताएका छन् । विद्रोहीले अत्यन्त […]

चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार.

काठमाडौं । चीनबाट विभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्धार सुरु गरेका छन् । खतरनाक ‘कोरोनाभाइरस’को संक्रमण बढ्दै गएपछि जापानले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश लगेको छ । राजधानी टोकियो पुग्नुअघि भाडामा लिइएको एक विशेष विमानभित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । अस्ट्रेलिया, न्यूजिल्यान्ड र ‘ईयू’ले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएका छन् । चीनबाट आफ्ना […]