माेरङ । धनपालथान २ की पुनमदेवी मण्डलले २ वर्षीया छोरीलाई ज्वरो आएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल ल्याइन् । आकस्मिक कक्षमा ओछ्यान खाली थिएन । अन्त लैजाने अवस्था नभएपछि उनको छोरीको झ्यालको सानो ठाउँमा राखेर उपचार भइरहेको छ ।मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालस्थित आकस्मिक कक्षमा एउटै शय्यामा ४ जनासम्म बिरामी राखेर उपचार गरिंदै । विराटनगर २ का दशरथ […]
तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला । तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ । जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ । […]
बिर्तामोड । यहाँस्थित बि एण्ड सी टिचिङ हस्पिटलले आगामी असोज ७ गतेदेखि १९ गतेसम्म निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले त्यहाँ कार्यरत कन्सल्टेन्ट चिकित्सकहरुबाट सर्वसाधारणले सहजै र निशुल्क परामर्श पाउन् तथा कम्तीमा ६ महिनामा एकपटक स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गरुन् भन्ने उद्देश्यले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागिएको कार्यकारी निर्देशक दुर्गा […]
काठमाडौँ । हेटौँडास्थित सरकारी मेडिकल स्टोरमा ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने पोलियोविरुद्धको भ्याक्सिन बिग्रिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘गाबी’को सहयोगमा नेपाल ल्याइएको ३ करोडभन्दा बढी मूल्य पर्ने उक्त भ्याक्सिन बिग्रिएको हो । नजिकका ९ जिल्लाका बालबालिकालाई लगाउनका लागि तयारी अवस्थामा राखिएको पोलयोविरुद्धको उक्त भ्याक्सिन आवश्यक तापक्रमभन्दा कम तापक्रममा राखेपछि खोप नै जमेर काम […]
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बी एण्ड सी हस्पिटल अन्तरगत स्थापनाको चरणमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि विश्वस्तरीय उपकरणहरु आयात गरिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले आयातको स्वीकृति दिएर नेपाल ल्याइएका ११ थान मेसिन विश्वविख्यात रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको भौतिक पूर्वाधारको निर्माण तथा मेसिन औजारहरुको […]
चिसो मौसम आउने बित्तिकै मानिसहरु रुघा–खोकीबाट बच्ने तयारी सुरु गरिहाल्छन् । थुप्रै मानिसहरु आफ्ना घरका बच्चा र वृद्ध–वृद्धालाई खोकीबाट बचाउनका लागि पहिले नै विभिन्न तयारी गर्ने गर्छन् । यसमा कागती र महजस्ता घरेलु तरिका समावेश हुन्छन् ।बीबीसीको एक विशेष सिरिज ‘द ट्रुथ अबाउट’ मा डा. क्रिस भ्यान टुलेकेनले रुघा–खोकीका साथै यसलाई निको पार्ने औषधीबारे जानकारी […]
बिर्तामोड । अनुकुलचन्द्र ठाकुरको १३१औं जन्म जयन्तीकोको उपलक्ष्यमा रविन आयुर्वेदिक फार्मेसीको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । सत्संग नेपाल बैसाबाड़ीको व्यवस्थापन तथा किर्तिपुर शिक्षण अस्पतालबाट बिएएमएस गर्नु भएकी महिला डाक्टर अहिल्या मैनालीले १३० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेकी हुन् । शिविरमा रगत परीक्षण, फिजियोथेरापी परामर्श तथा एक लाख रुपैयाँभन्दा बढी मूल्यको […]
स्वास्थ्यलाई विशुद्ध जीवविज्ञान र चिकित्साशास्त्रको चश्माले मात्र हेर्ने कि यसलाई मूलतः सामाजिक परिप्रेक्ष्यमा बुझ्ने भन्ने विवाद त्यत्ति नयाँ हाईन । दशकौंदेखि चलिरहेको यो विवादको अझै पनि अन्त्य भइसकेको छैन । तर, सामान्यतयाः यसबारे त्यति चर्चा भएको भने सुनिँदैन ।भनिन्छ, स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मात्र नभई मानसिक, शारिरिक तथा सामाजिक रुपमा पनि तन्दुरुस्त हुनु हो , यसमा […]
विश्व स्वास्थ्य संगठनको मापदण्डले लक्षित समूहको जनसङ्ख्या मध्ये २० प्रतिशतलाई मात्र रक्तअल्पता भए त्यसलाई जनस्वास्थ्य समस्या मान्नुपर्ने उल्लेख गरेको छ । नेपालमा भने ४१ प्रतिशत महिलामा रक्तअल्पता रहेको छ । विश्व स्वास्थ्य संगठनकै मापदण्डलाई हेर्दा नेपालमा महिला तथा बालबालिकामा रक्तअल्पता जटिल समस्याको रुपमा रहेको छ । स्वास्थ्य मन्त्रालयले गरेको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का […]
कमल । झापाको कमल गाउँपालिका २ क्याम्पामा आज एकदिन बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण विकास फाउण्डेसन नेपाल र अभियान नेपालको संयुक्त आयोजना र कमल गाउँपालिका र कारितास नेपालको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा न्युरो अस्पताल विराटनगरका प्राविधिक टोलीले सहजीकरण गरेका थिए । शिविरमा १ हजार ४ सय जना […]